बैदेशिक रोजगारीमा गएका मध्येबाट  कंचनरुपका १४ जनाले गुमाए ज्यान

राजविराज राजविराज
|
आइतबार, आषाढ ९, २०८१
|
|
३५ पटक हेरिएको
Shares
बैदेशिक रोजगारीमा गएका मध्येबाट  कंचनरुपका १४ जनाले गुमाए ज्यान

सारांश

  •     राजविराज नगरपालिकाको आयोजना, कंचनरुप नगरपालिका, शम्भुनाथ नगरपालिका र राजगढ गाउँपालिकाको सहकार्यमा आइतबार आयोजित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत “सुरक्षित बैदेशिक रोजगारीका लागि जिल्ला प्रहरी कार्यालयसँगको अन्तरक्रिया” कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
  •       कार्यक्रम संयोजक राजेन्द्र यादवले प्रस्तुत गरेको तथ्याङ्कमा जिल्लाको कंचनरुप नगरपालिकाबाट बैदेशिक रोजगार गएका मध्येबाट सबैन्दा बढी १४ जनाले ज्यान गुमाएको जानकारी दिए ।
  • उनले राजविराज नगरपालिकाबाट ३ जनाले ज्यान गुमाएको बताए ।

दैनिक समाचारदाता
राजविराज, ९ असार । 

    सप्तरीबाट बैदेशिक रोजगारमा गएका मध्येबाट १५ दिनको अवधीमा थप ५ जनाले ज्यान गुमाएका छन् । यसअघि गत जेठ २४ गतेसम्म २४ जनाले ज्यान गुमाएका थिए । चालु आ.ब. २०८०÷८१ को साउनदेखि असार १० गते सम्ममा सप्तरीबाट वैदेशिक रोजगारीका लागी विभिन्न मूलुक गएका मध्ये २९ जनाले ज्यान गुमाएका छन् । 
    राजविराज नगरपालिकाको आयोजना, कंचनरुप नगरपालिका, शम्भुनाथ नगरपालिका र राजगढ गाउँपालिकाको सहकार्यमा आइतबार आयोजित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत “सुरक्षित बैदेशिक रोजगारीका लागि जिल्ला प्रहरी कार्यालयसँगको अन्तरक्रिया” कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । 
    कार्यक्रम संयोजक राजेन्द्र यादवले प्रस्तुत गरेको तथ्याङ्कमा जिल्लाको कंचनरुप नगरपालिकाबाट बैदेशिक रोजगार गएका मध्येबाट सबैन्दा बढी १४ जनाले ज्यान गुमाएको जानकारी दिए । उनले राजविराज नगरपालिकाबाट ३ जनाले ज्यान गुमाएको बताए । बैदेशिक रोजगारमा जानेहरु डिप्रेशनमा परि आत्महत्या समेत गरेको उनको भनाई थियो ।
    संयोजक यादवले चालु आ.ब. बाट बैदेशिक रोजगारमा जानेहरुलाई ठगिएमा उनीहरु बिरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने व्यवस्था रहेको भन्दै सो कार्यालयले ती व्यक्ति वा एजेन्टलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिने प्रावधान रहेको जनाए । 
    सुरक्षित आप्रवासन कार्यक्रम (सामी) परियोजना अन्तर्गत वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले प्रहरीसँग समन्वय आवश्यक रहेको भन्दै आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले रोजगारीका लागि बिदेश जाने क्रममा ठगिमा पर्नेहरुलाई न्याय दिलाउनका निम्ति प्रशासन कार्यालय अग्रसर रहेको औल्याए । 
    सो अवसरमा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परबिनले रोजगारीको सिलसिलामा विभिन्न एजेन्ट, व्यक्ति वा म्यानपावरहरुले ठग्ने क्रम बढ्दै गएकोमा पीडितहरुलाई न्याय दिलाउने पाटोमा प्रहरीको समेत महत्वपूर्ण भूमिका रहने गरेको बताए । उनले पीडितहरुलाई न्याय दिलाउनका लागि त्यस्ता एजेन्ट वा व्यक्तिहरुलाई प्रहरीले छिटो भन्दा पक्राउ गरि सहयोग गर्न आग्रह गरिन् । 
    परियोजनाले हरेक जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन सूचना केन्द्र, वैदेशिक रोजगारीमा जान इच्छुकलाई निःशुल्क सीपमूलक तालिम, रोजगारीमा रहेकाहरुमा पारिवारीक विचलन आए सहजीकरणको भूमिका, रोजगारीबाट आउने रेमिट्यान्स सदुपयोग गर्न व्यवसायिक लगानीका लागी आवश्यक परार्मश, विदेशमा कम्पनीबाट ठगिएकाहरुलाई न्यायका लागी कानूनी परार्मशमा सहयोग, मुद्दामामिला, क्षतिपुर्ती राहत तथा अन्य प्रकृयाका लागी सहयोग गर्दै आएको छ । 
    कार्यक्रममा आप्रवासी संजाल मधेश प्रदेशका संयोजक जितेन्द्र प्रसाद सिन्हा, पत्रकार महासंघका कोषाध्यक्ष नवीनकुमार गुप्ता, प्रहरी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेस युनियनद्वारा महासंघको सप्तरी शाखामा तालाबन्दी  
प्रेस युनियनद्वारा महासंघको सप्तरी शाखामा तालाबन्दी  
दशगजामा वेवारिसे अवस्थामा पुरुषको शव फेला
दशगजामा वेवारिसे अवस्थामा पुरुषको शव फेला
जसपा नेपालद्वारा बिरोध प्रदर्शन
जसपा नेपालद्वारा बिरोध प्रदर्शन
प्रदेश २ का लोकसेवा आयोग अध्यक्ष र नीति आयोग उपाध्यक्षद्वारा सपथ
चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
सप्तरीका एक पत्रकारसहित १८ जना कोरोना संक्रमित
सप्तरीका एक पत्रकारसहित १८ जना कोरोना संक्रमित
श्रद्धा, निष्ठा, रंगका साथ आत्ममिलनको पर्व होली
श्रद्धा, निष्ठा, रंगका साथ आत्ममिलनको पर्व होली
महिला दिवसमा ¥यालीसहितको  सचेतनामूलक कार्यक्रम
महिला दिवसमा ¥यालीसहितको  सचेतनामूलक कार्यक्रम
मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध
मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध
एसईई परीक्षामा ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना,  प्रदेश २ बाट ६६ हजार ४ सय ५४ जना परीक्षार्थी उतीर्ण