चरित्र हत्या गर्ने प्रयास भयो ः नेता भिमराज यादव

राजविराज राजविराज
|
आइतबार, आषाढ १४, २०७७
|
|
११० पटक हेरिएको
Shares
चरित्र हत्या गर्ने प्रयास भयो ः नेता भिमराज यादव

सारांश

  •     आइतबार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरि पत्रकारको नाममा बार्गेनिङ गर्ने माउण्टेन टेलिभिजनका संवाददाता दिवाकर साहलाई महत्व नदिँदा मिडियाको प्रयोग गरि चरित्र हत्या गर्ने प्रयास भएको उनको दाबी छ ।
  •       उनलाई पत्रकार साहले पटक पटक पैसा मागेर हैरान बनाएको र नदिँदा आफूद्वारा भइरहेको निर्माण कार्यसँग जोडेर झुठा समाचार सम्प्रेशन गरेको दाबी गरे ।
  •       पत्रकार सम्मेलनमा उनले आफूमाथी लगाइएको आरोपको सत्यतथ्य छानबिन गर्न माँग समेत गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १४ असार ।  
    जनता समाजवादी पार्टीका नेता एवं निर्माण व्यवसायी भिमराज यादवले पत्रकारिताको आडमा आफूलाई सप्तरीका एक पत्रकारले बार्गेनिङ गर्न खोजेको आरोप लगाएका छन् । 
    आइतबार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरि पत्रकारको नाममा बार्गेनिङ गर्ने माउण्टेन टेलिभिजनका संवाददाता दिवाकर साहलाई महत्व नदिँदा मिडियाको प्रयोग गरि चरित्र हत्या गर्ने प्रयास भएको उनको दाबी छ । 
    उनलाई पत्रकार साहले पटक पटक पैसा मागेर हैरान बनाएको र नदिँदा आफूद्वारा भइरहेको निर्माण कार्यसँग जोडेर झुठा समाचार सम्प्रेशन गरेको दाबी गरे । 
    पत्रकार सम्मेलनमा उनले आफूमाथी लगाइएको आरोपको सत्यतथ्य छानबिन गर्न माँग समेत गरेका छन् । राजविराज वडा नं. ९ मलेठस्थित सहिद गेट निर्माण कार्य जारि नै रहेको अवस्थामा ४८ लाख रुँपैयामा बनेको भन्दै समाचार सम्प्रेशन गर्नु पत्रकारिता ऐन र नियमले मिल्छ ? उनले प्रश्न गरे ।
    फोन मार्फत पटक पटक तर्साउन थालेपछि आवेशमा आएर आफूले अपशब्द प्रयोग गरेको स्वीकार्दै उनले परिस्थीतवस त्यस्तो अभिव्यक्ति दिन पुगेको बताए । उनले पत्रकारको खोल ओढेर बार्गेनिङ गर्नेले पनि गल्ति स्वीकार गरि सच्चिनु पर्ने बताए । 
    यता आरोपित पत्रकारले भने आफूले यादवसँग समाचार वापत धम्क्याएर कुनै आर्थिक लेनदेनको कुरा नगरेको दाबी गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपनी गाउँपालिकाका स्वयमसेविकाहरु पुरस्कृत तथा सम्मानित
रुपनी गाउँपालिकाका स्वयमसेविकाहरु पुरस्कृत तथा सम्मानित
पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढ्दै
पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढ्दै
सप्तरी उद्योग बाणिज्य संघको कार्यसमितिलाई  कार्य नगर्न भन्दै जिल्ला प्रशासनमा ज्ञापन, तीन वर्षे कार्यकाल झण्डै ६ वर्षसम्म निरन्तर
सप्तरी उद्योग बाणिज्य संघको कार्यसमितिलाई  कार्य नगर्न भन्दै जिल्ला प्रशासनमा ज्ञापन, तीन वर्षे कार्यकाल झण्डै ६ वर्षसम्म निरन्तर
सप्तरी विकाशिय दृष्टिकोणले पिछिडिएकोप्रति चिन्ता
सप्तरी विकाशिय दृष्टिकोणले पिछिडिएकोप्रति चिन्ता
बाख्राले चार आँखा र दुई टाउके पाठो जन्माए 
बाख्राले चार आँखा र दुई टाउके पाठो जन्माए 
वैदेशिक रोजगार पीडितका लागि आकस्मिक कोष स्थापना गर्ने निर्णय 
वैदेशिक रोजगार पीडितका लागि आकस्मिक कोष स्थापना गर्ने निर्णय 
दोश्रो तलाबाट खसेर एकको मृत्यु
दोश्रो तलाबाट खसेर एकको मृत्यु
सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
पाँच वर्षदेखी हराइरहेकी बालिकाको भारतबाट उद्धार
पाँच वर्षदेखी हराइरहेकी बालिकाको भारतबाट उद्धार
आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा