चरित्र हत्या गर्ने प्रयास भयो ः नेता भिमराज यादव

राजविराज राजविराज
|
आइतबार, आषाढ १४, २०७७
|
|
७५ पटक हेरिएको
Shares
चरित्र हत्या गर्ने प्रयास भयो ः नेता भिमराज यादव

सारांश

  •     आइतबार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरि पत्रकारको नाममा बार्गेनिङ गर्ने माउण्टेन टेलिभिजनका संवाददाता दिवाकर साहलाई महत्व नदिँदा मिडियाको प्रयोग गरि चरित्र हत्या गर्ने प्रयास भएको उनको दाबी छ ।
  •       उनलाई पत्रकार साहले पटक पटक पैसा मागेर हैरान बनाएको र नदिँदा आफूद्वारा भइरहेको निर्माण कार्यसँग जोडेर झुठा समाचार सम्प्रेशन गरेको दाबी गरे ।
  •       पत्रकार सम्मेलनमा उनले आफूमाथी लगाइएको आरोपको सत्यतथ्य छानबिन गर्न माँग समेत गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १४ असार ।  
    जनता समाजवादी पार्टीका नेता एवं निर्माण व्यवसायी भिमराज यादवले पत्रकारिताको आडमा आफूलाई सप्तरीका एक पत्रकारले बार्गेनिङ गर्न खोजेको आरोप लगाएका छन् । 
    आइतबार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरि पत्रकारको नाममा बार्गेनिङ गर्ने माउण्टेन टेलिभिजनका संवाददाता दिवाकर साहलाई महत्व नदिँदा मिडियाको प्रयोग गरि चरित्र हत्या गर्ने प्रयास भएको उनको दाबी छ । 
    उनलाई पत्रकार साहले पटक पटक पैसा मागेर हैरान बनाएको र नदिँदा आफूद्वारा भइरहेको निर्माण कार्यसँग जोडेर झुठा समाचार सम्प्रेशन गरेको दाबी गरे । 
    पत्रकार सम्मेलनमा उनले आफूमाथी लगाइएको आरोपको सत्यतथ्य छानबिन गर्न माँग समेत गरेका छन् । राजविराज वडा नं. ९ मलेठस्थित सहिद गेट निर्माण कार्य जारि नै रहेको अवस्थामा ४८ लाख रुँपैयामा बनेको भन्दै समाचार सम्प्रेशन गर्नु पत्रकारिता ऐन र नियमले मिल्छ ? उनले प्रश्न गरे ।
    फोन मार्फत पटक पटक तर्साउन थालेपछि आवेशमा आएर आफूले अपशब्द प्रयोग गरेको स्वीकार्दै उनले परिस्थीतवस त्यस्तो अभिव्यक्ति दिन पुगेको बताए । उनले पत्रकारको खोल ओढेर बार्गेनिङ गर्नेले पनि गल्ति स्वीकार गरि सच्चिनु पर्ने बताए । 
    यता आरोपित पत्रकारले भने आफूले यादवसँग समाचार वापत धम्क्याएर कुनै आर्थिक लेनदेनको कुरा नगरेको दाबी गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छली ल्याउँदै गरेको अबैध सामानसहित दुई पक्राउ
भन्सार छली ल्याउँदै गरेको अबैध सामानसहित दुई पक्राउ
सम्झौता अनुसार भवन निर्माणको काम गर्दा पनि  भुक्तानी पाउनबाट बञ्चित निर्माण व्यवसायी
सम्झौता अनुसार भवन निर्माणको काम गर्दा पनि  भुक्तानी पाउनबाट बञ्चित निर्माण व्यवसायी
शंकास्पद बस्तु निस्कृय पार्दा भेटिए मेकअपका सामाग्रि
शंकास्पद बस्तु निस्कृय पार्दा भेटिए मेकअपका सामाग्रि
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
उपचार खर्च जुटाउन समस्यामा परेकी निरसी खंगलाई सहयोग
उपचार खर्च जुटाउन समस्यामा परेकी निरसी खंगलाई सहयोग
वर्षाका कारण गजेन्द्र नारायण सिंह अस्पताल डुबानमा, सप्तकोशीमा बाढी
वर्षाका कारण गजेन्द्र नारायण सिंह अस्पताल डुबानमा, सप्तकोशीमा बाढी
सुरक्षित स्वच्छ खानेपानी युक्त बस्तीको शुभारम्भ
सुरक्षित स्वच्छ खानेपानी युक्त बस्तीको शुभारम्भ
सप्तरी र सर्लाही फाईनलमा भिड्दै 
सप्तरी र सर्लाही फाईनलमा भिड्दै 
सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने ः मन्त्री विश्वकर्मा
सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने ः मन्त्री विश्वकर्मा
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन