सप्तरी विकाशिय दृष्टिकोणले पिछिडिएकोप्रति चिन्ता

राजविराज राजविराज
|
शनिबार, आश्विन ९, २०७८
|
|
७१ पटक हेरिएको
Shares
सप्तरी विकाशिय दृष्टिकोणले पिछिडिएकोप्रति चिन्ता

सारांश

  •     कार्यक्रममा संघले दुई दशकदेखी पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने सञ्चारकर्मी मनोज कुमार माझीसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
  •       यस्तै शिक्षा र स्वास्थ्यतर्फ शैलेन्द्र मोहन झा, खेलकुद तर्फ पुस्तिका चौधरी, महिला सशक्तिकरणतर्फ मिरा देव र सर्वाधिक राजश्व बुझाउने बाणिज्य तर्फ श्यामबाबा इन्टरप्राईजेज सम्मानित भएका छन् ।
  • कार्यक्रमका प्रमुख अतिथि ढकालले उनीहरुलाई कदर पत्रबाट सम्मान गरेका थिए ।

    राजविराज/नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले पूर्वाधारको प्रचुरता रहँदा रहँदै पनि सप्तरी विकाशिय दृष्टिकोणले पिछिडिएको प्रति चिन्ता व्यक्त गरेका छन् ।
    सप्तरी उद्योग वाणिज्य संघको ११औं साधारण सभाको शनिबार राजविराजमा उद्घाटन गर्दै उनले उक्त चिन्ता व्यक्त गरेका हुन् । उनले कुनै पनि ठाउँमा विकासका लागि स्थानीय श्रोत साधनको अधिकतम उपयोग हुनु आवश्यक समेत रहेको बताए ।
    पूर्व अध्यक्ष ढकालले विकासको गति अघि बढाउनका लागि जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि तथा प्रवुद्ध वर्गसित यसबारे छलफल चलाउन आग्रह पनि गरे । 
    कार्यक्रममा संघले दुई दशकदेखी पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने सञ्चारकर्मी मनोज कुमार माझीसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ । 
    यस्तै शिक्षा र स्वास्थ्यतर्फ शैलेन्द्र मोहन झा, खेलकुद तर्फ पुस्तिका चौधरी, महिला सशक्तिकरणतर्फ मिरा देव र सर्वाधिक राजश्व बुझाउने बाणिज्य तर्फ श्यामबाबा इन्टरप्राईजेज सम्मानित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि ढकालले उनीहरुलाई कदर पत्रबाट सम्मान गरेका थिए । 
    सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक काममा उल्लेखनीय भुमिका निर्वाह गरेवापत ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, माछापुच्छ«े बैंकलाई कार्यक्रममा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
    सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, मिडिया काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरी प्रसाद भट्टराई, महासंघका डिवी बस्नेत, दुर्गालाल श्रेष्ठ, किशोर प्रधान, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशी लगायतले शुभकामाना दिएका थिए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीयता कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी  प्रदेश सरकारकै काँधमा ः मन्त्री साह  
संघीयता कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी  प्रदेश सरकारकै काँधमा ः मन्त्री साह  
तिलाठी कोइलाडीको साढे ३८ करोड रकम बिनियोजन, खाँडो खोला नियन्त्रणका लागि विवादित जग्गाको मुआब्जा दिइने
तिलाठी कोइलाडीको साढे ३८ करोड रकम बिनियोजन, खाँडो खोला नियन्त्रणका लागि विवादित जग्गाको मुआब्जा दिइने
मधेस प्रदेश सरकारद्वारा सुरक्षा  निकायलाई सवारी साधन हस्तान्तरण
मधेस प्रदेश सरकारद्वारा सुरक्षा  निकायलाई सवारी साधन हस्तान्तरण
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 
लोसपाले सदस्यता बितरणलाई निरन्तरता दिँदै
लोसपाले सदस्यता बितरणलाई निरन्तरता दिँदै
सूर्यनाथ पुन: माओवादीमै फर्किए
सूर्यनाथ पुन: माओवादीमै फर्किए
स्वास्थ्य शाखा संयोजक ठाकुरलाई लागु औषध मुद्दामा फसाउन खोजिएको नगरपालिकाको दाबी
स्वास्थ्य शाखा संयोजक ठाकुरलाई लागु औषध मुद्दामा फसाउन खोजिएको नगरपालिकाको दाबी
आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
स्थानियद्वारा नवनिर्वाचित प्रदेशसभा सदस्य यादव सम्मानित
स्थानियद्वारा नवनिर्वाचित प्रदेशसभा सदस्य यादव सम्मानित
सुरुङ्गा र खडक महिला प्रिमियर लिगको फाइनलमा भिड्ने