सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, भाद्र २८, २०८३
|
|
२३ पटक हेरिएको
Shares
सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सारांश

  • सुझाव सङ्कलन गर्न राजविराजस्थित रहेको केशो अनिरूद्ध बति माध्यमिक विद्यालय राजविराज पुगेका मन्त्री पोखरेलले सप्तरीसहित मधेसका जिल्लाका विद्यालय पुगेर स्थलगत निरीक्षण गरी विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधिको सुझाव लिएर काम अघि बढाइने बताए ।
  • तीन दिनदेखि मधेस प्रदेशको यात्रामा रहेको जानकारी दिँदै मन्त्री पोखरेलले नयाँ पाठ्यक्रम निर्माण गर्ने, नयाँ शिक्षा ऐन नियमावली बन्ने क्रममा यथार्थमा आधारित सुझाव लिएर नयाँ पाठ्यक्रम बनाउने योजना रहेको जिकिर गरे ।
  • स्थलगत समस्या बुझेपछि समस्या समाधान गर्न सहज हुने भएकाले अन्य प्रदेशमा पनि सुझाव सङ्कलन गरिने मन्त्री पोखरेलले बताए ।
दैनिक समाचारदाता
राजविराज, २८ भदौ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा शिक्षाकर्मीबाट आएको सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् ।
सुझाव सङ्कलन गर्न राजविराजस्थित रहेको केशो अनिरूद्ध बति माध्यमिक विद्यालय राजविराज पुगेका मन्त्री पोखरेलले सप्तरीसहित मधेसका जिल्लाका विद्यालय पुगेर स्थलगत निरीक्षण गरी विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधिको सुझाव लिएर काम अघि बढाइने बताए ।
तीन दिनदेखि मधेस प्रदेशको यात्रामा रहेको जानकारी दिँदै मन्त्री पोखरेलले नयाँ पाठ्यक्रम निर्माण गर्ने, नयाँ शिक्षा ऐन नियमावली बन्ने क्रममा यथार्थमा आधारित सुझाव लिएर नयाँ पाठ्यक्रम बनाउने योजना रहेको जिकिर गरे । स्थलगत समस्या बुझेपछि समस्या समाधान गर्न सहज हुने भएकाले अन्य प्रदेशमा पनि सुझाव सङ्कलन गरिने मन्त्री पोखरेलले बताए ।
मधेस प्रदेश कृषि विश्वविद्यालयका रजिस्ट्रार डा भगवान ठाकुरको टोलीले मन्त्री पोखरेललाई प्रादेशिक विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालय सरह, विश्वविद्यालय अनुदान आयोगलगायत अन्य निकायसँग सहयोग समन्वय तथा एकीकृत प्रवेश परीक्षा र प्रदेशमा खोलिने कृषि कलेजलाई यसै विश्वविद्यालयअन्तर्गत समावेश गर्न ज्ञापनपत्र बुझाउनु भएको थियोे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने

शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने