सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, भाद्र २८, २०८३
|
|
१०७ पटक हेरिएको
Shares
सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सारांश

  • सुझाव सङ्कलन गर्न राजविराजस्थित रहेको केशो अनिरूद्ध बति माध्यमिक विद्यालय राजविराज पुगेका मन्त्री पोखरेलले सप्तरीसहित मधेसका जिल्लाका विद्यालय पुगेर स्थलगत निरीक्षण गरी विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधिको सुझाव लिएर काम अघि बढाइने बताए ।
  • तीन दिनदेखि मधेस प्रदेशको यात्रामा रहेको जानकारी दिँदै मन्त्री पोखरेलले नयाँ पाठ्यक्रम निर्माण गर्ने, नयाँ शिक्षा ऐन नियमावली बन्ने क्रममा यथार्थमा आधारित सुझाव लिएर नयाँ पाठ्यक्रम बनाउने योजना रहेको जिकिर गरे ।
  • स्थलगत समस्या बुझेपछि समस्या समाधान गर्न सहज हुने भएकाले अन्य प्रदेशमा पनि सुझाव सङ्कलन गरिने मन्त्री पोखरेलले बताए ।
दैनिक समाचारदाता
राजविराज, २८ भदौ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा शिक्षाकर्मीबाट आएको सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् ।
सुझाव सङ्कलन गर्न राजविराजस्थित रहेको केशो अनिरूद्ध बति माध्यमिक विद्यालय राजविराज पुगेका मन्त्री पोखरेलले सप्तरीसहित मधेसका जिल्लाका विद्यालय पुगेर स्थलगत निरीक्षण गरी विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधिको सुझाव लिएर काम अघि बढाइने बताए ।
तीन दिनदेखि मधेस प्रदेशको यात्रामा रहेको जानकारी दिँदै मन्त्री पोखरेलले नयाँ पाठ्यक्रम निर्माण गर्ने, नयाँ शिक्षा ऐन नियमावली बन्ने क्रममा यथार्थमा आधारित सुझाव लिएर नयाँ पाठ्यक्रम बनाउने योजना रहेको जिकिर गरे । स्थलगत समस्या बुझेपछि समस्या समाधान गर्न सहज हुने भएकाले अन्य प्रदेशमा पनि सुझाव सङ्कलन गरिने मन्त्री पोखरेलले बताए ।
मधेस प्रदेश कृषि विश्वविद्यालयका रजिस्ट्रार डा भगवान ठाकुरको टोलीले मन्त्री पोखरेललाई प्रादेशिक विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालय सरह, विश्वविद्यालय अनुदान आयोगलगायत अन्य निकायसँग सहयोग समन्वय तथा एकीकृत प्रवेश परीक्षा र प्रदेशमा खोलिने कृषि कलेजलाई यसै विश्वविद्यालयअन्तर्गत समावेश गर्न ज्ञापनपत्र बुझाउनु भएको थियोे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी