दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
किर्ते मुद्दाका फरार एक प्रतिवादी बिहीबार साँझ पक्राउ परेका छन् ।
सप्तरीको राजगढ गाउँपालिका वडा नं. २ घर भई हाल राजविराज नगरपालिका वडा नं. ५ मा बस्दै अँएका अवधेश झा पक्राउ परेको प्रहरीले जनाएको छ ।
अदालतले ८ लाख ३६ हजार ५ सय रुँपैया धरौटी माँग गरेको र बुझाउन नसक्दा उनलाई सप्तरी जिल्ला अदालतको आदेशले शुक्रबार राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार २०७७ साउन २ गते शोभानन्द ठाकुरको मृत्यु पश्चात् निजको जग्गा हडप्ने उद्देश्यले राजगढ गाउँपालिका वडा २ को छाप, लेटरप्याड तथा वडा अध्यक्ष समेतको हस्ताक्षर किर्ते गरि मालपोत कार्यालय सप्तरीमा पेश गरि किर्ते गरेको लिखित सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका क्रममा फरार भएका उनलाई पक्राउ गरि अदालतमा उपस्थित गराइएको थियो ।
किर्ते मुद्दाका फरार प्रतिवादी कारागार चलान
सारांश
- सप्तरीको राजगढ गाउँपालिका वडा नं.
- २ घर भई हाल राजविराज नगरपालिका वडा नं.
- ५ मा बस्दै अँएका अवधेश झा पक्राउ परेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया