महाशिरात्रीको तयारी तिब्र

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन १७, २०८०
|
|
२२ पटक हेरिएको
Shares
महाशिरात्रीको तयारी तिब्र

सारांश

  •     यस पल्ट फागुन २५ गते शुक्रवारका दिन महाशिवरात्री परेको छ ।
  • विहीवार मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष धु्रव प्रसाद देवको अध्यक्षतामा वसेको बैठकले महाशिवरात्रीका दिन यस पटक एक लाख भन्दा बढी श्रद्धालु आउने विश्वासका साथ आवश्यक तयारी शूरु गरेको छ ।
  •       महाशिवरात्रीको तयारीका लागी रंगरोगन, सरसफाई, मञ्च व्यवस्थापन, दिपोत्सव, महाआरती लगायतका काम अघि बढाउन विभिन्न उपसमिति समेत गठन गरिएको अध्यक्ष देवले बताए ।

दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।

    राजविराज ७ स्थित हरिनन्देश्वर महादेव मन्दिरमा महाशिवरात्री पर्वको तयारी तिब्र रुपमा भइरहेको छ । यस वर्ष महाशिवरात्रीको अवसरमा एक लाख भन्दा बढी श्रद्धालु आउने अनुमानसहित आवशयक तयारी सुरु गरिएको हो । 
    यस पल्ट फागुन २५ गते शुक्रवारका दिन महाशिवरात्री परेको छ । विहीवार मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष धु्रव प्रसाद देवको अध्यक्षतामा वसेको बैठकले महाशिवरात्रीका दिन यस पटक एक लाख भन्दा बढी श्रद्धालु आउने विश्वासका साथ आवश्यक तयारी शूरु गरेको छ । 
    महाशिवरात्रीको तयारीका लागी रंगरोगन, सरसफाई, मञ्च व्यवस्थापन, दिपोत्सव, महाआरती लगायतका काम अघि बढाउन विभिन्न उपसमिति समेत गठन गरिएको अध्यक्ष देवले बताए । 
    मन्दिरको रंगरोगनको जिम्मा राजविराज नगरपालिकाले लिएको समितीका सदस्य संजय कुमार झाले बताए । भक्तजनलाई व्यवस्थित तरिकाले दर्शन गर्ने ब्यवस्थाका लागी स्वयसेवकका साथै जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षा व्यवस्था मिलाईने तयारी भएको अध्यक्ष देवले बताए । 
    मुल पुजारी महेश्वर भारतीले यस पल्ट मन्दिर परिसरमा भजन, किर्तन, अष्टयाम लगायतका धार्मिक कार्यक्रमका साथै १ लाख २५ हजार दीपप्रज्जवलन तथा महाआरती कार्यक्रमको समेत आयोजना गर्ने निर्णय भएको जानकारी दिए ।
    यस्तै जिल्लाको शम्भुनाथ, अंकुरी महादेव, लालेश्वरनाथ, डाक्नेश्वरी लगायतका शिवालयहरुमा पनि महाशिवरात्रीको तयारी शूरु गरिएको सम्बद्ध मन्दिर समितीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कंचनरुपका नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतमाथी गरे हातापात, कर्मचारी आन्दोलित 
कंचनरुपका नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतमाथी गरे हातापात, कर्मचारी आन्दोलित 
रकम दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हनुमानीलाई प्रहरीले ग¥यो सार्वजनिक
रकम दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हनुमानीलाई प्रहरीले ग¥यो सार्वजनिक
तिलाठी कोइलाडीमा सतप्रतिशत  किशोरी विद्यालय भर्ना
तिलाठी कोइलाडीमा सतप्रतिशत  किशोरी विद्यालय भर्ना
लागु औषधसहित एक पक्राउ
लागु औषधसहित एक पक्राउ
बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा
बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा
अध्यक्षलाई निजी सचिवालय र  अधिकृतलाई २५ हजार मासिक घर भाडा 
अध्यक्षलाई निजी सचिवालय र  अधिकृतलाई २५ हजार मासिक घर भाडा 
स्थापना दिवसमा अस्पताललाई सहयोग
स्थापना दिवसमा अस्पताललाई सहयोग
सहकारी संस्थाहरुले दिइरहेको सेवाप्रति सम्बन्धीत निकायले प्रोत्साहित गर्नु पर्नेमा जोड
सहकारी संस्थाहरुले दिइरहेको सेवाप्रति सम्बन्धीत निकायले प्रोत्साहित गर्नु पर्नेमा जोड
विषादीको कारोबारलाई सुरक्षित बनाउन परिक्षा विधिको प्रयोग 
विषादीको कारोबारलाई सुरक्षित बनाउन परिक्षा विधिको प्रयोग 
संविधान दिवसमा लोसपाको बिरोध कायमै
संविधान दिवसमा लोसपाको बिरोध कायमै