रकम दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हनुमानीलाई प्रहरीले ग¥यो सार्वजनिक

राजविराज राजविराज
|
सोमबार, पौष २२, २०८१
|
|
१२० पटक हेरिएको
Shares
रकम दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हनुमानीलाई प्रहरीले ग¥यो सार्वजनिक

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अघिल्लो दिन गाउँबाटै पक्राउ परेका रजकलाई सार्वजनिक गरिएको हो ।
  •       पत्रकार सम्मेलनमा सर्वसाधारणसँग पैसा दोब्बर पारिदिने भन्दै लाखौं रकम ठगी गरेको आरोप रहेको बताउँदै प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले उनीमाथी ठगी तथा अपराधिक विश्वासघात कसुरमा मुद्दा चलाइने बताए ।
  •       सप्तरी जिल्ला अदालतबाट पुस ७ गते पक्राउ गर्न अनुमति लिई खोजतलासको क्रममा अघिल्लो दिन आइतबार साँझ बभनगामा टोलस्थित सडक खण्डबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक खतिवडाले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २२ पुस ।

    रकम दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ का हनुमानी भन्ने रामबहादुर रजकलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अघिल्लो दिन गाउँबाटै पक्राउ परेका रजकलाई सार्वजनिक गरिएको हो । 
    पत्रकार सम्मेलनमा सर्वसाधारणसँग पैसा दोब्बर पारिदिने भन्दै लाखौं रकम ठगी गरेको आरोप रहेको बताउँदै प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले उनीमाथी ठगी तथा अपराधिक विश्वासघात कसुरमा मुद्दा चलाइने बताए । 
    सप्तरी जिल्ला अदालतबाट पुस ७ गते पक्राउ गर्न अनुमति लिई खोजतलासको क्रममा अघिल्लो दिन आइतबार साँझ बभनगामा टोलस्थित सडक खण्डबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक खतिवडाले जानकारी दिए । 
    रजक लामो समयदेखी सप्तरीमा रकम दोब्बर पारिदिने भन्दै एजेन्टहरु मार्फत यस्तो ठगी धन्दा चलाउँदै आएको प्रहरीको भनाई छ । पीडित मध्येका हरिनारायण यादव समेतको जाहेरीले बादी नेपाल सरकार रहेको मुद्दामा प्रतिवादी रहेका रजक पक्राउ परेको तथा सो ठगी धन्दामा संलग्न रहेका अन्य व्यक्तिहरु बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
    पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले रजकबाट ठगीमा परेका अन्य पीडितहरुलाई समेत लिखित उजुरीसहित सम्पर्कमा आउन अनुरोध गरेका थिए । 
    यसैबीच रजकलाई सप्तरी जिल्ला अदालतले ठगी तथा अपराधिक विश्वासघात कसुर मुद्दामा पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्रदान गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा ९ हजार ३१ विद्यार्थी एसइईमा सहभागि  
सप्तरीमा ९ हजार ३१ विद्यार्थी एसइईमा सहभागि  
बिरामीका आफन्त महिलामाथि चिकित्सकद्वारा आपत्तिजनक व्यवहार, चिकित्सक प्रहरी नियन्त्रणमा, अस्पतालद्वारा चिकित्सक निलम्बन
बिरामीका आफन्त महिलामाथि चिकित्सकद्वारा आपत्तिजनक व्यवहार, चिकित्सक प्रहरी नियन्त्रणमा, अस्पतालद्वारा चिकित्सक निलम्बन
बाढीग्रस्त क्षेत्रको युनिसेफको टोलीद्वारा अवलोकन
बाढीग्रस्त क्षेत्रको युनिसेफको टोलीद्वारा अवलोकन
विभिन्न मुद्दामा २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी ः जिल्ला अदालत 
विभिन्न मुद्दामा २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी ः जिल्ला अदालत 
ब्रह्माकुमारीद्वारा प्रवचन तथा झाँकी
ब्रह्माकुमारीद्वारा प्रवचन तथा झाँकी
तालाबन्दीका कारण खेलकुदका कर्मचारी र प्रशिक्षकले बिराटनगरबाट तलब लिन बाध्य
तालाबन्दीका कारण खेलकुदका कर्मचारी र प्रशिक्षकले बिराटनगरबाट तलब लिन बाध्य
ट्राफिक नियम पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह
ट्राफिक नियम पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह
मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
एउटै पालिका तीन फरार प्रतिवादी पक्राउ
एउटै पालिका तीन फरार प्रतिवादी पक्राउ
तीन दिनदेखी मरेको चौपाया उठाउन नगरपालिकाले देखाएन चासो, एक सातादेखी फोहर नउठाउदा नगर दुर्घन्धित
तीन दिनदेखी मरेको चौपाया उठाउन नगरपालिकाले देखाएन चासो, एक सातादेखी फोहर नउठाउदा नगर दुर्घन्धित