राजविराजमै जटिल प्रकृतिका  चार विरामीको सफल शल्यक्रिया

राजविराज राजविराज
|
शनिबार, चैत्र १, २०७६
|
|
५५ पटक हेरिएको
Shares
राजविराजमै जटिल प्रकृतिका  चार विरामीको सफल शल्यक्रिया

सारांश

  •     सप्तरीको राजगढ गाउँपालिका ६ फेकरा कि ३५ बर्षिया साहिरा खातुनको आप्mनो घरको छतबाट अचानक लडेर छिमेकीको जमिनमा जडान गरिएको दुई वटा फलामे डण्डी पेटमा छिरेपछि आन्द्राभुडी बाहिर निस्केको थियो ।
  •       यस्तै सोही चिकित्सक टोलीले जिल्लामा पहिलो पटक दुरबिन (ल्याप्रोसकोपिक) प्रविधिबाट सफल शल्यक्रिया समेत गरिएको छ ।
  • पितको थैलीमा पथरी भएर उपचारका लागि अस्पताल भर्ना भएकी राजविराज नगरपालिका ७ की ३२ बर्षिया सपना अधिकारीको सो प्रविधिबाट सफल शल्यक्रिया गरिएको वरिष्ठ सर्जन डा.

    राजविराज÷स्वास्थ्य क्षेत्रमा बढ्दै गएको आधुनिकतासँगै राजविराजका सरकारी तथा निजि अस्पतालहरुले उच्च प्रविधिका उपकरण तथा दक्ष चिकित्सकको सहयोगमा विभिन्न जटिल प्रकृतीका उपचारहरु स्थानियस्तरमै सफलतापूर्वक सम्पन्न गरिरहेका छन् । 
    पछिल्लो पटक राजविराजस्थित एक निजि अस्पतालमा शुक्रबार एकै दिन चार वटा जटिल प्रकृतीका शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि स्थानीयहरु अब जिल्ला बाहिर महँगो खर्च तिरेर उपचार गर्न जानबाट मुक्त हुने भएका छन् ।  
    सो अस्पतालमा बरिष्ठ सर्जन डा. राजिव मिश्राको नेतृत्वमा डा. विकास झा, डा. पारस मणी साह (एनेस्थोसियोलोजिष्ट) लगायतका चिकित्सक टोलीले फलामको डण्डी पेटमा छिरेर आन्द्राभूडी निस्केको एक महिलाको सफल शल्यक्रिया गरेका छन् । 
    सप्तरीको राजगढ गाउँपालिका ६ फेकरा कि ३५ बर्षिया साहिरा खातुनको आप्mनो घरको छतबाट अचानक लडेर छिमेकीको जमिनमा जडान गरिएको दुई वटा फलामे डण्डी पेटमा छिरेपछि आन्द्राभुडी बाहिर निस्केको थियो । 
    यस्तै सोही चिकित्सक टोलीले जिल्लामा पहिलो पटक दुरबिन (ल्याप्रोसकोपिक) प्रविधिबाट सफल शल्यक्रिया समेत गरिएको छ । पितको थैलीमा पथरी भएर उपचारका लागि अस्पताल भर्ना भएकी राजविराज नगरपालिका ७ की ३२ बर्षिया सपना अधिकारीको सो प्रविधिबाट सफल शल्यक्रिया गरिएको वरिष्ठ सर्जन डा. मिश्राले बताए ।  
    यस्तै भारत विहार राज्यको कमलपुर निवासी ६३ बर्षिय चन्देश्वर मेहताको फुटेको आन्द्रो पनि सफल शल्यक्रिया गरिएको छ । उनलाई ग्यास्टिक परफोरेशन भएर पेटको भित्री भागमा प्वाल परेर गम्भीर अवस्थामा ल्याईएपछि डेढ घण्टाको प्रयासमा सफल शल्यक्रिया सम्पन्न भएको वरिष्ठ सर्जन डा. मिश्रले बताए । 
    त्यसैगरि शुक्रबारै राजविराज नगरपालिका १६ कि ९४ बर्षिया नथुनी देवी यादवको पनि हाड जोर्नि रोग विशेषज्ञ डा. ज्ञानेन्द्र कुमार झाको नेतृत्वको चिकित्सक टोलीले डाढ फियुमर फ्याक्चरको समेत सफल शल्यक्रिया गरेका छन् । 
    यसअघि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पनि फलामको डण्डी छिरेर आन्द्राभुडी बाहिर निस्केको एक बालकको सफल शल्यक्रिया भएको थियो भने कचिया हसियाँ पेटभित्र छिरेका अर्को एक बालकको पनि सफलतापूवर्क शल्यक्रिया सम्पन्न भएको थियो । वरिष्ठ सर्जन डा. मिश्रकै नेतृत्वमा एकपछि अर्को जटिल शल्यक्रिया राजविराजमै हुन थालेपछि यहाँका बिरामीहरुले अब अन्य स्थानमा महँगो खर्च तिरेर जाने बाध्यताबाट छुटकारा पाउने भएका छन् ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दलित समुदायको विकास र सशक्तीकरणका लागि थप बजेट विनियोजन गर्ने प्रतिवद्धता 
दलित समुदायको विकास र सशक्तीकरणका लागि थप बजेट विनियोजन गर्ने प्रतिवद्धता 
जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
साक्षरता दिवसमा शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना
साक्षरता दिवसमा शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना
सहमति कार्यान्वयनको माग गर्दै चन्द कार्यकर्ताद्वारा जिप्रकामा धर्ना
सहमति कार्यान्वयनको माग गर्दै चन्द कार्यकर्ताद्वारा जिप्रकामा धर्ना
खेलकुदका प्रशासनिक तथा प्राविधिक कर्मचारीहरु दोश्रो चरणको आन्दोलनमा 
खेलकुदका प्रशासनिक तथा प्राविधिक कर्मचारीहरु दोश्रो चरणको आन्दोलनमा 
कानुन व्यवसायीद्वारा प्रदर्शन
कानुन व्यवसायीद्वारा प्रदर्शन
विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन अभियान सुरु
महिला सशक्तिकरणको लागि  छिन्नमस्तामा ’रुइ’ परियोजना संचालनमा
महिला सशक्तिकरणको लागि  छिन्नमस्तामा ’रुइ’ परियोजना संचालनमा
पुन: ३५ जना संक्रमित थपिएसँगै सप्तरीमा संक्रमितको संख्या २ सय २७ 
पुन: ३५ जना संक्रमित थपिएसँगै सप्तरीमा संक्रमितको संख्या २ सय २७ 
दश रुँपैया जरिवाना गरिएका महिलासहित ८ फरार प्रतिवादी पक्राउ
दश रुँपैया जरिवाना गरिएका महिलासहित ८ फरार प्रतिवादी पक्राउ