कर्तब्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा रहेका प्रदेशसभा सदस्य यादव धरौटीमा रिहा

राजविराज राजविराज
|
बिहिबार, कार्तिक २३, २०८०
|
|
१८ पटक हेरिएको
Shares
कर्तब्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा रहेका प्रदेशसभा सदस्य यादव धरौटीमा रिहा

सारांश

  •     उच्च अदालत जनकपुर–राजविराज इजलाशका न्यायाधिशद्वय मुनेन्द्र प्रसाद अवस्थी तथा पूर्णप्रसाद राजवंशीको संयुक्त इजलाशले १ लाख २० हजार धरौटीमा रिहा गर्न उक्त आदेश गरेको हो ।
  •     बि.
  • स.

दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।

    कर्तब्य ज्यान मुद्दामा पूर्पक्षका लागि राजविराज करागारमा रहेका मधेश प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव बिहीबार अदालतको आदेशले धरौटीमा रिहा भएका छन् ।
    उच्च अदालत जनकपुर–राजविराज इजलाशका न्यायाधिशद्वय मुनेन्द्र प्रसाद अवस्थी तथा पूर्णप्रसाद राजवंशीको संयुक्त इजलाशले १ लाख २० हजार धरौटीमा रिहा गर्न उक्त आदेश गरेको हो ।
    बि.स. २०६४ साल असार ९ गते माओवादी नेता गोबिन्द चौधरीको हत्या घटनामा संलग्न रहेको अभियोगमा भदौं १९ गते राजविराजबाट पक्राउ परेका प्रदेशसभा सदस्य यादवलाई सप्तरी जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि कारागार चलान गरिएको थियो ।
     जिल्ला अदालतले गरेको आदेश बिरुद्ध उनी उच्च अदालत जनकपुर–राजविराज इजलाश पुगेका थिए । 
    सप्तरीको प्रदेशसभा क्षेत्र नं. ४ को २ बाट स्वतन्त्र उम्मेदवार बनी निर्वाचित भएका यादवसहित ९ जना उक्त मुद्दामा आरोपित थिए । आरोपित मध्ये ८ जनाको फैसला भएपनि उनी माथीको यो मुद्दा मुलतबिमा थियो । त्यती बेलाको आदेशमा यादवलाई पक्राउ गरि मुलतबिमा राखी अनुसन्धान गर्न उल्लेख थियो । 
     मृतकका दिदी धनगढी गाविस ३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी उजुरी दिएकी थिइन् । 
    सप्तरीको साविक खोक्सरप्रवाहा गाविस १ का ३२ वर्षीय माओावदी नेता दिपु भनिने गोविन्द चौधरीको २०६४ साल असार ९ गते साविकको बोदेबर्साइन गाविस ४ बाट अपहरण गरी सोही दिन नेङ्गडा गाविस ५ वैरिया टोलमा पाँचवटा गोली हानी हत्या गरिएको जाहेरीमा उल्लेख छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइसोलेशनमा तोडफोडपछि तनाव, आइसोलेशनमा खटिएका चार जना स्वास्थ्यकर्मी पनि संक्रमित
आइसोलेशनमा तोडफोडपछि तनाव, आइसोलेशनमा खटिएका चार जना स्वास्थ्यकर्मी पनि संक्रमित
गौं सेवा आश्रममा आगलगीहुँदा दश लाखको क्षती
गौं सेवा आश्रममा आगलगीहुँदा दश लाखको क्षती
बलात्कार प्रयासका फरार ७३ वर्षिय बृद्धसहित तीन पक्राउ
बलात्कार प्रयासका फरार ७३ वर्षिय बृद्धसहित तीन पक्राउ
बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै
बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै
हावाहुरीका कारण २५ लाख भन्दा बढीको केरा बगानमा क्षति
हावाहुरीका कारण २५ लाख भन्दा बढीको केरा बगानमा क्षति
दुर्घटनामा दुई जनाको मृत्यु 
दुर्घटनामा दुई जनाको मृत्यु 
घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
बिपन्न परिवारका बालबालिकाका लागी तरकारीखेती प्रभावकारी बन्दै
बिपन्न परिवारका बालबालिकाका लागी तरकारीखेती प्रभावकारी बन्दै
गर्भवति तथा सुत्केरी महिलालाई सर्वाेत्तम पिठो वितरण
गर्भवति तथा सुत्केरी महिलालाई सर्वाेत्तम पिठो वितरण
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह