दैनिक समाचारदाता
राजविराज, २२ साउन ।
खानामा किरा देखिएको विषयमा उत्पन्न विवादले उग्ररुप लिएपछि बिहीबार राजविराजस्थित साईकृष्णा मेडिकल कलेजमा संचालित आइसोलेशन कक्षमा संक्रमितहरुले तोडफोड गर्नुका साथै खाना बहिष्कार गरेका छन् ।
सोही क्रममा आइसोलेशनमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले संक्रमितहरुले आफूहरुमाथी दुव्र्यबहार गरेको भन्दै सेवा बहिष्कार गरि आइसोलेशन छाडेका छन् ।
बिहीबारै सोही आइसोलेशनमा स्वास्थ्य सेवाका लागि खटिएका चार जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिएका छन् । चारैजना स्वास्थ्यकर्मीलाई छुट्टै आइसोलेशन कक्षमा राखिएको उनले जानकारी दिए ।
यता घटना बिबरण अनुसार बिहीबार बिहानको खाना खाँदै गर्दा एक संक्रमितको खानामा किरा देखिएको थियो । संक्रमितले किरा भएको खाना खान दिएको भन्दै आक्रोसमा खाना फ्याकेका थिए । त्यसपछि व्यवस्थापन पक्षले अर्को खाना पकाएर दिएका थिए । तर, आक्रोसित संक्रमितहरुले सो खाना पनि फ्याक्नुका साथै भाडाकुडा, टेबुल, कुर्सी र टेन्ट तोडफोड सुरु गरे ।
संक्रमितहरुलाई सम्झाउन पुगेका कर्मचारी तथा स्वास्थ्यकर्मीमाथी समेत संक्रमितद्वारा आक्रमण हुन थालेपछि आइसोलेशनमा खटिएका सबै स्वास्थ्यकर्मी र कर्मचारी भागेर आफ्नो सम्पर्कमा आईपुगेको अस्पतालका प्रमुख डा. झाले जानकारी दिए ।
डा. झाले त्यस्ता उच्छृखंल कार्यमा संलग्न व्यक्तिलाई कारवाही तथा अन्यत्र नसारेसम्म कर्मचारी र स्वास्थ्यकर्मी काममा नफर्किने अडान लिदै केही संक्रमितले चार दिन अघि पनि आइसोलेशन कक्षमा निगरानीका लागि जडान गरिएको ३ वटा सिसि क्यामरा समेत फुटाइदिएको उनले बताए । सो घटना बारे प्रमुख जिल्ला अधिकारी तथा अन्य निकायमा जानकारी गराइसकिएको उनले बताए ।
यसैबीच स्थानिय प्रशासनको पहलमा स्वास्थ्यकर्मीहरु आइसोलेशनमा फर्किएका छन् । होहल्ला गर्ने व्यक्तिको उचित व्यवस्थापन गर्ने प्रशासनको प्रतिबद्धतापछि स्वास्थ्यकर्मीहरु काममा फर्केको अस्पतालका प्रमुख झाले जानकारी दिए ।
आइसोलेशनमा तोडफोडपछि तनाव, आइसोलेशनमा खटिएका चार जना स्वास्थ्यकर्मी पनि संक्रमित
सारांश
- सोही क्रममा आइसोलेशनमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले संक्रमितहरुले आफूहरुमाथी दुव्र्यबहार गरेको भन्दै सेवा बहिष्कार गरि आइसोलेशन छाडेका छन् ।
- बिहीबारै सोही आइसोलेशनमा स्वास्थ्य सेवाका लागि खटिएका चार जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा.
- रन्जित झाले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया