एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद 

राजविराज राजविराज
|
सोमबार, मंसिर ११, २०८०
|
|
३७ पटक हेरिएको
Shares
एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद 

सारांश

  •     सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट वेल्हीबाट खटेको पैदल गस्ती टोलीले आइतवार राती वडा नं.
  • ४ स्थित वेल्ही सडक खण्डबाट कटुवा पेस्तोल र गोली बरामद गरेको हो ।
  •       प्रहरी गस्ती टोलीलाई देखेपछि नम्बर नखुलेको मोटरसाईकलमा सवार दुई जनाले कपडाको पोका फालेर भारत तर्फ भागेको प्रहरीको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।

    शसस्त्र प्रहरीको टोलीले भारतीय सिमासँग जोडिएको सप्तरीको बलान विहुल गाउँपालिका क्षेत्रबाट एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको छ । 
    सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट वेल्हीबाट खटेको पैदल गस्ती टोलीले आइतवार राती वडा नं. ४ स्थित वेल्ही सडक खण्डबाट कटुवा पेस्तोल र गोली बरामद गरेको हो । 
    प्रहरी गस्ती टोलीलाई देखेपछि नम्बर नखुलेको मोटरसाईकलमा सवार दुई जनाले कपडाको पोका फालेर भारत तर्फ भागेको प्रहरीको भनाई छ । 
    उक्त कपडाको पोका खोली चेक गर्दा एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद गरिएको सशस्त्र प्रहरी बल गण नंं ६ का सुचना अधिकारी डिएसपी मोहन राज विष्टले जानकारी दिए । 
    बरामद पेस्तोल र गोली सोमवार जिल्ला प्रहरी कार्यालय सप्तरीलाई बुझाई फरार भएका ब्यक्तीबारे थप अनुसन्धान भईरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगरको विकासका लागि मास्टर प्लान  आवश्यक ः प्रदेशसभा सदस्य यादव
नगरको विकासका लागि मास्टर प्लान  आवश्यक ः प्रदेशसभा सदस्य यादव
नेकपा जिल्ला कमिटी चयनमा सिनियर कमरेडहरुलाई वेवास्ता गरिएको आरोप
नेकपा जिल्ला कमिटी चयनमा सिनियर कमरेडहरुलाई वेवास्ता गरिएको आरोप
किर्ते गरी गोप्य ढंगले जिल्ला फुटवल संघको निर्वाचन गर्न लागिएको आरोप
किर्ते गरी गोप्य ढंगले जिल्ला फुटवल संघको निर्वाचन गर्न लागिएको आरोप
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु 
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु 
वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
नेवि संघले जलाए प्रधानमन्त्रीको पुतला
नेवि संघले जलाए प्रधानमन्त्रीको पुतला
चार लाख १८ हजार ३ सय ७४ सप्तरीका मतदाताले मतदान गर्दै 
चार लाख १८ हजार ३ सय ७४ सप्तरीका मतदाताले मतदान गर्दै 
कलभर्टमा जमेको पानीमा डुबेर बालकको मृत्यु
कलभर्टमा जमेको पानीमा डुबेर बालकको मृत्यु
सप्तरीबाट सुरु भयो “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान
सप्तरीबाट सुरु भयो “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना