दैनिक समाचारदाता
राजविराज, २६ भदौ ।
प्रहरीले सप्तरीको महादेवा गाउँपालिका ४ बलिया टोलका ६५ वर्षिय सकुर मियाँलाई गाईको बाच्छी काटेर मारेको आरोपमा शनिबार पक्राउ गरेको छ भने अर्का आरोपित उनका ३५ वर्षिय छोरा इलियासले भने फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले सकुर मियँको घरबाट काटी मारेको र टुक्रा टुक्रा गरि बोरामा राखिएको अन्दाजी ७÷८ महिनाको बाच्छीको मासु ४÷५ किलो र ४ वटा खुटा समेत बरामद गरिएको जनाएका छन् ।
गोप्य सूचनाको आधारमा शनिबार दिउँसो इलाका प्रहरी कार्यालय कंचनपुर र प्रहरी चौकी डिमनबाट खटेको संयुक्त प्रहरी टोलीले मारिएको बाच्छीको मासुसहित सकुरलाई नियन्त्रणमा लिइएको उनले बताए ।
खाने प्रयोजनका लागि घरमा बाच्छी काटिएकोले पक्राउ परेका मियाँलाई हाल अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कंचनपुरमा राखिएको डिएसपी काफ्लेले बताए । यता प्रहरी आएको देख्ना साथ छोरा इलियास भने फरार भएको र खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच आइतबार विभिन्न हिन्दुवादी संघ संगठन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारि गर्दै गौं हत्यामा संलग्न माथी कडा कारवाहीको माग गरेका छन् ।
हिन्दु धर्मावलम्बीले गौ माताको रुपमा पुजा गर्ने तथा नेपालको राष्ट्रिय जनावर समेत रहेको गाईलाई संरक्षण गर्नु पर्ने ठाउँमा खाने प्रयोजनका लागि हत्या गर्ने कामको घोर भत्र्सना गर्दै विज्ञप्तिमार्फत दोषिमाथी कडा कारवाहीको माग गरिएको छ ।
बाच्छी काटेको आरोपमा बाबु पक्राउ, छोरा फरार, हिन्दुवादी संघ संगठनद्वारा कारवाहीको माग
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले सकुर मियँको घरबाट काटी मारेको र टुक्रा टुक्रा गरि बोरामा राखिएको अन्दाजी ७÷८ महिनाको बाच्छीको मासु ४÷५ किलो र ४ वटा खुटा समेत बरामद गरिएको जनाएका छन् ।
- गोप्य सूचनाको आधारमा शनिबार दिउँसो इलाका प्रहरी कार्यालय कंचनपुर र प्रहरी चौकी डिमनबाट खटेको संयुक्त प्रहरी टोलीले मारिएको बाच्छीको मासुसहित सकुरलाई नियन्त्रणमा लिइएको उनले बताए ।
- खाने प्रयोजनका लागि घरमा बाच्छी काटिएकोले पक्राउ परेका मियाँलाई हाल अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कंचनपुरमा राखिएको डिएसपी काफ्लेले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया