दैनिक समाचारदाता
राजविराज, ३० साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले राष्ट्रिय एकताका लागी राजतन्त्र अपरिहार्य रहेको बताएका छन् ।
मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिती सप्तरीद्वारा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
पृथ्वी नारायण शाहले एकिकरण गरेको नेपाललाई एतिहासिक उपलब्धीको संज्ञा दिदै उनले देशका सम्पुर्ण जनताका बीच भावनात्मक एकताका लागी समेत राजतन्त्र अपरिहार्य रहेको बताए ।
उनले मुलुकमा देखिएको विचलित अवस्थालाई मध्यनजर गर्दै अभिभावकका रुपमा राजतन्त्र आवश्यक रहेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी राजतन्त्रको पक्षमा वकालत गर्दै आएको जिकिर गरे ।
उनले संसारमा झण्डै २ सय राष्ट्र भएपनि दुई तिहाई हिन्दु धर्मावलम्बी वसोवास गर्ने देश नेपाल नै भएकाले यसलाई हिन्दु राष्ट्र बन्नबाट रोक्नु अन्याय नै भएको बताए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी प्रवेश गरेका १ सय ३२ जना नव प्रवेशीहरुलाई बरिष्ठ उपाध्यक्ष तमाङ्गले फुलमाला लगाएर स्वागत गरेका थिए ।
राप्रपाका जिल्ला अध्यक्ष उम्देश्वर प्रसाद साहको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका तराई मधेश संयोजक राम प्रसाद साह, केन्द्रीय सदस्य शत्रुघन महासेठ, जया महतो, द्रोपती चौधरी, प्रदेश साँसद कञ्चन विच्छा, प्रदेश समिती सदस्य विनोद पाण्डे, नागेन्द्र प्रसाद साह, श्रवण बलम पण्डि लगायतले पनि बोल्दै हिन्दु राष्ट्र र राजाको पक्षमा आ–आफ्नो धारणा राखेका थिए ।
सविच बलराम शर्माद्वारा संचालित कार्यक्रममा राष्ट्रि प्रजातन्त्र पार्टी जिल्ला कार्य समितीका बरिष्ठ उपाध्यक्ष उमेश प्रसाद साहले अतिथीहरुलाई स्वागत गरेका थिए ।
राष्ट्रिय एकता लागी राजतन्त्र अपरिहार्य ः बरिष्ठ उपाध्यक्ष तामाङ
सारांश
- मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिती सप्तरीद्वारा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
- पृथ्वी नारायण शाहले एकिकरण गरेको नेपाललाई एतिहासिक उपलब्धीको संज्ञा दिदै उनले देशका सम्पुर्ण जनताका बीच भावनात्मक एकताका लागी समेत राजतन्त्र अपरिहार्य रहेको बताए ।
- उनले मुलुकमा देखिएको विचलित अवस्थालाई मध्यनजर गर्दै अभिभावकका रुपमा राजतन्त्र आवश्यक रहेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी राजतन्त्रको पक्षमा वकालत गर्दै आएको जिकिर गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया