आम हड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस

राजविराज राजविराज
|
बुधबार, माघ २१, २०७७
|
|
६७ पटक हेरिएको
Shares
आम हड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस

सारांश

  •     राजविराजस्थित नेकपाको पार्टी कार्यालयबाट निस्केको मसाल जुलुस नगर परिक्रमा गरेको थियो ।
  • नेकपा प्रचण्ड–नेपाल समूहले उक्त नियुक्तिको बिरोधमा बिहीबार देशव्यापी आम हड्तालको घोषण गरेको हो ।
  •       प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले बिहीबर हड्तालको घोषणा गरेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २१ माघ । 
    प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहले देशव्यापी आम हड्तालको घोषणा गरेको पूर्वसन्ध्यामा बुधबार साँझ राजविराजमा मसाल जुलस प्रदर्शन गरेको छ । 
    राजविराजस्थित नेकपाको पार्टी कार्यालयबाट निस्केको मसाल जुलुस नगर परिक्रमा गरेको थियो । नेकपा प्रचण्ड–नेपाल समूहले उक्त नियुक्तिको बिरोधमा बिहीबार देशव्यापी आम हड्तालको घोषण गरेको हो । 
    प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले बिहीबर हड्तालको घोषणा गरेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिएका छन् ।
    बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य तथा संघर्ष समितिकी सहसंयोजक भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको मनपरी र निरकुशता बढ्दै गएकाले त्यसलाई रोक्न हड्ताल गर्नुपरेको बताए ।
    यातायात, उद्योग कलकारखाना, शैक्षिक संस्थालगायत सबै क्षेत्र बन्द हुने भुसालले जानकारी दिदै त्रिविका धेरै तहका परीक्षा चलेकाले परीक्षा केन्द्र र परीक्षा दिन जाने विद्यार्थीका साधनलाई भने नरोकिने बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी