दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहले देशव्यापी आम हड्तालको घोषणा गरेको पूर्वसन्ध्यामा बुधबार साँझ राजविराजमा मसाल जुलस प्रदर्शन गरेको छ ।
राजविराजस्थित नेकपाको पार्टी कार्यालयबाट निस्केको मसाल जुलुस नगर परिक्रमा गरेको थियो । नेकपा प्रचण्ड–नेपाल समूहले उक्त नियुक्तिको बिरोधमा बिहीबार देशव्यापी आम हड्तालको घोषण गरेको हो ।
प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले बिहीबर हड्तालको घोषणा गरेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिएका छन् ।
बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य तथा संघर्ष समितिकी सहसंयोजक भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको मनपरी र निरकुशता बढ्दै गएकाले त्यसलाई रोक्न हड्ताल गर्नुपरेको बताए ।
यातायात, उद्योग कलकारखाना, शैक्षिक संस्थालगायत सबै क्षेत्र बन्द हुने भुसालले जानकारी दिदै त्रिविका धेरै तहका परीक्षा चलेकाले परीक्षा केन्द्र र परीक्षा दिन जाने विद्यार्थीका साधनलाई भने नरोकिने बताए ।
आम हड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस
सारांश
- राजविराजस्थित नेकपाको पार्टी कार्यालयबाट निस्केको मसाल जुलुस नगर परिक्रमा गरेको थियो ।
- नेकपा प्रचण्ड–नेपाल समूहले उक्त नियुक्तिको बिरोधमा बिहीबार देशव्यापी आम हड्तालको घोषण गरेको हो ।
- प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले बिहीबर हड्तालको घोषणा गरेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया