दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
राजविराजमा जारि राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा दिनैपिछै एकपछी अर्को किर्तिमान बन्दै गएको छ ।
मंगलबार ६० किलो तौल समूहमा सप्तरीका रामकुमार यादव स्न्याचमा ९२ किलो तौल उचालेर नयाँ राष्ट्रिय किर्तिमान बनाएका हुन् ।
यस्तै महिलातर्फ सप्तरीकै सन्तोषी यादवले ६३ किलो तौल समूहमा क्लिन एण्ड जर्कमा ८० किलो तौल उचालेर नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी छिन् । ६९ किलो तौल समूह महिलातर्फ नेपाली सेनाका कमला श्रेष्ठले स्न्याचमा ६९ किलो तथा सोही तौल समूहमा नेपाल प्रहरीकी पुजा कुमाल क्लिन एण्ड जर्कमा ८५ र कुल १ सय ५४ किलो उचालेर नयाँ राष्ट्रिय किर्तिमान बनाएकी छिन् ।
७७ किलो तौल समूहमा कास्कीकी सरस्वती गुरुङले स्न्याचमा ६३ किलो तथा क्लिन एण्ड जर्कमा ७९ किलो गरी कुल १ सय ४२ किलो भार उचालेर तीन वटा नयाँ राष्ट्रिय किर्तिमान कायम गरेको भारोत्तोलन संघका केन्द्रिय उपाध्यक्ष एवं निर्णायक मण्डलका सदस्य रुपेश तण्डुकारले जानकारी दिए ।
यसअघि सोमबार नेपाल प्रहरीका हिरामोती थारुले ४८ किलो तौल समूहको महिलातर्फ क्लिन एण्ड जर्कमा ७० र स्न्याचमा ५४ गरि कुल १ सय २४ किलो तौल उचालेर नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी थिइन् ।
भारोत्तोलन संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा तीन विभागिय टोली नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै ७ वटै प्रदेशका खेलाडीहरु सहभागि छन् । प्रतियोगिता जेठ १३ गते बुधबार सम्म चल्ने आयोजक भारोत्तोलन संघ सप्तरीले जनाएको छ ।
भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै
सारांश
- मंगलबार ६० किलो तौल समूहमा सप्तरीका रामकुमार यादव स्न्याचमा ९२ किलो तौल उचालेर नयाँ राष्ट्रिय किर्तिमान बनाएका हुन् ।
- यस्तै महिलातर्फ सप्तरीकै सन्तोषी यादवले ६३ किलो तौल समूहमा क्लिन एण्ड जर्कमा ८० किलो तौल उचालेर नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी छिन् ।
- ६९ किलो तौल समूह महिलातर्फ नेपाली सेनाका कमला श्रेष्ठले स्न्याचमा ६९ किलो तथा सोही तौल समूहमा नेपाल प्रहरीकी पुजा कुमाल क्लिन एण्ड जर्कमा ८५ र कुल १ सय ५४ किलो उचालेर नयाँ राष्ट्रिय किर्तिमान बनाएकी छिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी
प्रतिक्रिया
० प्रतिक्रिया