दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
राजविराजमा जारि राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा दिनैपिछै एकपछी अर्को किर्तिमान बन्दै गएको छ ।
मंगलबार ६० किलो तौल समूहमा सप्तरीका रामकुमार यादव स्न्याचमा ९२ किलो तौल उचालेर नयाँ राष्ट्रिय किर्तिमान बनाएका हुन् ।
यस्तै महिलातर्फ सप्तरीकै सन्तोषी यादवले ६३ किलो तौल समूहमा क्लिन एण्ड जर्कमा ८० किलो तौल उचालेर नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी छिन् । ६९ किलो तौल समूह महिलातर्फ नेपाली सेनाका कमला श्रेष्ठले स्न्याचमा ६९ किलो तथा सोही तौल समूहमा नेपाल प्रहरीकी पुजा कुमाल क्लिन एण्ड जर्कमा ८५ र कुल १ सय ५४ किलो उचालेर नयाँ राष्ट्रिय किर्तिमान बनाएकी छिन् ।
७७ किलो तौल समूहमा कास्कीकी सरस्वती गुरुङले स्न्याचमा ६३ किलो तथा क्लिन एण्ड जर्कमा ७९ किलो गरी कुल १ सय ४२ किलो भार उचालेर तीन वटा नयाँ राष्ट्रिय किर्तिमान कायम गरेको भारोत्तोलन संघका केन्द्रिय उपाध्यक्ष एवं निर्णायक मण्डलका सदस्य रुपेश तण्डुकारले जानकारी दिए ।
यसअघि सोमबार नेपाल प्रहरीका हिरामोती थारुले ४८ किलो तौल समूहको महिलातर्फ क्लिन एण्ड जर्कमा ७० र स्न्याचमा ५४ गरि कुल १ सय २४ किलो तौल उचालेर नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी थिइन् ।
भारोत्तोलन संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा तीन विभागिय टोली नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै ७ वटै प्रदेशका खेलाडीहरु सहभागि छन् । प्रतियोगिता जेठ १३ गते बुधबार सम्म चल्ने आयोजक भारोत्तोलन संघ सप्तरीले जनाएको छ ।
भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै
सारांश
- मंगलबार ६० किलो तौल समूहमा सप्तरीका रामकुमार यादव स्न्याचमा ९२ किलो तौल उचालेर नयाँ राष्ट्रिय किर्तिमान बनाएका हुन् ।
- यस्तै महिलातर्फ सप्तरीकै सन्तोषी यादवले ६३ किलो तौल समूहमा क्लिन एण्ड जर्कमा ८० किलो तौल उचालेर नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी छिन् ।
- ६९ किलो तौल समूह महिलातर्फ नेपाली सेनाका कमला श्रेष्ठले स्न्याचमा ६९ किलो तथा सोही तौल समूहमा नेपाल प्रहरीकी पुजा कुमाल क्लिन एण्ड जर्कमा ८५ र कुल १ सय ५४ किलो उचालेर नयाँ राष्ट्रिय किर्तिमान बनाएकी छिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन
शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने
सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी
घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
हजारौंको सहभागितामा राजविराजमा रथयात्रा
राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा तीन जनाको उम्मेदवारी
प्रतिक्रिया
० प्रतिक्रिया