दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
भाईलाई निर्घात कुटपीट गरि हत्या गरेर फरार रहेका दाईलाइ प्रहरीले २० वर्ष पछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको टोलीले मंगलवार साँझ सप्तरीको महादेवा गाउँपालिका २ निवासी ६० वर्षिय गणेशी रजकलाई विशेष सुराकीको आधारमा पक्राउ गरेको हो ।
उनीमाथि आफ्नै भाइ उमेश रजकलाई कुटेरै हत्या गरेको आरोप छ । अघिल्लो दिन साँझ पक्राउ परेका गणेशी रजकबारे प्रहरीले बुधवार विस्तृत विवरण सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार २०६१ साल माघ १ गते दाजु÷भाईबीच भएको झै झगडाका क्रममा दाई गणेशीले भाई उमेशलाई निर्घात कुटपिट गरेका थिए । घटनाको भोली पल्ट उपचार कै क्रममा उमेसको मृत्यु भएको थियो । घटना पछी गणेशी फरार भएका थिए । हत्याको लामो समय बितिसकेको र प्रहरीले पनि खासै चासो नराखेको अनुमान सहित केही समय यता गणेशी खुला रुपले जीवनयापन गरिरहेका थिए । तर सो बारे जानकारी पाउन साथ प्रहरीले सप्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमती लिई गाउँबाटै उनलाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले बताए ।
बुधवार नै सप्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुदामा ७ दिनको म्याद लिएर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
भाईको हत्या गर्ने दाई २० वर्ष पछि पक्राउ
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको टोलीले मंगलवार साँझ सप्तरीको महादेवा गाउँपालिका २ निवासी ६० वर्षिय गणेशी रजकलाई विशेष सुराकीको आधारमा पक्राउ गरेको हो ।
- उनीमाथि आफ्नै भाइ उमेश रजकलाई कुटेरै हत्या गरेको आरोप छ ।
- अघिल्लो दिन साँझ पक्राउ परेका गणेशी रजकबारे प्रहरीले बुधवार विस्तृत विवरण सार्वजनिक गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया