चट्याङ्ग लागेर बृद्धको मृत्यु, आगलागिमा दुई घर नष्ट

राजविराज राजविराज
|
आइतबार, बैशाख १५, २०७६
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  •     विहान ९ बजे तीर घर नजिकैको खेतमा काम गरीरहेका सप्तरीको बोदेवसाईन नगरपालिका–८ निवासी ६० वर्षिय मोहन साहको चट्याँग लागेर ज्यान गएको हो ।
  •       यता भारी वर्षाले जिल्लाको अधिकांश नगरपालिका र गाउँपालिकाको सडकमा १ फिटसम्म पानी जमेको छ ।
  • विहान वर्षा संगै चलेको हावाहुरीले ठुलो जनधनको क्षती नभएपनि जनजीवन अस्तव्यस्त बनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १५ बैशाख । 
    वर्षासंगै परेको चट्याँग लागेर आइतबार बिहान सप्तरीमा एक जना बृद्धको ज्यान गएको छ । 
    विहान ९ बजे तीर घर नजिकैको खेतमा काम गरीरहेका सप्तरीको बोदेवसाईन नगरपालिका–८ निवासी ६० वर्षिय मोहन साहको चट्याँग लागेर ज्यान गएको हो । 
    यता भारी वर्षाले जिल्लाको अधिकांश नगरपालिका र गाउँपालिकाको सडकमा १ फिटसम्म पानी जमेको छ । विहान वर्षा संगै चलेको हावाहुरीले ठुलो जनधनको क्षती नभएपनि जनजीवन अस्तव्यस्त बनाएको छ । 
    यस्तै बर्षा संगै परेको चट्याङबाट सप्तरीको लोहजारामा आगलागी हुदा दुई वटा घरमा क्षति पुगेको छ । 
     तिरहुत गाउँपालिका वडा नं. ५ स्थित लोहजारा निवासी देवनारायण यादव र शुभनारायण यादवको एक÷एक वटा गाईगोठ र गोहाली घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ  ।
    सो चट्याङबाट आगलागी हुदा खाद्यान्न, लताकपडा नगद जिन्सीलगायत करिब दुई लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानियबासी, प्रहरी र हनुमाननगर कंकालनी नगरपालिकाबाट गएको बारुण यन्त्रले निभाएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीति अनुसार काम हुन नसक्दा मुलुकको  विकास अन्यौलमा ः मुख्यमन्त्री राउत
अन्तरबिधालय क्रिकेटको उपाधी पिसल्यान्डले हात पा¥यो 
अन्तरबिधालय क्रिकेटको उपाधी पिसल्यान्डले हात पा¥यो 
इतिहासविद् दासको निधनले जिल्लावासीलाई अतुल्निय क्षति
इतिहासविद् दासको निधनले जिल्लावासीलाई अतुल्निय क्षति
महिला कैदीबन्दीले मनाए तिज
महिला कैदीबन्दीले मनाए तिज
दैनिक दुई उडानको तयारीमा राजविराज विमानस्थल
दैनिक दुई उडानको तयारीमा राजविराज विमानस्थल
प्रतिष्ठान मधेश प्रदेशको मात्र नभई समग्र मुलुककै गौरवको रुपमा रहेको छ ः कानुन मन्त्री गुरुङ
प्रतिष्ठान मधेश प्रदेशको मात्र नभई समग्र मुलुककै गौरवको रुपमा रहेको छ ः कानुन मन्त्री गुरुङ
दुई माइक्रो ठोकिदा पति पत्निसहित आधा दर्जन घाइते 
दुई माइक्रो ठोकिदा पति पत्निसहित आधा दर्जन घाइते 
चोरी सिकारी गरि मारिएका दुई वटा हरिणको मासु वन कार्यालयद्वारा नष्ट
चोरी सिकारी गरि मारिएका दुई वटा हरिणको मासु वन कार्यालयद्वारा नष्ट
पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
अस्पतालमा आगलागी, लाखौं मुल्य  बराबरको स्वास्थ्य उपकरण जले
अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले