दैनिक समाचारदाता
जनकपुर, ६ मंसिर ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नीति अनुसार विकास निर्माणको काम हुन नसक्दा मुलुकको विकास अन्यौलमा परेको बताएका छन् ।
राष्ट्रिय योजना आयोगले आयोजना गरेको दीगो विकास लक्ष्य मैत्री योजना र बजेट एवं अनुगमन तथा मूल्यांकन र तथ्यांक प्रणाली सम्बन्धी प्रदेश स्तरीय कार्यशाला गोष्ठीको समापनमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मुलुकको विकासको नीति उत्कृष्ट भएपनि कार्यान्वयन गर्ने व्यक्ति इमान्दार हुन नसक्दा विकास अन्यौलमा परेको बताए ।
राष्ट्रसेवक कर्मचारीको सहयोग बिना देश निर्माण सम्भव नहुने बताउँदै उनले कर्मचारी स्थायी सरकार रहेकोले कर्मचारीले मात्रै देश समृद्ध बनाउन सकिने धारणा राखे ।
हाजिरी गरेर तलब थाप्ने मनस्थितिले विकास सम्भव नरहेको बताउँदै मुख्यमन्त्री राउतले मानसिकतामा सुधार नभए ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपना साकार नहुने समेत स्पष्ट पारे ।
योजना अनुसार काम नहुँदा विकास निर्माण कार्यले गति नलिएको भन्दै उनले जनतालाई विकासको अनुभूति गराउन सबैले आप्mनो स्थानबाट इमान्दार बन्न सुझाव दिए ।
मंगलबारदेखि सुरु भएको तीन दिने कार्यशाला गोष्ठीको समापन समारोहमा प्रदेश २ का नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झा र राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाले आफ्नो धारणा राखेका थिए ।
नीति अनुसार काम हुन नसक्दा मुलुकको विकास अन्यौलमा ः मुख्यमन्त्री राउत
सारांश
- राष्ट्रिय योजना आयोगले आयोजना गरेको दीगो विकास लक्ष्य मैत्री योजना र बजेट एवं अनुगमन तथा मूल्यांकन र तथ्यांक प्रणाली सम्बन्धी प्रदेश स्तरीय कार्यशाला गोष्ठीको समापनमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।
- समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मुलुकको विकासको नीति उत्कृष्ट भएपनि कार्यान्वयन गर्ने व्यक्ति इमान्दार हुन नसक्दा विकास अन्यौलमा परेको बताए ।
- राष्ट्रसेवक कर्मचारीको सहयोग बिना देश निर्माण सम्भव नहुने बताउँदै उनले कर्मचारी स्थायी सरकार रहेकोले कर्मचारीले मात्रै देश समृद्ध बनाउन सकिने धारणा राखे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया