विश्व स्तनपान दिवसमा जनचेतनामूलक कार्यक्रम

राजविराज राजविराज
|
सोमबार, श्रावण २०, २०७६
|
|
६० पटक हेरिएको
Shares
विश्व स्तनपान दिवसमा जनचेतनामूलक कार्यक्रम

सारांश

  •     राजबिराज नगरपालीका वडा नम्वर १६ बोरियाको आयोजनामा तथा स्वास्थ्य चौकीको सहकार्यमा विश्व स्तनपान हप्ता दिवस कार्यक्रममा वडा अध्यक्ष गुजाई दासले बच्चाको लागि आमाको दुध अमृतपान सरह रहेकोले हेल्चकराई नगरी नियमित खुवाउनुपर्नेमा जोड दिएका छन ।
  •       वडा अध्यक्ष दासले बच्चा जन्मेको ६ महिना सम्म अनिवार्य आमाको दूध बच्चाको लागी सर्वोत्तम आहार रहेकोले ६ महिना पछि आमाको दूध सहित थप पौष्टिक आहारका खुवाउनु पर्नेमा जोड समेत दिए ।
  •     यसैगरी राजबिराज नगरपालिका स्वास्थ्य सहसंयोजक शोभा साहले आमाहरूले बच्चालाई दूध खुवाउदा सही आसन प्रयोग गर्नुको साथै बच्चामा केन्द्रित भएर माग अनुसार स्तनपान गराउनुपर्ने बताईन ।

दैनिक समाचारदाता
राजविराज, २० साउन । 
    आमाबुवाको सक्षमता स्तनपानको सफलता सँगै विश्व स्तनपान हप्ता दिवसको अवसरमा एक दिने जनचेतना मूलक कार्यक्रम गरिएको छ ।  
    राजबिराज नगरपालीका वडा नम्वर १६ बोरियाको आयोजनामा तथा स्वास्थ्य चौकीको सहकार्यमा विश्व स्तनपान हप्ता दिवस कार्यक्रममा वडा अध्यक्ष गुजाई दासले बच्चाको लागि आमाको दुध अमृतपान सरह रहेकोले हेल्चकराई नगरी नियमित खुवाउनुपर्नेमा जोड दिएका छन । 
    वडा अध्यक्ष दासले बच्चा जन्मेको ६ महिना सम्म अनिवार्य आमाको दूध बच्चाको लागी सर्वोत्तम आहार रहेकोले ६ महिना पछि आमाको दूध सहित थप पौष्टिक आहारका खुवाउनु पर्नेमा जोड समेत दिए ।
    यसैगरी राजबिराज नगरपालिका स्वास्थ्य सहसंयोजक शोभा साहले आमाहरूले बच्चालाई दूध खुवाउदा सही आसन प्रयोग गर्नुको साथै बच्चामा केन्द्रित भएर माग अनुसार स्तनपान गराउनुपर्ने बताईन ।
    आमाले बच्चालाई दूध खुवाउदाँ सफी आसन प्रयोग नगरेका कारण बच्चाले पुर्णरूपमा स्तनपान गर्न नसक्दा धेरै रोग लाग्न सक्ने उनले बताईन् । बच्चालाई राती ८ पटक र दिनमा ४ पटक दूध गरी १२ पटक दूध खुवाउनुपर्ने उनले जानकारी दिइन् ।
    राजबिराज नगरपालिका बहुक्षेत्रिय पोषणका रंजिता कुमारी यादबले बच्चालाई दुई बर्ष सम्म आमाले अनिवार्य दूध खुवाउनुपर्ने बताउदै बच्चालाई कुपोषित हुनवाट जोगाउन पोषणयुक्त खाना खुवाउनुपर्नेमा जोड दिइन् ।
    बच्चालाई पुर्णरूपमा कुपोषित हुन नदिन, बच्चालाई ताकत दिनका लागी पोष्टिक खाना तथा भिटामिनहरू खुवाउनुको साथै सरसफाईमा ध्यानदिनुपर्ने, खाना खानु अगाडी र चर्पि प्रयोग गर्दा, खाना पकाउनु अगाडी हात धुनुपर्ने यादबले जानकारी दिइन् । 
    उपस्वास्थ चौकी सखडाका मत्नेश्वर चौधरीले आमाको गर्भदेखी जन्मेको दुई बर्ष सम्म मै बच्चाको बृद्विबिकास ८० प्रतिशत हुने भएकोले आमाको अनिवार्य दुध नखुवाएमा बच्चाको बृद्वि बिकासमा नकरात्मक असर पर्ने, चिरचिराहत आउने, कराउने, विभिन्न किसिमको रोग लाग्न सक्ने बताए ।
    सो अवसरमा राजबिराज नगरपालिका स्वास्थ्य सहसंयोजक शोभा यादब, स्वास्थ चौकी बोरियाका ईन्चार्ज फुल बाबु गुप्ता, स्वास्थकर्मी मत्नेश्वर चौधरी, राजबिराज नगर बहुक्षेत्रिय पोषणका रंजिताकुमारी यादब, अनमी चन्दाकुमारी यादबलगायतले स्तनपानको महत्व वारेमा सहजिकरण गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्षमा पूजा गरेर छिन्नमस्ता भगवतीको पुरानै मुकुट लगाउने तयारी
क्षमा पूजा गरेर छिन्नमस्ता भगवतीको पुरानै मुकुट लगाउने तयारी
संघीय सरकारमा सप्तरीबाट दुई मन्त्री 
संघीय सरकारमा सप्तरीबाट दुई मन्त्री 
प्रहरी उपरिक्षक सम्मानित
प्रहरी उपरिक्षक सम्मानित
ऋणको बोझले पतिले आत्महत्या गरे ः श्रीमती ललिता 
ऋणको बोझले पतिले आत्महत्या गरे ः श्रीमती ललिता 
हनुमानगर मेयर कपमा कंचनपुर र छिन्नमस्ता बिजयी
हनुमानगर मेयर कपमा कंचनपुर र छिन्नमस्ता बिजयी
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता
कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता
वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
आर्थिक अनियमितता गर्न जनता शंकर माबि नर्घाेमा दरबन्दी शिक्षक काटौती गरेको आरोप
आर्थिक अनियमितता गर्न जनता शंकर माबि नर्घाेमा दरबन्दी शिक्षक काटौती गरेको आरोप