दैनिक समाचारदाता
राजविराज, १९ असार ।
सप्तरीमा केही दिनयता पशु चौपायामा देखिएको अज्ञात रोगका कारण तीन वटा पशु चौपायाको मृत्यु तथा दर्जनौं पशु बिरामी परेका छन् ।
अज्ञात रोगका कारण पाँच दिन यता जिल्लाको छिन्नमस्ता गाउँपालिका लोखरमस्थित छिन्नमस्ता पोल्ट्रीफर्मका दुई गाई तथा खडक नगरपालिका २ मा एक बाछी गरि तीन वटा पशुको मृत्यु भएको छ ।
छिन्नमस्ता पोल्ट्री तथा कृषि फर्मका संचालिका पुनिता मिश्राले तीन दिन यता अज्ञात रोगले दुई वटा गाईको मृत्यु भएको बताइन् । छालामा घाऊ देखिने, बिस्तारै बिस्तारै बढ्दै जाने, ज्वरो आउने, खुट्टा काम्ने, दुब्लाउदै जाने, खान नरुचाउने जस्ता लक्षण फर्ममा रहेका पशु चौपायामा देखिएको उनले सुनाइन् ।
यस्तै खडक नगरपालिका २ का पशुपालक प्रकाश चौधरीले एउटा बाछीमा अघिल्लो दिन घाऊ देखिएको र त्यसको उपचार गर्न नपाउँदै भोलिपल्टै मृत्यु भएको बताए । अज्ञात रोगले गाउँमा दर्जनौं पशु चौपाया बिरामी परेको अर्का पशुपालक छिन्नमस्ता ५ का प्रभास मिश्राले सुनाए ।
राजविराज नगरपालिकाका पशुपंक्षि विकास शाखाका अधिकृत एवं पशुचिकित्सक अमरेन्द्र झाले आफुलाई पनि पशुमा फैलिएको रोगबारे खबर आएको बताए । उनले पशु चौपायामा हाल देखिएको रोग छाला रोग भएको बताए ।
उनले केही बिरामी पशु चौपायाको नमूना परिक्षण गर्दा छाला सम्बन्धी जटिल रोग लिम्पि भएको पुष्टि भएको बताए । उनले यस भाइरल रोगको औषधी सहज रुपमा उपलब्ध नभएपनि बिरामी पशु चौपायाको थप परिक्षण गरि तत्काल औषधी र उपचारको ब्यवस्था हुनुपर्ने बताए ।
अज्ञात रोगले मर्न थाले पशुचौपाया
सारांश
- अज्ञात रोगका कारण पाँच दिन यता जिल्लाको छिन्नमस्ता गाउँपालिका लोखरमस्थित छिन्नमस्ता पोल्ट्रीफर्मका दुई गाई तथा खडक नगरपालिका २ मा एक बाछी गरि तीन वटा पशुको मृत्यु भएको छ ।
- छिन्नमस्ता पोल्ट्री तथा कृषि फर्मका संचालिका पुनिता मिश्राले तीन दिन यता अज्ञात रोगले दुई वटा गाईको मृत्यु भएको बताइन् ।
- छालामा घाऊ देखिने, बिस्तारै बिस्तारै बढ्दै जाने, ज्वरो आउने, खुट्टा काम्ने, दुब्लाउदै जाने, खान नरुचाउने जस्ता लक्षण फर्ममा रहेका पशु चौपायामा देखिएको उनले सुनाइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया