सप्तरी कारागारबाट २ सय ५ कैदीबन्दी फरार, फरार मध्ये २४ जना पक्राउ 

राजविराज राजविराज
|
बुधबार, भाद्र २५, २०८२
|
|
४१ पटक हेरिएको
Shares
सप्तरी कारागारबाट २ सय ५ कैदीबन्दी फरार, फरार मध्ये २४ जना पक्राउ 

सारांश

  • प्रहरीका अनुसार फरार मध्ये अधिकांश ‘बी’ ब्लकका कैदीबन्दी छन् ।
  • सुरुमा कारागार भित्र रहेका फर्निचर र सुत्ने ओच्छयानहरुमा आगो लगाएका कैदीबन्दी त्यस पछि मुल ढोकाको ताल्चा फुटाएर फरार भएका छन् ।
  •   कारागारमा पुरुष कैदीबन्दीका ‘ए र बी’ गरी दुई ब्लक तथा महिला कैदीबन्दीका लागि छुटै गरी कुल तीन ब्लकमा हाल ३ सय ९५ कैदीबन्दी रहेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २५ भदौ । 

कारागार कार्यालय सप्तरीबाट बुधबार बिहान २ सय ५ जना कैदीबन्दी फरार भएका छन् । कारागार भित्र आगजनी तथा मुल ढोकाको ताल्चा फुटाएर २ सय ५ जना कैदीबन्दी फरार भएका हुन् । 
प्रहरीका अनुसार फरार मध्ये अधिकांश ‘बी’ ब्लकका कैदीबन्दी छन् । सुरुमा कारागार भित्र रहेका फर्निचर र सुत्ने ओच्छयानहरुमा आगो लगाएका कैदीबन्दी त्यस पछि मुल ढोकाको ताल्चा फुटाएर फरार भएका छन् । 
कारागारमा पुरुष कैदीबन्दीका ‘ए र बी’ गरी दुई ब्लक तथा महिला कैदीबन्दीका लागि छुटै गरी कुल तीन ब्लकमा हाल ३ सय ९५ कैदीबन्दी रहेका थिए । जसमा २३ महिला समेत गरी कुल ३ सय ९५ कैदीबन्दी रहेकोमा आधि भन्दा बढी कैदीबन्दी फरार भएका छन् । 
प्रहरी उपरिक्षक गौतम कुमार केशीले फरार भएका मध्ये २४ जनालाई फरार भएको एक घण्टा भित्रै पक्राउ गरि सकेको जानकारी दिए । 
अन्य फरार कैदीबन्दी भारत तर्फ भाग्न सक्ने अनुमानका साथ सिमानाका क्षेत्र समेत शिल गरी खोज तलास तीब्र बनाईएको उनको भनाई छ । 
यस अघि अघिल्लो दिन साझ जेनजीका प्रदर्शनकारीले कारागारमा समेत तोडफोड गर्ने प्रयास गरेका थिए । तर सुरक्षा निकायले सो प्रयास असफल पारेका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्दा नदिदा माइक्रो चालक र  सहचालकलाई कुटपिट गरि लुटपाट 
चन्दा नदिदा माइक्रो चालक र  सहचालकलाई कुटपिट गरि लुटपाट 
हस्तलेखन कलाले जगाएको उत्साह
हस्तलेखन कलाले जगाएको उत्साह
वर्षाको पानीको निकास नहुँदा डुवान भएको भन्दै प्रदर्शन
वर्षाको पानीको निकास नहुँदा डुवान भएको भन्दै प्रदर्शन
त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
ऋण दिएर चौब्बर असुल गर्ने मिटर ब्याजी साहुले प्रहरीसम्मलाई चक्मा दिँदै
ऋण दिएर चौब्बर असुल गर्ने मिटर ब्याजी साहुले प्रहरीसम्मलाई चक्मा दिँदै
महिलालाई सबल बनाउन प्रदेश सरकार कटिबद्ध ः मन्त्री साह
महिलालाई सबल बनाउन प्रदेश सरकार कटिबद्ध ः मन्त्री साह
सप्तरीका पाँच पालिकाले सभा गर्न सकेनन्
सप्तरीका पाँच पालिकाले सभा गर्न सकेनन्
करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने
करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने
दोब्बर भन्दा बढी मतले उपेन्द्र यादवलाई हराउँदै डा. सीके राउतको फराकिलो जीत
दोब्बर भन्दा बढी मतले उपेन्द्र यादवलाई हराउँदै डा. सीके राउतको फराकिलो जीत
होली पर्वको पूर्वसन्ध्यामा लोसपा नेपाल सप्तरी डाक्नेश्वरी नगरपालिका नगर कमिटिले जिल्लाको डाक्नेश्वरी नगरपालिकामा बिहीबार शुभकामना आदान प्रदान गर्दै ।
होली पर्वको पूर्वसन्ध्यामा लोसपा नेपाल सप्तरी डाक्नेश्वरी नगरपालिका नगर कमिटिले जिल्लाको डाक्नेश्वरी नगरपालिकामा बिहीबार शुभकामना आदान प्रदान गर्दै ।