महिलालाई सबल बनाउन प्रदेश सरकार कटिबद्ध ः मन्त्री साह

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन २४, २०७८
|
|
१०३ पटक हेरिएको
Shares
महिलालाई सबल बनाउन प्रदेश सरकार कटिबद्ध ः मन्त्री साह

सारांश

  •     अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा सहभागीहरुको जिज्ञासा र मागको जवाफमा कार्यक्रमका प्रमुख अतिथि रहेका मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले महिलालाई सबै क्षेत्रमा समान सहभागिताको सुनिश्चितता र आर्थिक रुपमा सबल बनाउन प्रदेश सरकारले बजेटमा धेरै कार्यक्रम समावेश गरेको बताए ।
  •       उनले ‘बेटी पढाऊ, बेटी बचाऊ अभियान‘ ल्याएको भन्दै छोरीहरुको शिक्षामा पहुँच बढाउन साइकल वितरण, छोरीहरुको बिमा र सरकारी नोकरीमा ५० प्रतिशत महिलाको सहभागिता लगायतका महिलामुखी कार्यक्रम मधेश प्रदेश सरकारले अघि बढाएको बताए ।
  •       कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका दुई दर्जनभन्दा बढी महिलालाई सम्मान गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २४ फागुन । 
    समाजवादी महिला संघ सप्तरीद्वारा राजविराजको नगरसभा कक्षमा आयोजित कार्यक्रममा सहभागी महिलाहरुले सबै क्षेत्रमा महिलाको समान सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । 
    अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा सहभागीहरुको जिज्ञासा र मागको जवाफमा कार्यक्रमका प्रमुख अतिथि रहेका मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले महिलालाई सबै क्षेत्रमा समान सहभागिताको सुनिश्चितता र आर्थिक रुपमा सबल बनाउन प्रदेश सरकारले बजेटमा धेरै कार्यक्रम समावेश गरेको बताए । 
    उनले ‘बेटी पढाऊ, बेटी बचाऊ अभियान‘ ल्याएको भन्दै छोरीहरुको शिक्षामा पहुँच बढाउन साइकल वितरण, छोरीहरुको बिमा र सरकारी नोकरीमा ५० प्रतिशत महिलाको सहभागिता लगायतका महिलामुखी कार्यक्रम मधेश प्रदेश सरकारले अघि बढाएको बताए । 
    कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका दुई दर्जनभन्दा बढी महिलालाई सम्मान गरिएको थियो । समाजवादी महिला संघ सप्तरीकी अध्यक्ष प्रमिला साहको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष केदार यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, केन्द्रीय सदस्य लक्ष्मी चौधरी, महिला नेतृ गीता यादव, मञ्जु खड्गा, रमिला साह, आशा तामाङ्ग लगायतले पनि बोल्दै महिलालाई उचित सम्मान र अवसर दिनुपर्नेमा जोड दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षायाममा हिलै हिलो र सुख्खायाममा धुलै धुलो 
वर्षायाममा हिलै हिलो र सुख्खायाममा धुलै धुलो 
जनतालाई अस्पतालसम्म पुग्ने बाटो देखाइदिनुस् ः प्रजिअ आचार्य
जनतालाई अस्पतालसम्म पुग्ने बाटो देखाइदिनुस् ः प्रजिअ आचार्य
चिसोले मधेशको जनजीवन कष्टकर, एकको मृत्यु
चिसोले मधेशको जनजीवन कष्टकर, एकको मृत्यु
एकपछि अर्को सदस्य गुमाउँदा  देव परिवारको कन्तविजोग
एकपछि अर्को सदस्य गुमाउँदा  देव परिवारको कन्तविजोग
कोरोना माहामारीबाट मुक्ति र विश्व शान्तिका लागि कलश यात्रा
कोरोना माहामारीबाट मुक्ति र विश्व शान्तिका लागि कलश यात्रा
खैरो हेरोइनसहित दुई पक्राउ
खैरो हेरोइनसहित दुई पक्राउ
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप लिग सुरु उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक बिजयी
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप लिग सुरु उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक बिजयी
जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत आमनेसामने, पाँच दलीय गठबन्धनबाट लोसपा नेता ठाकुरको उम्मेदवारी
जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत आमनेसामने, पाँच दलीय गठबन्धनबाट लोसपा नेता ठाकुरको उम्मेदवारी
स्वविय सभापतिका लागि मविव क्याम्पस राजविराजमा सात जनाको उम्मेदवारी
स्वविय सभापतिका लागि मविव क्याम्पस राजविराजमा सात जनाको उम्मेदवारी
मोटरसाइकल र साइकल ठोकिदा  साइकल चालकको मृत्यु
मोटरसाइकल र साइकल ठोकिदा  साइकल चालकको मृत्यु