दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
समाजवादी महिला संघ सप्तरीद्वारा राजविराजको नगरसभा कक्षमा आयोजित कार्यक्रममा सहभागी महिलाहरुले सबै क्षेत्रमा महिलाको समान सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा सहभागीहरुको जिज्ञासा र मागको जवाफमा कार्यक्रमका प्रमुख अतिथि रहेका मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले महिलालाई सबै क्षेत्रमा समान सहभागिताको सुनिश्चितता र आर्थिक रुपमा सबल बनाउन प्रदेश सरकारले बजेटमा धेरै कार्यक्रम समावेश गरेको बताए ।
उनले ‘बेटी पढाऊ, बेटी बचाऊ अभियान‘ ल्याएको भन्दै छोरीहरुको शिक्षामा पहुँच बढाउन साइकल वितरण, छोरीहरुको बिमा र सरकारी नोकरीमा ५० प्रतिशत महिलाको सहभागिता लगायतका महिलामुखी कार्यक्रम मधेश प्रदेश सरकारले अघि बढाएको बताए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका दुई दर्जनभन्दा बढी महिलालाई सम्मान गरिएको थियो । समाजवादी महिला संघ सप्तरीकी अध्यक्ष प्रमिला साहको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष केदार यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, केन्द्रीय सदस्य लक्ष्मी चौधरी, महिला नेतृ गीता यादव, मञ्जु खड्गा, रमिला साह, आशा तामाङ्ग लगायतले पनि बोल्दै महिलालाई उचित सम्मान र अवसर दिनुपर्नेमा जोड दिएका छन् ।
महिलालाई सबल बनाउन प्रदेश सरकार कटिबद्ध ः मन्त्री साह
सारांश
- अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा सहभागीहरुको जिज्ञासा र मागको जवाफमा कार्यक्रमका प्रमुख अतिथि रहेका मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले महिलालाई सबै क्षेत्रमा समान सहभागिताको सुनिश्चितता र आर्थिक रुपमा सबल बनाउन प्रदेश सरकारले बजेटमा धेरै कार्यक्रम समावेश गरेको बताए ।
- उनले ‘बेटी पढाऊ, बेटी बचाऊ अभियान‘ ल्याएको भन्दै छोरीहरुको शिक्षामा पहुँच बढाउन साइकल वितरण, छोरीहरुको बिमा र सरकारी नोकरीमा ५० प्रतिशत महिलाको सहभागिता लगायतका महिलामुखी कार्यक्रम मधेश प्रदेश सरकारले अघि बढाएको बताए ।
- कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका दुई दर्जनभन्दा बढी महिलालाई सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया