उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा नर्सिङ्ग कलेज भवनको शिलान्यास

राजविराज राजविराज
|
आइतबार, बैशाख १५, २०७६
|
|
२१ पटक हेरिएको
Shares
उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा नर्सिङ्ग कलेज भवनको शिलान्यास

सारांश

  •     शिलान्यास कार्यक्रमलाई सम्बोधनका क्रममा उनले शिक्षा र स्वास्थ्यको विकाश विना मुलुकको विकास असम्भव रहेको बताउँदै शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउन सके विकाशले आफै गति लिने बताए ।
  •       चिन, मलेशिया, जापान लगायतका देश शिक्षा र स्वास्थ्यको स्तरमा सुधार ल्याएकै कारण विकासको पथमा अघि बढेको उदाहरण प्रस्तुत गर्दै सबै मिलेर शिक्षा र स्वास्थ्यमा सुधार ल्याउनु पर्नेमा उनले जोड समेत दिए ।
  •       एक अर्को प्रसंगमा उनले गणतन्त्रका प्रनेता स्व.

दैनिक समाचारदाता
राजविराज, १५ बैशाख । 
    उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आइतबार राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ्ग कलेज भवनको शिलान्यास गरेका छन् । 
    शिलान्यास कार्यक्रमलाई सम्बोधनका क्रममा उनले शिक्षा र स्वास्थ्यको विकाश विना मुलुकको विकास असम्भव रहेको बताउँदै शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउन सके विकाशले आफै गति लिने बताए । 
    चिन, मलेशिया, जापान लगायतका देश शिक्षा र स्वास्थ्यको स्तरमा सुधार ल्याएकै कारण विकासको पथमा अघि बढेको उदाहरण प्रस्तुत गर्दै सबै मिलेर शिक्षा र स्वास्थ्यमा सुधार ल्याउनु पर्नेमा उनले जोड समेत दिए । 
    एक अर्को प्रसंगमा उनले गणतन्त्रका प्रनेता स्व. रामराजा प्रसाद सिंह र मधेशवादी नेता स्व. गजेन्द्र नारायण सिंह दुवै सम्मानित र ऐतिहासिक व्यक्तित्व भएको चर्चा गर्दै आफ्ले दुवैलाई समान नजरले हेर्ने गरेको बताए ।
    मधेशवादी नेता स्व. गजेन्द्र नारायण सिंहको सम्मानमा सगरमाथा अञ्चल अस्पतालको नाम फेरिएर गजेन्द्र नारायण सिंह अस्पताल कायम गरिएको तथा निकट भविष्यमै राजविराजमा स्थापना हुन लागेको मेडिकल कलेजको नाम रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान राख्ने निर्णय भएको जानकारी उनले दिए ।
    यस्तै गजेन्द्र नारायण सिंह अस्पताललाई पाँच सय शैय्याको अस्पतालमा परिणत गर्ने योजनाका साथ गृहकार्य भइरहेको बताउँदै फोरम नेपालका अध्यक्ष समेत रहेको उपप्रम यादवले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि प्रारम्भिक तयारी अघि बढिसकेको जानकारी दिए । 
    प्रतिष्ठानका लागि प्रस्तावित जग्गामा डिपिआरको काम अघि बढिसकेकोले केही दिनमै पूर्वाधार विकास समिति गठन र त्यसको लगतै प्रतिष्ठानको कार्यालय स्थापना भई अन्य काम तिब्र रुपमा अघि बढने उनको भनाई छ । 
    यस्तै मन्त्री यादवको संसदीय विकास कोषबाट गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा निर्माण हुन लागेको नर्सिंङ्ग कलेज भवन एक वर्ष भित्रै सम्पन्न गरिसक्ने लक्ष्यका साथ काम सुरु भएको मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए । 
    कार्यक्रममा गजेन्द्र नारायण सिंह  अस्पतालको विकास र सुधारका लागि योगदान पु¥याउने राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख सतिश सिंह, रुपनी गाउँपालिकाका प्रमुख हरेराम यादव र महादेवा गाउँपालिकाका अध्यक्ष दिपक यादवलाई उपप्रधानमन्त्री यादवले कदर पत्रबाट सम्मान समेत गरे । 
    कार्यक्रममा प्रदेश सभा सदस्यद्वय मनिष कुमार सुमन, नेत्रविक्रम साह, नेकपाका महेश यादव, राजपाका अमरनाथ मण्डल लगायतले उपप्रधानमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा गरिरहेको योगदानको प्रशंसा गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै पार्टी भित्रको असहयोगका कारण प्रधानमन्त्रीले चाले कदम ः प्रदेश इन्चार्ज मण्डल
आफ्नै पार्टी भित्रको असहयोगका कारण प्रधानमन्त्रीले चाले कदम ः प्रदेश इन्चार्ज मण्डल
प्रअको सरुवा गरेको बिरोधमा विद्यार्थीहरुद्वारा  विद्यालय र पालिकामा तालाबन्दी
प्रअको सरुवा गरेको बिरोधमा विद्यार्थीहरुद्वारा  विद्यालय र पालिकामा तालाबन्दी
प्रदेश सांसद साह भारतमा सम्मानित
प्रदेश सांसद साह भारतमा सम्मानित
ऋण दिएर चौब्बर असुल गर्ने मिटर ब्याजी साहुले प्रहरीसम्मलाई चक्मा दिँदै
ऋण दिएर चौब्बर असुल गर्ने मिटर ब्याजी साहुले प्रहरीसम्मलाई चक्मा दिँदै
कुष्ठ रोग निवारण भएको एक दशक बितिसक्दा  पनि राजविराजमा तीन बिरामी फेला परे
कुष्ठ रोग निवारण भएको एक दशक बितिसक्दा  पनि राजविराजमा तीन बिरामी फेला परे
कोरोनाका कारण तथा मंगलबार परेकाले होली खल्लो हुने
कोरोनाका कारण तथा मंगलबार परेकाले होली खल्लो हुने
लागुऔषधसहित पक्राउ परेका दुई जना पूर्पक्षका लागि कारागार चलानदैनिक समाचारदाता
लागुऔषधसहित पक्राउ परेका दुई जना पूर्पक्षका लागि कारागार चलानदैनिक समाचारदाता
सप्तरीमा थप एक डेंगुका बिरामी भेटिए, सप्तरीमा सात जनामा डेंगु रोगको संक्रमण भेटिए ः महाशाखा
सप्तरीमा थप एक डेंगुका बिरामी भेटिए, सप्तरीमा सात जनामा डेंगु रोगको संक्रमण भेटिए ः महाशाखा
एसइई परिक्षा मर्यादित र शान्तिपूर्ण  सम्पन्न गराउने केन्द्राध्यक्षद्वारा प्रतिबद्धता 
एसइई परिक्षा मर्यादित र शान्तिपूर्ण  सम्पन्न गराउने केन्द्राध्यक्षद्वारा प्रतिबद्धता 
कोरोना संक्रमित यूवकको मृत्यु
कोरोना संक्रमित यूवकको मृत्यु