सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

दैनिक संवाददाता दैनिक संवाददाता
|
शनिबार, श्रावण १६, २०८३
|
|
१३६ पटक हेरिएको
Shares
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सारांश

  • जिल्ला प्रशासन कार्यालयले शनिबार जारी गरेको सूचनामा नागरिक समाज, धार्मिक गुरु, बुद्धिजीवी, सञ्चारकर्मी तथा सबै सरोकारवालालाई सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अनुरोध गरिएको हो ।
  • प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारि सूचनामा फेसबुक, टिकटक, इन्स्टाग्राम, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, घृणा वा उत्तेजना बढाउने तथा शान्ति सुरक्षामा असर पार्ने खालका भ्रामक समाचार, अफवाह, फोटो वा भिडियो पोस्ट, रिपोस्ट, लाइक, कमेन्ट वा सेयर नगर्न आग्रह गरिएको छ ।
  • त्यस्ता सामग्री पोस्ट वा सेयर गर्ने व्यक्तिहरुको सामाजिक सल स्ञ्जाल गतिविधि निगरानीमा रहेको उल्लेख गर्दै पहिले नै त्यस्ता सामग्री सेयर गरिएको भए तत्काल हटाउन पनि प्रशासनले अनुरोध समेत गरेको हो ।
दैनिक समाचारदाता
राजविराज, १६ साउन । 
जिल्लाको शान्ति, सुरक्षा, अमनचयन तथा धार्मिक सहिष्णुता कायम राख्न सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सबैमा जिल्ला प्रशासन कार्यालय सप्तरीले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले शनिबार जारी गरेको सूचनामा नागरिक समाज, धार्मिक गुरु, बुद्धिजीवी, सञ्चारकर्मी तथा सबै सरोकारवालालाई सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अनुरोध गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारि सूचनामा फेसबुक, टिकटक, इन्स्टाग्राम, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, घृणा वा उत्तेजना बढाउने तथा शान्ति सुरक्षामा असर पार्ने खालका भ्रामक समाचार, अफवाह, फोटो वा भिडियो पोस्ट, रिपोस्ट, लाइक, कमेन्ट वा सेयर नगर्न आग्रह गरिएको छ ।
त्यस्ता सामग्री पोस्ट वा सेयर गर्ने व्यक्तिहरुको सामाजिक सल स्ञ्जाल गतिविधि निगरानीमा रहेको उल्लेख गर्दै पहिले नै त्यस्ता सामग्री सेयर गरिएको भए तत्काल हटाउन पनि प्रशासनले अनुरोध समेत गरेको हो ।
त्यसैगरी आन्दोलनका क्रममा लाठी, भाला, तरबार तथा अन्य घरेलु हातहतियार प्रदर्शन नगर्न तथा नगराउन प्रशासनले सचेत गराएको छ ।
आन्दोलनमा बालबालिकाको प्रयोग कानुनद्वारा निषेध भएकाले उनीहरुलाई सहभागी नगराउन तथा सहभागी गराए सम्बन्धित आन्दोलन आयोजकलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
समाजमा उत्तेजना फैलाउने, धार्मिक भावनामा आघात पु¥याउने वा कानुनी व्यवस्था हातमा लिन खोज्नेलाई मुलुकी अपराध संहिता, २०७४ तथा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै प्रशासनले सबै पक्षलाई संयमता अपनाई सामाजिक सद्भाव र शान्ति कायम राख्न सहयोग गर्न पुनः आग्रह गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाईजो दिने रकमबाट बेहुलीले बाँडिन् विपन्न महिला, बालबालिकालाई लत्ताकपडा
दाईजो दिने रकमबाट बेहुलीले बाँडिन् विपन्न महिला, बालबालिकालाई लत्ताकपडा
दाइजो कु प्रथा मानव सभ्यता र  संस्कृतिको लागि अभिषाप हो 
दाइजो कु प्रथा मानव सभ्यता र  संस्कृतिको लागि अभिषाप हो 
सप्तरी एनप्यावशनको अध्यक्षमा नरेश प्रताप
सप्तरी एनप्यावशनको अध्यक्षमा नरेश प्रताप
राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु 
राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु 
कंचनरुपका सहलेखापालको जिप दुर्घटनामा मृत्यु
कंचनरुपका सहलेखापालको जिप दुर्घटनामा मृत्यु
विश्व राजनीति अर्थशास्त्रको  भरमा चलेको छ ः सभामुख मण्डल
विश्व राजनीति अर्थशास्त्रको  भरमा चलेको छ ः सभामुख मण्डल
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग  गर्दै सरकारी कार्यालय र पालिका बन्द 
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग  गर्दै सरकारी कार्यालय र पालिका बन्द 
आफ्नो बलात्कार भएको भन्दै झुठो आरोप लगाई रकम ठग्ने महिलासहित दुई पक्राउ
आफ्नो बलात्कार भएको भन्दै झुठो आरोप लगाई रकम ठग्ने महिलासहित दुई पक्राउ
भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा 
भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा 
लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?