पाँच वर्ष अघि नाबालकको हत्यामा  संलग्न फरार सबालक पक्राउ 

राजविराज राजविराज
|
सोमबार, पौष ८, २०८१
|
|
८३ पटक हेरिएको
Shares
पाँच वर्ष अघि नाबालकको हत्यामा  संलग्न फरार सबालक पक्राउ 

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
  • १ का २१ वर्षिय एक युवा रहेको प्रहरीले जनाएको छ ।
  • घटनाका बेला भने उनी नाबालक रहेकाले उनको नाम भने प्रहरीले खोलाएका छैनन् ।

दैनिक समाचारदाता
राजविराज, ८ पुस । 

    पाँच वर्षअघि एक नाबालकको हत्यामा संलग्नता रहेको कसुरमा जिल्ला र तत्तकालिन पुनरावेदन अदालतले कैद सजाय फैसला गरि फरार रहेका एक युवालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ का २१ वर्षिय एक युवा रहेको प्रहरीले जनाएको छ । घटनाका बेला भने उनी नाबालक रहेकाले उनको नाम भने प्रहरीले खोलाएका छैनन् । 
    अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा पक्राउ परेका उनलाई सोमबार नै कैद सजाय भुक्तानका लागि बालसुधार गृह बिरगंज पर्सामा पठाइएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार ती २१ वर्षिय युवा (तत्तकालिन १६ वर्षिय नाबालक) सहित तीन जना मिलेर २०७६ साल चैत ३० गते सोही स्थानका नाबालक सुरज साहको हत्या गरि कोशी तटबन्धको झारीमा शव फ्याकी फरार भएका थिए । हत्याको अभियोग लागेका तीन जना मध्ये एक जना सबालक र दुई जना नाबालक थिए । जसमा एक सबालक र एक नाबलकले अदालतको फैसला अनुसार कैद सजाय भोगिरहेका छन् । 
    तीनै जना अभियुक्तहरुलाई उक्त कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतले २५ वर्षको कैद सजायको फैसला सुनाएको थियो । पछि अभियुक्तहरुले पुनरावेदन गरेपछी तत्कालिन पुनरावेदन अदालत राजविराजले कैद सजाय घटाई उनीहरुलाई जनही १२ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको थियो । 
    इलाका प्रहरी कार्यालय भारदह सप्तरीबाट खटिएको प्रहरी टोलीले ती युवालाई आइतबार खोजतलास गरी पक्राउ गरी जिल्ला अदालत राजविराजमा दाखिला गरि अदालतको आदेशानुसार बालसुधार गृह बिरगंज पर्सा पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्रामिण सत्य, तथ्य, व्यवसायिक र खोजमुलक पत्रकारिता नाराका साथ पाँच दिने तालिम सुरु
ग्रामिण सत्य, तथ्य, व्यवसायिक र खोजमुलक पत्रकारिता नाराका साथ पाँच दिने तालिम सुरु
शिवगुरु महोत्सवमा ओर्लियो जनसागर
शिवगुरु महोत्सवमा ओर्लियो जनसागर
कुपोषणका शिकार बालवालिकालाई पोषिलो आहार 
कुपोषणका शिकार बालवालिकालाई पोषिलो आहार 
थप एक जना संक्रमितको मृत्यु
थप एक जना संक्रमितको मृत्यु
जिल्ला अदालतको फैसला उच्चद्वारा सदर छलेर फैसला गरेको पीडितको आरोप
जिल्ला अदालतको फैसला उच्चद्वारा सदर छलेर फैसला गरेको पीडितको आरोप
प्रिमियर लिगमा राजबिराज वडा नं. ३ र लायन्स टिम बिजयी
प्रिमियर लिगमा राजबिराज वडा नं. ३ र लायन्स टिम बिजयी
प्रदेश २ सरकार विघटन नहुने, राजपा र समाजवादी पार्टी एकीकरणतिर अग्रसर
प्रदेश २ सरकार विघटन नहुने, राजपा र समाजवादी पार्टी एकीकरणतिर अग्रसर
सप्तरी २ मा किल्ला जोगाउन र भत्काउन अन्तिम प्रयास जारि
सप्तरी २ मा किल्ला जोगाउन र भत्काउन अन्तिम प्रयास जारि
प्रेस युनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन 
प्रेस युनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन 
भुकम्पबाट क्षति हुन नदिनका लागी भुकम्प  प्रतिरोधात्मक घर निर्माण गर्नुपर्नेमा जोड
भुकम्पबाट क्षति हुन नदिनका लागी भुकम्प  प्रतिरोधात्मक घर निर्माण गर्नुपर्नेमा जोड