सप्तरी २ मा किल्ला जोगाउन र भत्काउन अन्तिम प्रयास जारि

राजविराज राजविराज
|
शनिबार, कार्तिक २६, २०७९
|
|
६४ पटक हेरिएको
Shares
सप्तरी २ मा किल्ला जोगाउन र भत्काउन अन्तिम प्रयास जारि

सारांश

  •     सप्तरीमा प्रतिनिधिसभाको चार र प्रदेशसभाको आठ पदका लागि निर्वाचन हुन लागेपनि सबैको चासो र चर्चाको मुख्य केन्द्र क्षेत्र नं.
  • २ नै बनेको छ ।
  •     यहाँ मुख्य प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनका उम्मेदवार लोसपाका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर, जनमतका राष्ट्रिय अध्यक्ष डा.

    राजविराज÷मौन अवधिको समय सुरु हुन अब पाँच दिन मात्र बाँकी छ । यसरी मौन अवधी नजिकिदै गर्दा उम्मेदवारहरु मत आफ्नो पक्षमा पार्न अन्तिम प्रयासमा जुटेका छन् । 
    मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम प्रचारप्रसार गर्ने अवघि मंसिर १ गतेसम्म मात्र भएकाले उनीहरुको दौडधुप बढेको हो । 
    ७२ घण्टे मौन अवधि शुरु हुनु अघि नै उम्मेदवारहरुले मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम प्रयास स्वरुप रिझाउन रोड शो, चुनावी सभा देखि घरदैलो कार्यलाई तीब्र बनाएका छन् । 
    सप्तरीमा प्रतिनिधिसभाको चार र प्रदेशसभाको आठ पदका लागि निर्वाचन हुन लागेपनि सबैको चासो र चर्चाको मुख्य केन्द्र क्षेत्र नं. २ नै बनेको छ ।
    यहाँ मुख्य प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनका उम्मेदवार लोसपाका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर, जनमतका राष्ट्रिय अध्यक्ष डा. सिके राउत तथा जसपा–एमाले गठबन्धनका उम्मेदवार जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव देखिएका छन् । 
    यस क्षेत्रमा ४ स्वतन्त्र सहित १६ जना चुनावी मैदानमा भएपनि उनीहरुको खासै चर्चा देखिएको छैन । यस क्षेत्रमा कुल ९५ हजार ३ सय ९४ मतदाता छन् । स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा ती मध्ये ६४ प्रतिशत अर्थात करिब ६२ हजार मत खसेको थियो । 
    यसपल्ट पनि स्थानिय तह कै तुलनामा मत खस्ने अनुमान गरिएको छ । तीन वटै उम्मेदवार बीच कडा टक्कर देखिएकाले चुनाव जित्न कम्तिमा २२ हजार मत कटाउनु पर्ने संसदीय निर्वाचनलाई नजिकबाट नियालिरहेका राजनितिक विषलेशकहरु बताउदै आएका छन् । 
    यहाँको निर्वाचन परिणामलाई जातिय मतले समेत उलटफेर गर्ने गरेको विगतको निर्वाचन परिमाणले देखाएको छ ।  यसपल्ट पनि अन्तिम चरणमा सो समिकरण दोहोरिने अनुमान गरिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
    २०७४ को निर्वाचनमा यस क्षेत्रबाट तत्कालिन राजपा र काँग्रेस समेतको साथ पाएर संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका उपेन्द्रले जित हात पारेका थिए । तर, यस पल्ट गठबन्धन र परिस्थिति दुवै फेरिएको छ । त्यतिबेला उपेन्द्रलाई सघाएका तत्कालिन राजपा र काँग्रेस अहिले विपक्षमा उभिएका छन् । अहिले ती दुवै दलको साथ गुमाएका उपेन्द्रको एमालेसँग गठबन्धन भएको छ भने तत्कालिन राजपा वर्तमानको लोसपा, काँग्रेस, माओवादी, एकिकृत समाजवादी लगायतका दलको गठबन्धन तर्फबाट साझा उम्मेदवार बनेका छन् लोसपाका जयप्रकाश ठाकुर । 
    उपेन्द्रकै पालिका पर्ने महादेवा गाउँपालिकाका वासिन्दा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. राउतको उम्मेदवारी उपेन्द्रका लागि टाउको दुखाई बनेको छ । सत्तारुढ गठबन्धनका उम्मेदवार ठाकुरले चुनौती दिइरहेका बेला आफ्नै पालिकाका अर्का उम्मेदवार डा. राउतको उपस्थितिले उनलाई थप दवाव परेको छ । 
    अर्कोतर्फ नागरिकता विधेयक लगायत मधेश प्रदेशलाई असफल बनाउने अभियानमा लागेका एमालेसँगको गठबन्धनले उपेन्द्रलाई झन गाह्रो बनाएको स्थानीयवासी अजित ठाकुरको भनाई छ । 
    राजविराज नगरपालिका सहित महादेवा, छिन्नमस्ता र तिलाठी गाउँपालिका पर्ने यस क्षेत्रमा पछिल्लो स्थानीय तहको निर्वाचनमा दुई पालिकामा लोसपा र एक÷एक पालिकामा काँग्रेस तथा जसपाले प्रमुख पद जितेको छ ।
    मतदातालाई आफ्नो पक्षमा ल्याउन घरदैलो अभियानलाई तिब्र बनाएका डा. राउत वर्षोदेखि सत्तामा हालीमुहाली गरिरहेका एमाले, काँग्रेस, माओवादी, जसपा लगायतका दलले अघि सारेका एजेन्डा उनीहरुको सत्तामा पुनरागमनका लागि मात्र भएको बताउँछन् । 
    डा. राउतका लागि आगामी राजनीतिक भविष्यका दृष्टिले पनि यो चुनाव महत्वपूर्ण देखिन्छ । पछिल्लो स्थानीय तहको निर्वाचनमा उनको सांगठनिक मत कमजोर देखिएपनि अहिले उनको क्रेज र प्रभाव दिनानुदिन बढ्दै गएको कार्यकर्ताहरु बताउँछन् । ‘डा. राउतको छवि, किसान आन्दोलन र भ्रष्टाचार विरोधी अभियानका कारण जनमतको लहर नै चलेको छ, जनमतका स्थानीय नेता थानेश्वर साह भन्छन – ‘डा. राउत ठुलो मतान्तरले जित हात पार्नेमा ढुक्क छौ ।’
    डा. राउतले भ्रष्टाचार र महँगी नियन्त्रण, किसानको समस्या समाधान, युवालाई रोजगारी तथा शिक्षा र स्वास्थमा सुधार लगायतका विषयलाई प्रमुख चुनावी एजेण्डा बनाएका छन् । 
    २०७४ मा चुनाव जितेका उपेन्द्र यसपल्टको निर्वाचनमा पनि जित दोहो¥याउने दावी गर्छन् । विगतमा आफुले यस जिल्लाको विकासका लागि धेरै काम गरेको कारण जित्ने उनको दावी छ । जनताले परिवर्तन र विकास  चाहेका छन् । मैले ती दुवै क्षेत्रमा काम गरेकाले जनताले फेरि पनि चुन्नेमा विश्वस्त छु, उनले भने । उनले यस क्षेत्रमा नर्सिङ्ग कलेज, गजेन्द्र नारायण सिंह अस्पतालमा सुधार, विभिन्न सडक सञ्जालको विस्तारका साथै कृषि विश्वविद्यालय, इन्जिनियरिङ्ग कलेज र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतको संरचना निर्माणको कार्यको शुरुवात गरेकोले मतदाताले फेरि पनि मौका दिने दावी गरे । उनले सप्तरीलाई शैक्षिक र स्वास्थ्य केन्द्रको रुपमा विकास गर्ने योजना सहित मतदातासँग सहयोगका लागि आग्रह गर्ने गरेका छन् । 
    हालै सम्पन्न पालिका चुनावमा प्राप्त मतको आधारमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुर, उपेन्द्रभन्दा दोब्बर र डा. राउतभन्दा तेब्बर मतले अगाडि देखिन्छ । तर स्थानीय तह निर्वाचनमा प्राप्त मत संसदीय चुनावमा पनि कायम रहला नरहला भन्ने कुरा यकिन गर्न कठिन रहेको स्थानिय मतदाताहरु बताउँछन् । सत्तारुढ गठबन्धनका उम्मेदवार ठाकुर भन्छन् ‘गठबन्धनभित्र कुनै समस्या छैन, एक ढिक्का भई अघि बढेकाले फराकिलो मतान्तरले जित हासिल गर्ने छौ ।’
    २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभामा यही क्षेत्रबाट थोरै मतले पराजित भएका ठाकुर यसपल्ट सत्तारुढ गठबन्धनका साझा उम्मेदवार भएकाले तेश्रो प्रयासमा सफल हुने विश्वासमा छन् । उनी विकास र रोजगारीलाई प्रमुख चुनावी मुद्दा बनाएका छन् । 
    तीनै उम्मेदवारले एक अर्काको मत तान्ने प्रयास जारि राखेको बेला मतदाता भने खुलेर बोल्न चाहेका छैनन् । बोल्ने केही मतदाताको पनि प्रारम्भिक रुझानलाई हेर्दा पनि यिनै तीन नेता बीच कडा प्रतिस्पर्धा देखिन्छ । यी तिन मध्ये जसले जिते पनि मतान्तर संख्या भने एक हजारदेखि दुई हजार बिचमा मात्र रहने अधिकांश मतदाताको आकलन छन् । तर, परिणाम कसको पक्षमा जाला भन्ने जिज्ञासा शान्त पार्न मंसिर ४ लाई पर्खिनु नै पर्ने भएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काग्रेस सांसद अमरेश सिंहका बहिनीज्वाई संजय झाले शिक्षाको नाममा करोडौं ठगि गरेको तथ्य बाहिरियो
काग्रेस सांसद अमरेश सिंहका बहिनीज्वाई संजय झाले शिक्षाको नाममा करोडौं ठगि गरेको तथ्य बाहिरियो
न्यूनतम ज्याला सम्बन्धि सम्वाद सम्पन्न
न्यूनतम ज्याला सम्बन्धि सम्वाद सम्पन्न
कारागार भित्रै कैदीको मृत्यु बारे आफन्तद्वारा छानबिनको माग गर्दै प्रदर्शन
कारागार भित्रै कैदीको मृत्यु बारे आफन्तद्वारा छानबिनको माग गर्दै प्रदर्शन
जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते, प्रहरीद्वारा एक दर्जन सेल अऋग्यास प्रहार 
जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते, प्रहरीद्वारा एक दर्जन सेल अऋग्यास प्रहार 
फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
लहानका कर अधिकृत घुस रकमसहित पक्राउ
लहानका कर अधिकृत घुस रकमसहित पक्राउ
विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण
विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण
नागरिकता ऐन खारेजीको माँग  गर्दै काँग्रेसका यूवा नेताद्वारा प्रदर्शन
नागरिकता ऐन खारेजीको माँग  गर्दै काँग्रेसका यूवा नेताद्वारा प्रदर्शन
घुस लिँदै गर्दा वडाध्यक्षलाई अख्तियारले समात्यो, अध्यक्षका छोराद्वारा प्रपन्च रचि फसाएको दाबी
सिटभन्दा तेब्बर आवेदन परेपछि परीक्षा
सिटभन्दा तेब्बर आवेदन परेपछि परीक्षा

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु