दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ३८ वटा स्थानमा आइतबार उम्मेदवारी दर्ता भएको छ । सप्तरीमा भने दुई स्थानमा वडा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ र ४ मा वडाअध्यक्ष पदका लागि आइतबार उम्मेदवारी दर्ता भएको हो । वडा नं. १ मा २ स्वतन्त्र गरी ९ तथा वडा नं. ४ मा ८ जनाको उम्मेदवारी परेको छ ।
दुबै वडामा वडा अध्यक्षको मृत्यु भएपछि उपनिर्वाचन हुन गइरहेको छ । उपनिर्वाचन हुन लागेको ती दुबै वडामा काँग्रेसका क्रमशः प्रितमलाल चौधरी र हरि प्रसाद राय निर्वाचित भएका थिए ।
नेपाली कांग्रेसबाट वडा नं. १ मा भुलियादेवी थरुनी र वडा नं. ४ बाट जोगिन्द्र रायको उम्मेदवारी परेको छ । भुलियादेवी निधन भएका वडा अध्यक्ष प्रितमलाल चौधरीका पत्नी हुन् ।
यस्तै नेकपा एमालेबाट वडा नं. १ मा भगवानी साह र वडा नं. ४ मा संजय कुमार यादवको उम्मेदवारी परेको छ । जसपा नेपालबाट वडा १ मा धिरेन्द्र साह र वडा नं. ४ मा देवेन्द्र प्रसाद यादवको उम्मेदवारी परेको छ ।
यस्तै जनमत पार्टीबाट वडा नं १ मा शैलेन्द्र कुमार साह र वडा नं. ४ मा उदयनारायण पण्डितको उम्मेदवारी परेको छ । यसैगरि माओवादी केन्द्रबाट वडा नं. १ मा प्रमोद कुमार सन्त र वडा नं. ४ मा भागवत रामको उम्मेदवारी परेको छ ।
यसैगरि वडा नं. १ मा स्वतन्त्रबाट शुसिल साह र सियाकान्त चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सतिश कुमार चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट अनरुद्ध प्रसाद चौधरीको उम्मेवारी परेको छ ।
यस्तै वडा नं. ४ मा नागरिक उन्मुक्ति पार्टीबाट शिवकुमार राम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामकुमार यादव र जसपा (अशोक राई) बाट रबिन्द्र रायको उम्मेदवारी परेको छ ।
डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ मा २ हजार ६ सय ३५ र वडा न ४ मा १ हजार २ सय ८१ मतदाता छन । निर्वाचनका लागी कुल ३ मतदान स्थल र ५ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिए ।
उपनिर्वाचन कार्यतालिका अनुसार मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।
डाक्नेश्वरीको दुई वडा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी दर्ता
सारांश
- जिल्लाको डाक्नेश्वरी नगरपालिकाको वडा नं.
- १ र ४ मा वडाअध्यक्ष पदका लागि आइतबार उम्मेदवारी दर्ता भएको हो ।
- वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया