राजबिराज÷राजबिराज नगरपालिका वडा नं. ८ को कार्यालय भवनको शनिबार एक कार्यक्रम बिच उद्घाटन गरिएको छ । सो अवसरमा जेष्ठ नागरिक, एकल महिला तथा शारिरीक अपाङता भएका व्यक्तिहरुलाई सम्मानित समेत गरिएको छ ।
राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादबले सो नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् ।
सो अवसरमा नगर प्रमुख शम्भु प्रसाद यादबले राजबिराज बस पार्क, राजबिराज हटिया लगायत नगरभित्रको रिंग रोडका कार्यहरू दुई महिना भित्रै सम्पन्न हुने जानकारी दिए ।
नगरप्रमुख यादबले राजविराजको अड लाइन, नेता चोकदेखि पश्चिम सिरहा रोड, तेतरी गाछी सडक, तेतरी गाछी–राजदेवी मन्दिर सडक लगायतको ठाउमा निर्माण कार्य तिब्रगतिमा भईरहेको बताए ।
राजबिराज वडा न.. ८ का अध्यक्ष जयनारायण मण्डलको अध्यक्षतामा आयोजित वडा कार्यालय भवन उदघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, नगर प्रमुख यादव, उपप्रमुख साधना झा लगायत उपस्थित अतिथिहरुलाई अध्यक्ष मण्डलले दोसल्ला ओढाएर सम्मान गरे ।
राजबिराज नगरपालिकाको सहयोगमा कुल ५९ लाखको लागतमा ७ कोठे भवन निर्माण गरिएको वडा अध्यक्ष जय नारायण मण्डलले जानकारी दिए ।
सोही कार्यक्रममा वडाका जेष्ठ नागरिक, एकल महिला तथा शारिरीक अपाङता भएका व्यक्तिहरुलाई सम्मान समेत गरिएको वडा अध्यक्ष मण्डलले बताए । उनले तीनै वर्गका गरि १ सय ५४ जनालाई पौष्ठिक बिस्कुट, चवनप्रास प्रदान गरेर तथा दोसल्ला ओढाएर सम्मानित गरिएको जानकारी दिए ।
राजबिराज वडा नं. ८ को नवनिर्मित भवन उद्घाटन, जेष्ठ नागरिक, एकल महिला तथा अपाङता भएका व्यक्ति सम्मानित
सारांश
- नगरप्रमुख यादबले राजविराजको अड लाइन, नेता चोकदेखि पश्चिम सिरहा रोड, तेतरी गाछी सडक, तेतरी गाछी–राजदेवी मन्दिर सडक लगायतको ठाउमा निर्माण कार्य तिब्रगतिमा भईरहेको बताए ।
- राजबिराज वडा न.
- ८ का अध्यक्ष जयनारायण मण्डलको अध्यक्षतामा आयोजित वडा कार्यालय भवन उदघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, नगर प्रमुख यादव, उपप्रमुख साधना झा लगायत उपस्थित अतिथिहरुलाई अध्यक्ष मण्डलले दोसल्ला ओढाएर सम्मान गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया