दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. १ बरही विरपुरस्थित स्वास्थ्य चौकीमा निशुल्क औषधी प्रदान गरिएको छ ।
विगत ६ महिनादेखी स्वास्थ्य चौकीमा औषधी अभाव रहेको हुँदा धर्मी हल्फा महिला विकास क्लबले बुधबार एक कार्यक्रमको आयोजना गरि निशुल्क औषधी प्रदान गरेको क्लबका अध्यक्ष एवं समाजसेवी ईं सूर्यनारायण यादवले जानकारी दिएका छन् ।
स्वास्थ्य चौकीमा चालु आ.ब.को साउन महिनादेखी नै बजेट निकासा नहुँदा औषधीको अभाव भएकोले स्थानियहरुलाई बिरामी पर्दा सहज रुपमा निशुल्क औषधी उपलब्ध होस् भन्ने उद्देश्यले सो औषधी प्रदान गरिएको क्लबका अध्यक्ष ई. यादवको भनाई छ ।
जिवनजल ३ सय प्याकेट, एक हजार पिस सिटोफेन लगायतका औषधी प्रदान गरिएको सो स्वास्थ्य चौकी प्रमुख सरिता झाले बताइन् । गर्मी बढ्दै जाँदा गाउँ घरमा झाडापखाला लगायत टाउँको दुख्ने र ज्वरो आउने जस्ता रोगका बिरामीहरु आउने गर्दा संस्थाले प्रदान गरेको औषधीले निकै सहज हुने प्रमुख झाको भनाई छ ।
यसैबीच सोही स्वास्थ्य चौकीमा ४० वर्षदेखी अहेब पदमा कार्यरत सुरेन्द्र मिश्र र स्वास्थ्य चौकी प्रमुख झालाई क्लबका अध्यक्ष ई. यादवले दोसल्ला ओढाई सम्मान समेत गरेका छन् ।
सोही कार्यक्रममा ९ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गर्दै उपहार स्वारुप एक एक थान थाल प्रदान समेत गरिएको छ ।
आयोजित कार्यक्रममा वडा अध्यक्ष बिनोद कुमार यादव, छिन्नमस्ता गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मदनेश्वर प्रसाद चौधरी, स्वास्थ्य चौकी लालापट्टीका प्रमुख बालकुमार यादव, स्वास्थ्य चौकी सखडाका शुसिल मण्डल लगायत स्वास्थ्य चौकीमा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
यसअघि सोही गाउँपालिकाको वडा नं. ३ स्वास्थ्य चौकी सखडा र वडा नं. ४ स्वास्थ्य चौकी लालापट्टीमा समेत औषधी अभाव भएपछि संस्थाका अध्यक्ष ई. यादवले यसरी नै निशुल्क औषधी प्रदान गरेका थिए ।
६ महिनादेखी औषधी अभाव रहेको स्वास्थ्य चौकीमा धर्मी हल्फाद्वारा औषधी प्रदान
सारांश
- विगत ६ महिनादेखी स्वास्थ्य चौकीमा औषधी अभाव रहेको हुँदा धर्मी हल्फा महिला विकास क्लबले बुधबार एक कार्यक्रमको आयोजना गरि निशुल्क औषधी प्रदान गरेको क्लबका अध्यक्ष एवं समाजसेवी ईं सूर्यनारायण यादवले जानकारी दिएका छन् ।
- स्वास्थ्य चौकीमा चालु आ.
- ब.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया