दैनिक समाचारदाता
राजविराज, ४ मंसिर ।
पहाडी क्षेत्रबाट टिपरमा लोड गरि सप्तरीको राजगढ गाउँपालिका हुँदै भारततर्फ लैजादै गरिएको ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध गाजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त गाजाको बरामद बारे जानकारी दिएको हो ।
प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले राजगढ गाउँपालिका वडा नं. ४ बेल्हीचपेनास्थित शनि मन्दिर अगाडीबाट सोमबार राती प्रहरीले चेकजाच गर्ने क्रममा ५६ बोरामा रहेको १ हजार ७ सय १७ किलो गाजा बरामद गरिएको जानकारी दिए ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले पत्थरगाढाबाट झुटकी जाँदै गरेको अवस्थामा चेकजाच गर्ने क्रममा को१.ख.६५०३ नम्बरको टिपरमा ढुंगा र बालुवाले छोपेर ५६ वटा बोरामा लुकाई राखिएको गाजा बरामद गरेको प्रहरी उपरिक्षक खतिवडाको भनाई छ ।
गाजासहित प्रहरीले धनकुटाको शहिदभूमी गाउँपालिका निवासी ३३ वर्षिय टिपर चालक यमजित राईलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । श्रोतका अनुसार नेपालको पहाडी भू–भागमा गाजाको उत्पादन गरि तराईको बाटो हुँदै भारतको विभिन्न स्थानमा तस्करी गरि पु¥याइने गरिन्छ । यसका लागि भारतसँग जोडिएको मधेशको विभिन्न जिल्लाबाट रातीको समयमा विभिन्न माध्यमबाट गाजाको तस्करी हुने गर्छ । एक वर्ष अघि मात्र यस्तै माध्यमबाट झण्डै ८ सय किलो गाजा जिल्लाको कल्याणपुर सडकखण्डमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त गाजाको बरामद बारे जानकारी दिएको हो ।
- प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले राजगढ गाउँपालिका वडा नं.
- ४ बेल्हीचपेनास्थित शनि मन्दिर अगाडीबाट सोमबार राती प्रहरीले चेकजाच गर्ने क्रममा ५६ बोरामा रहेको १ हजार ७ सय १७ किलो गाजा बरामद गरिएको जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया