टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद 

राजविराज राजविराज
|
मंगलबार, मंसिर ४, २०८१
|
|
९९ पटक हेरिएको
Shares
टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद 

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त गाजाको बरामद बारे जानकारी दिएको हो ।
  •       प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले राजगढ गाउँपालिका वडा नं.
  • ४ बेल्हीचपेनास्थित शनि मन्दिर अगाडीबाट सोमबार राती प्रहरीले चेकजाच गर्ने क्रममा ५६ बोरामा रहेको १ हजार ७ सय १७ किलो गाजा बरामद गरिएको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ४ मंसिर । 

    पहाडी क्षेत्रबाट टिपरमा लोड गरि सप्तरीको राजगढ गाउँपालिका हुँदै भारततर्फ लैजादै गरिएको ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध गाजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  
    जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त गाजाको बरामद बारे जानकारी दिएको हो । 
    प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले राजगढ गाउँपालिका वडा नं. ४ बेल्हीचपेनास्थित शनि मन्दिर अगाडीबाट सोमबार राती प्रहरीले चेकजाच गर्ने क्रममा ५६ बोरामा रहेको १ हजार ७ सय १७ किलो गाजा बरामद गरिएको जानकारी दिए । 
    विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले पत्थरगाढाबाट झुटकी जाँदै गरेको अवस्थामा चेकजाच गर्ने क्रममा को१.ख.६५०३ नम्बरको टिपरमा ढुंगा र बालुवाले छोपेर ५६ वटा बोरामा लुकाई राखिएको गाजा बरामद गरेको प्रहरी उपरिक्षक खतिवडाको भनाई छ ।   
    गाजासहित प्रहरीले धनकुटाको शहिदभूमी गाउँपालिका निवासी ३३ वर्षिय टिपर चालक यमजित राईलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।         श्रोतका अनुसार नेपालको पहाडी भू–भागमा गाजाको उत्पादन गरि तराईको बाटो हुँदै भारतको विभिन्न स्थानमा तस्करी गरि पु¥याइने गरिन्छ । यसका लागि भारतसँग जोडिएको मधेशको विभिन्न जिल्लाबाट रातीको समयमा विभिन्न माध्यमबाट गाजाको तस्करी हुने गर्छ । एक वर्ष अघि मात्र यस्तै माध्यमबाट झण्डै ८ सय किलो गाजा जिल्लाको कल्याणपुर सडकखण्डमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
     
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश स्तरिय सहकारी अभिमुखीकरण अन्तरक्रिया सम्पन्न
प्रदेश स्तरिय सहकारी अभिमुखीकरण अन्तरक्रिया सम्पन्न
सप्तरीमा रगतको अभाव
सप्तरीमा रगतको अभाव
रौनियार सेवाको धर्मशाला निर्माणका लागि जग्गादानसहित आर्थिक सहयोग प्रदान
रौनियार सेवाको धर्मशाला निर्माणका लागि जग्गादानसहित आर्थिक सहयोग प्रदान
सबल नेपालले दर खाने कार्यक्रम मनायो
सबल नेपालले दर खाने कार्यक्रम मनायो
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
प्रजातन्त्र दिवसमा राजनीतिक दलको उदासिनता,  ६ जना जनप्रतिनिधी तथा राजनीतिक दलको शुन्य सहभागितामा मनाइयो प्रजातन्त्र दिवस
प्रजातन्त्र दिवसमा राजनीतिक दलको उदासिनता,  ६ जना जनप्रतिनिधी तथा राजनीतिक दलको शुन्य सहभागितामा मनाइयो प्रजातन्त्र दिवस
कर्मचारीलाई नेता जस्तो भाषण नदिन उद्योग मन्त्री मातृका यादवको चेतावनी
कर्मचारीलाई नेता जस्तो भाषण नदिन उद्योग मन्त्री मातृका यादवको चेतावनी
सय दिन काम गर्दा ६० दिनको मात्र पारिश्रमिक दिएको भन्दै तालाबन्दी
सय दिन काम गर्दा ६० दिनको मात्र पारिश्रमिक दिएको भन्दै तालाबन्दी
किसानको समस्या पहिचान गरि समाधानका लागि मेधश सरकारद्वारा उच्च स्तरिय समिति गठन
किसानको समस्या पहिचान गरि समाधानका लागि मेधश सरकारद्वारा उच्च स्तरिय समिति गठन
महसुल नबुझाउँदा भेडियाका पाँच सय  घरधुरीको बिजुलीको लाइन काटियो
महसुल नबुझाउँदा भेडियाका पाँच सय  घरधुरीको बिजुलीको लाइन काटियो

छुटाउनुभयो कि ?