बाढी प्रभावित पाँच वर्ष मूनीका बालबालिकालाई राहत रकम बितरण

राजविराज राजविराज
|
आइतबार, भाद्र २८, २०७७
|
|
२० पटक हेरिएको
Shares
बाढी प्रभावित पाँच वर्ष मूनीका बालबालिकालाई राहत रकम बितरण

सारांश

  •     युनिसेफको सहयोगमा गाउँपालिकाको वडा नं.
  • १ बेल्हीका ५१ जना बालबालिकाहरुलाई पाँच हजारको दरले आइतबार राहत बितरण गरिएको हो ।
  • गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र वडा अध्यक्ष दिनेश्वर मिश्रले उक्त राहत रकम वितरण गरेका हुन् ।

दैनिक समाचारदाता
राजविराज २८ भदौं । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले बाढी प्रभावित ५ बर्षमुनीका बालबालिकाहरुलाई राहत रकम वितरण गरेको छ ।
    युनिसेफको सहयोगमा गाउँपालिकाको वडा नं. १ बेल्हीका ५१ जना बालबालिकाहरुलाई पाँच हजारको दरले आइतबार राहत बितरण गरिएको हो । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र वडा अध्यक्ष दिनेश्वर मिश्रले उक्त राहत रकम वितरण गरेका हुन् । 
    युनिसेफको सहयोगमा सञ्चालित विपद्को समयमा सामाजिक संरक्षण कार्यक्रमअन्तर्गत प्रति बालबालिका पाँच हजार रुपैयाँका दरले वितरण गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिएका छन् ।
सो राहत रकम वितरण गर्दै गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले राहत रकम बालबालिकाको हितमा खर्च गर्न अभिभावकहरुसँग आग्रह गरे । 
    खाँडो खोलाको बाढीका कारण बेल्ही पटकपटक प्रभावित बन्दै आएको छ भने महुली, जिता र कोशी नदीको सिपेजका कारण वडा नं. ४ कोइलाडी र वडा नं. ५ को. बर्साइन प्रभावित बन्दै आएको विपद व्यवस्गापन अधिकृत झाले बताए । 
कोइलाडी र को. बर्साइनका बाढी प्रभावितहरुलाई समेत उक्त राहत रकम वितरण गरिने कार्यक्रम अधिकृत झाको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?