दैनिक समाचारदाता
राजविराज २८ भदौं ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले बाढी प्रभावित ५ बर्षमुनीका बालबालिकाहरुलाई राहत रकम वितरण गरेको छ ।
युनिसेफको सहयोगमा गाउँपालिकाको वडा नं. १ बेल्हीका ५१ जना बालबालिकाहरुलाई पाँच हजारको दरले आइतबार राहत बितरण गरिएको हो । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र वडा अध्यक्ष दिनेश्वर मिश्रले उक्त राहत रकम वितरण गरेका हुन् ।
युनिसेफको सहयोगमा सञ्चालित विपद्को समयमा सामाजिक संरक्षण कार्यक्रमअन्तर्गत प्रति बालबालिका पाँच हजार रुपैयाँका दरले वितरण गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिएका छन् ।
सो राहत रकम वितरण गर्दै गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले राहत रकम बालबालिकाको हितमा खर्च गर्न अभिभावकहरुसँग आग्रह गरे ।
खाँडो खोलाको बाढीका कारण बेल्ही पटकपटक प्रभावित बन्दै आएको छ भने महुली, जिता र कोशी नदीको सिपेजका कारण वडा नं. ४ कोइलाडी र वडा नं. ५ को. बर्साइन प्रभावित बन्दै आएको विपद व्यवस्गापन अधिकृत झाले बताए ।
कोइलाडी र को. बर्साइनका बाढी प्रभावितहरुलाई समेत उक्त राहत रकम वितरण गरिने कार्यक्रम अधिकृत झाको भनाई छ ।
बाढी प्रभावित पाँच वर्ष मूनीका बालबालिकालाई राहत रकम बितरण
सारांश
- युनिसेफको सहयोगमा गाउँपालिकाको वडा नं.
- १ बेल्हीका ५१ जना बालबालिकाहरुलाई पाँच हजारको दरले आइतबार राहत बितरण गरिएको हो ।
- गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र वडा अध्यक्ष दिनेश्वर मिश्रले उक्त राहत रकम वितरण गरेका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया