राजविराजमा रथ यात्रामा जनसागर

राजविराज राजविराज
|
शनिबार, पौष १३, २०८१
|
|
३८ पटक हेरिएको
Shares
राजविराजमा रथ यात्रामा जनसागर

सारांश

  •     रथयात्रामा मधेश प्रदेशका मुख्यमन्त्री सशितकुमार सिंह, प्रदेश सांसद महेश यादव, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख अरुण मण्डलका साथै विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, युवायुवती, बृद्धबृद्धा गरि २० हजारको हाराहारीमा भक्तजन सहभागि भए ।
  •     नरिवल फुटाएर रथयात्राको शुभारम्भ गरेका मुख्यमन्त्री सिंहले बहुधार्मिक, बहुसांस्कृतीक र बहुभाषिक नेपाली समाजको विशेषता रहेको बताए ।
  • यस्ता धार्मिक आयोजनाले धर्मप्रति आस्था बढाउनुका साथै धार्मिक र आपसी सद्भाव बढाउने काम समेत गर्ने उनको भनाई थियो ।

दैनिक समाचारदाता
राजविराज, १३ पुस । 

    राजविराजमा शनिबार भगवान जगन्नाथको भव्य रथयात्रा निकालिएको छ । हजारौंको सहभागितामा स्थानीय श्री लक्ष्मी नारायण राधाकृष्ण मन्दिरबाट भगवान जगन्नाथको रथयात्रा निकालिएको हो । 
    रथयात्रामा मधेश प्रदेशका मुख्यमन्त्री सशितकुमार सिंह, प्रदेश सांसद महेश यादव, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख अरुण मण्डलका साथै विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, युवायुवती, बृद्धबृद्धा गरि २० हजारको हाराहारीमा भक्तजन सहभागि भए ।
    नरिवल फुटाएर रथयात्राको शुभारम्भ गरेका मुख्यमन्त्री सिंहले बहुधार्मिक, बहुसांस्कृतीक र बहुभाषिक नेपाली समाजको विशेषता रहेको बताए । यस्ता धार्मिक आयोजनाले धर्मप्रति आस्था बढाउनुका साथै धार्मिक र आपसी सद्भाव बढाउने काम समेत गर्ने उनको भनाई थियो । 
    श्री लक्ष्मी नारायण राधाकृष्ण मन्दिरको समन्वय तथा कृष्णभक्त मण्डल एवं इस्कान राजविराजको संयुक्त आयोजनामा विगत तीन वर्षदेखी सुरु भएको रथयात्रा महोत्सवको रुपमा मनाउन थालिएको आयोजक समितिका हितेश यादवको भनाई छ । भगवान जगन्नाथ, बलदेव र सुभद्राको मूर्ती राखेर तेश्रो संस्करणको यात्रामा प्रयोग गरिएको रथको लम्बाई २२ फिट, चौडाई ११ फिट तथा उचाई १५ फिट रहेको उनले जानकारी दिए ।
    यस्तै रथको अग्रभागबाट दायाँ र बाँया फैलिएका ७५ फिट लम्बाईको डोरी तान्न भक्तजनमा तछाडमछाड नै चल्यो । रथयात्रा नगर परिक्रमा पश्चात् पुनः सोही मन्दिरमै पुगेर समापन भएको छ । नगर परिक्रमाका क्रममा सहभागि भक्तजनद्वारा लगाइएको हरेरामा हरेकृष्णाको नाराले नगर गन्ज्यमान भएको थियो । 
    रथयात्रामा सप्तरीका साथै सुनसरी, मोरङ, सिरहा, धनुषा तथा भारतको बृन्दावन, मायापुर, मथुरा, दरभंगा, मधुवनी लगायतका स्थानबाट समेत साधुसन्त र भक्तजन सहभागि हुन आएका थिए । 
    प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले रथयात्रामा कुनै अप्रिय घटना हुन नदिन सुरक्षाका लागि ड्रोन क्यामराका साथै पोशाक र सादा पोशाकमा डेढ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
विमानमा प्राविधिक समस्या  आएपछि बुद्ध एयरले फर्कायो यात्रु
विमानमा प्राविधिक समस्या  आएपछि बुद्ध एयरले फर्कायो यात्रु
मुसहर समुदायले १२ बुदे माग अघि सार्दै दिनाभद्री जन्मोत्सव मनाउने
मुसहर समुदायले १२ बुदे माग अघि सार्दै दिनाभद्री जन्मोत्सव मनाउने
स्थानिय निकाय कर्मचारी सहिद प्रभुको शालिकमा माल्यार्पण 
स्थानिय निकाय कर्मचारी सहिद प्रभुको शालिकमा माल्यार्पण 
ठूला पार्टीहरुले मधेश र मधेशी जनतालाई शोषण मात्र गर्दै आएको उपेन्द्र यादवको आरोप
ठूला पार्टीहरुले मधेश र मधेशी जनतालाई शोषण मात्र गर्दै आएको उपेन्द्र यादवको आरोप
राजविराज नपाका हाकिम डेढ महिना  बढी समयदेखी कार्यालय आउँदैनन्, मेयर, दुई अधिकृत तथा एक लेखापाल समेत अनुपस्थित, सेवाग्राही मार्कामा
राजविराज नपाका हाकिम डेढ महिना  बढी समयदेखी कार्यालय आउँदैनन्, मेयर, दुई अधिकृत तथा एक लेखापाल समेत अनुपस्थित, सेवाग्राही मार्कामा
हुण्डि कारोबारमा संलग्न  रहेको आरोपमा मेहता पक्राउ
हुण्डि कारोबारमा संलग्न  रहेको आरोपमा मेहता पक्राउ
दुई सय ९ मतदानस्थल अति सम्वेदनशील
दुई सय ९ मतदानस्थल अति सम्वेदनशील
छात्रालाई साइकल बितरण
छात्रालाई साइकल बितरण
संविधान दिवसमा मल्टीपर्पसद्वारा  विरामीलाई फलफुल वितरण