मुसहर समुदायले १२ बुदे माग अघि सार्दै दिनाभद्री जन्मोत्सव मनाउने

राजविराज राजविराज
|
आइतबार, चैत्र १०, २०८१
|
|
४४ पटक हेरिएको
Shares
मुसहर समुदायले १२ बुदे माग अघि सार्दै दिनाभद्री जन्मोत्सव मनाउने

सारांश

  •     २०८१ चैत २५ गतेदेखि तीन दिनसम्म चल्ने १० औ दिनाभद्री जन्मोत्सव मेला धुमधामका साथ जिल्लाको खडक ८, डोलबजार, बोदेवरसाइन २ योगिया बैरियामा मनाउन गईरहेको जनाइएको छ ।
  •       मुसहर संघ सप्तरीका अध्यक्ष शिवदेव सदाद्वारा आइतबार जारि विज्ञप्तिमा मुसहर आयोग गठन र मुसहर समुदायको हकहितका लागि विशेष आयोग गठन गरी नीतिगत सुधार गर्नलगायत १२ बुँदे माग अघि सारिएको उल्लेख छ ।
  •       विज्ञप्तिमा नेपालको सबैभन्दा पछि पारिएको समुदायमध्ये एक मुसहर जातिको हक अधिकार पहिचानलाई बलियो बनाउन तथा नेपालमा मुसहर जात आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, तथा राजनीतिक रूपमा निकै पछाडि पारिएको भन्दै यी क्षेत्रमा राज्यको उपेक्षा र विभेदकै कारण मुसहर जातअझै पनि गरिबी, अशिक्षा, भूमिहीन र अवसर विहीनताको चक्रमा झेलिएको जिकिर गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १० चैत ।     

    नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीले मुसहर समुदायको हक, अधिकार, पहिचान तथा सर्वाङ्गीण विकास सुनिश्चित गराउने अभियानलाई सशक्त बनाउने उद्देश्यले १२ बुदे माग राख्दै दिनाभद्री जन्मोत्सव मनाउने भएको छ । 
    २०८१ चैत २५ गतेदेखि तीन दिनसम्म चल्ने १० औ दिनाभद्री जन्मोत्सव मेला धुमधामका साथ जिल्लाको खडक ८, डोलबजार, बोदेवरसाइन २ योगिया बैरियामा मनाउन गईरहेको जनाइएको छ । 
    मुसहर संघ सप्तरीका अध्यक्ष शिवदेव सदाद्वारा आइतबार जारि विज्ञप्तिमा मुसहर आयोग गठन र मुसहर समुदायको हकहितका लागि विशेष आयोग गठन गरी नीतिगत सुधार गर्नलगायत १२ बुँदे माग अघि सारिएको उल्लेख छ । 
    विज्ञप्तिमा नेपालको सबैभन्दा पछि पारिएको समुदायमध्ये एक मुसहर जातिको हक अधिकार पहिचानलाई बलियो बनाउन तथा नेपालमा मुसहर जात आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, तथा राजनीतिक रूपमा निकै पछाडि पारिएको भन्दै यी क्षेत्रमा राज्यको उपेक्षा र विभेदकै कारण मुसहर जातअझै पनि गरिबी, अशिक्षा, भूमिहीन र अवसर विहीनताको चक्रमा झेलिएको जिकिर गरिएको छ । 
    मुसहरको सुकुम्बासी समस्या समाधान, मुसहर समुदायको लागि निःशुल्क जग्गा उपलब्ध र स्थायी बसोबासकी सुनिश्चितता, मुसहर समुदायका विद्यार्थीहरूलाई प्राथमिक तहदेखि निःशुल्क उच्च शिक्षा (पिएचडी)को व्यवस्था, रोजगारी र आर्थिक अवस्थाको उत्थानमा विशेष कार्यक्रम लागू गर्न, मुसहर समुदायका युबाहरूलाई रोजगारी, सीपमूलक तालिम, र आर्थिक सहयोग उपलब्ध गराउन, सांस्कृतिक पहिचान र सम्मानको ग्यारेन्टी, मुसहर समुदायको भाषा, संस्कार, परम्परा र सास्कृतिक सम्पदालाई जोगाउन विशेष नीति, मुसहर तथा दलितमाथिको अन्याय अत्याचार बन्द गर्न, सप्तरीका खडक र बोदेबर्साइन नगरपालिकामा दिनाभद्री बाबा मन्दिरका अतिक्रमित जन्मभूमी जग्गालाई फिर्ता गराउन उचित व्यवस्था गर्न माग गरिएको छ । 
    यस्तै दिनाभद्री बाबाको सप्तरीमा रहेका विभिन्न स्थलहरु जस्तैः मरौटी (कटैया), जरौटी (सखुवा) र जन्मस्थल (ढोलबजा, योगिया–वैरिया) जस्ता धरोहर हाल गैरजातहरुले कब्जा गरेर भोगचलन गर्दैजाएका हुदाँ सकुशर फिर्ता गराउन तर्फ पहल र दिनाभद्री बाबाको धनुषा जिल्ला जनकपुर उपमहानगरपालिमा रहेका दिनाभद्री स्थल भूमाफियाको कब्जामा रहेकाले मुसहर जातको धरोहर फिर्ता गराउन तर्फ पहल गर्न समेत माग गरिएको छ ।  
    विज्ञप्तिमा मुसहर समुदायको अधिकार प्राप्त नभएसम्म संघर्षलाई निरन्तरता दिने उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहिद स्तम्भ तथा जेष्ठ  नागरिक भवन हस्तान्तरण 
सहिद स्तम्भ तथा जेष्ठ  नागरिक भवन हस्तान्तरण 
खाडोको बाढीमा वेपत्ता भएका मियाँको शव फेला
स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जना पक्राउ
स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जना पक्राउ
बहुबिबाह मुद्दाका फरार प्रतिवादी पक्राउ पछि कैद भुक्तानका लागि कारागार चलान 
बहुबिबाह मुद्दाका फरार प्रतिवादी पक्राउ पछि कैद भुक्तानका लागि कारागार चलान 
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान
प्रहरीबाट रिहा भएको १२ घण्टा नबित्दै  युवकले गरे आफ्नै बुबाको हत्या
प्रहरीबाट रिहा भएको १२ घण्टा नबित्दै  युवकले गरे आफ्नै बुबाको हत्या
ईबेबाट किनेको सस्तो टी–सर्टमा देखिइन् जेन्डाया
ईबेबाट किनेको सस्तो टी–सर्टमा देखिइन् जेन्डाया
प्रेस युनियन सप्तरीद्वारा पत्रकार महासंघमा  निर्वाचित पदाधिकारीलाई सम्मान
प्रेस युनियन सप्तरीद्वारा पत्रकार महासंघमा  निर्वाचित पदाधिकारीलाई सम्मान
वास्तविक न्याय नपाएका निमुखाका लागि न्यायमा सहज पहुच पु¥याउनुपर्नेमा जोड 
वास्तविक न्याय नपाएका निमुखाका लागि न्यायमा सहज पहुच पु¥याउनुपर्नेमा जोड 
खोला तर्ने क्रममा यूवक वेपत्ता
खोला तर्ने क्रममा यूवक वेपत्ता