मुसहर समुदायले १२ बुदे माग अघि सार्दै दिनाभद्री जन्मोत्सव मनाउने

राजविराज राजविराज
|
आइतबार, चैत्र १०, २०८१
|
|
७१ पटक हेरिएको
Shares
मुसहर समुदायले १२ बुदे माग अघि सार्दै दिनाभद्री जन्मोत्सव मनाउने

सारांश

  •     २०८१ चैत २५ गतेदेखि तीन दिनसम्म चल्ने १० औ दिनाभद्री जन्मोत्सव मेला धुमधामका साथ जिल्लाको खडक ८, डोलबजार, बोदेवरसाइन २ योगिया बैरियामा मनाउन गईरहेको जनाइएको छ ।
  •       मुसहर संघ सप्तरीका अध्यक्ष शिवदेव सदाद्वारा आइतबार जारि विज्ञप्तिमा मुसहर आयोग गठन र मुसहर समुदायको हकहितका लागि विशेष आयोग गठन गरी नीतिगत सुधार गर्नलगायत १२ बुँदे माग अघि सारिएको उल्लेख छ ।
  •       विज्ञप्तिमा नेपालको सबैभन्दा पछि पारिएको समुदायमध्ये एक मुसहर जातिको हक अधिकार पहिचानलाई बलियो बनाउन तथा नेपालमा मुसहर जात आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, तथा राजनीतिक रूपमा निकै पछाडि पारिएको भन्दै यी क्षेत्रमा राज्यको उपेक्षा र विभेदकै कारण मुसहर जातअझै पनि गरिबी, अशिक्षा, भूमिहीन र अवसर विहीनताको चक्रमा झेलिएको जिकिर गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १० चैत ।     

    नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीले मुसहर समुदायको हक, अधिकार, पहिचान तथा सर्वाङ्गीण विकास सुनिश्चित गराउने अभियानलाई सशक्त बनाउने उद्देश्यले १२ बुदे माग राख्दै दिनाभद्री जन्मोत्सव मनाउने भएको छ । 
    २०८१ चैत २५ गतेदेखि तीन दिनसम्म चल्ने १० औ दिनाभद्री जन्मोत्सव मेला धुमधामका साथ जिल्लाको खडक ८, डोलबजार, बोदेवरसाइन २ योगिया बैरियामा मनाउन गईरहेको जनाइएको छ । 
    मुसहर संघ सप्तरीका अध्यक्ष शिवदेव सदाद्वारा आइतबार जारि विज्ञप्तिमा मुसहर आयोग गठन र मुसहर समुदायको हकहितका लागि विशेष आयोग गठन गरी नीतिगत सुधार गर्नलगायत १२ बुँदे माग अघि सारिएको उल्लेख छ । 
    विज्ञप्तिमा नेपालको सबैभन्दा पछि पारिएको समुदायमध्ये एक मुसहर जातिको हक अधिकार पहिचानलाई बलियो बनाउन तथा नेपालमा मुसहर जात आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, तथा राजनीतिक रूपमा निकै पछाडि पारिएको भन्दै यी क्षेत्रमा राज्यको उपेक्षा र विभेदकै कारण मुसहर जातअझै पनि गरिबी, अशिक्षा, भूमिहीन र अवसर विहीनताको चक्रमा झेलिएको जिकिर गरिएको छ । 
    मुसहरको सुकुम्बासी समस्या समाधान, मुसहर समुदायको लागि निःशुल्क जग्गा उपलब्ध र स्थायी बसोबासकी सुनिश्चितता, मुसहर समुदायका विद्यार्थीहरूलाई प्राथमिक तहदेखि निःशुल्क उच्च शिक्षा (पिएचडी)को व्यवस्था, रोजगारी र आर्थिक अवस्थाको उत्थानमा विशेष कार्यक्रम लागू गर्न, मुसहर समुदायका युबाहरूलाई रोजगारी, सीपमूलक तालिम, र आर्थिक सहयोग उपलब्ध गराउन, सांस्कृतिक पहिचान र सम्मानको ग्यारेन्टी, मुसहर समुदायको भाषा, संस्कार, परम्परा र सास्कृतिक सम्पदालाई जोगाउन विशेष नीति, मुसहर तथा दलितमाथिको अन्याय अत्याचार बन्द गर्न, सप्तरीका खडक र बोदेबर्साइन नगरपालिकामा दिनाभद्री बाबा मन्दिरका अतिक्रमित जन्मभूमी जग्गालाई फिर्ता गराउन उचित व्यवस्था गर्न माग गरिएको छ । 
    यस्तै दिनाभद्री बाबाको सप्तरीमा रहेका विभिन्न स्थलहरु जस्तैः मरौटी (कटैया), जरौटी (सखुवा) र जन्मस्थल (ढोलबजा, योगिया–वैरिया) जस्ता धरोहर हाल गैरजातहरुले कब्जा गरेर भोगचलन गर्दैजाएका हुदाँ सकुशर फिर्ता गराउन तर्फ पहल र दिनाभद्री बाबाको धनुषा जिल्ला जनकपुर उपमहानगरपालिमा रहेका दिनाभद्री स्थल भूमाफियाको कब्जामा रहेकाले मुसहर जातको धरोहर फिर्ता गराउन तर्फ पहल गर्न समेत माग गरिएको छ ।  
    विज्ञप्तिमा मुसहर समुदायको अधिकार प्राप्त नभएसम्म संघर्षलाई निरन्तरता दिने उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीयताको सफल कार्यान्वयनका लागि गठबन्धनलाई सहयोग गर्न ठाकुरको आग्रह
संघीयताको सफल कार्यान्वयनका लागि गठबन्धनलाई सहयोग गर्न ठाकुरको आग्रह
प्रदेशसभामा उठ्यो राजविराजको  विटौरी जग्गाको मुद्दा
प्रदेशसभामा उठ्यो राजविराजको  विटौरी जग्गाको मुद्दा
रसुवामा आएको बाढीका कारण एकै परिवारका तीन दाजुभाई  र आमा छोरासहित सप्तरीका ३२ जना सम्पर्कबिहीन
रसुवामा आएको बाढीका कारण एकै परिवारका तीन दाजुभाई  र आमा छोरासहित सप्तरीका ३२ जना सम्पर्कबिहीन
एक वर्षको अवधीमा १ सय ४ वटा आत्महत्याका घटना
एक वर्षको अवधीमा १ सय ४ वटा आत्महत्याका घटना
हरिण मारेको आरोपमा हतियार तथा  अन्य उपकरणसहित एक पक्राउ
हरिण मारेको आरोपमा हतियार तथा  अन्य उपकरणसहित एक पक्राउ
वडा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा
वडा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा
आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
रावि नपाको गाडीको ठक्करबाट घाइते भएका  किशोरको उपचार खर्चको माग गर्दै धर्ना 
रावि नपाको गाडीको ठक्करबाट घाइते भएका  किशोरको उपचार खर्चको माग गर्दै धर्ना 
पत्रकार महासंघद्वारा प्रेस स्वतन्त्रता विरोधी घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाहीको माग
पत्रकार महासंघद्वारा प्रेस स्वतन्त्रता विरोधी घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाहीको माग
आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 
आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध