दैनिक समाचारदाता
राजविराज, १७ कात्तिक ।
नेपाली काँग्रेस सप्तरीले राजविराजमा शुक्रवार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस मधेश प्रदेशका सह–महामन्त्री परशुराम चौधरीले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाट्न गरे । काँग्रेसको बार्षिक र नियमित क्यालेण्डर अनुसार प्रत्येक बर्ष गरिदै आएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले सबैलाई सुख समृद्धिको शुभकामना दिए ।
यसैगरि लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष अमरकान्त झा, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरी, तिलाठी गाउँपालिकाका प्रमुख अरुण मंडल, कृष्णासवरन गाउँपालिकाका उपप्रमुख कल्पना चौधरी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादव लगायतकाले शुभकामना मनतव्य व्यक्त गरे ।
कार्यक्रमको व्यानरमा चियापान लेखिए पनि मेनुमा परिवर्तन गरिएको काँग्रेसका जिल्ला सचिव सनत मंण्डलले जानकारी दिए । उनले काँग्रेसले चियापानकै नामबाट शुभकाना आदानप्रदान कार्यक्रमको आयोजना गर्दे आएपछि यसपालि चिया संगै खाजामा दही र जिलेवीको व्यवस्था मिलाईएको बताए ।
कार्यक्रमको अध्यक्ष्ताको आसन ग्रहरेका नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहले दिपावली, छठको अवसरमा शुभकामना दिदै सबैको सुख समृद्धिका लागि कमना गरे ।
काँग्रेस सप्तरीद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम
सारांश
- कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस मधेश प्रदेशका सह–महामन्त्री परशुराम चौधरीले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाट्न गरे ।
- काँग्रेसको बार्षिक र नियमित क्यालेण्डर अनुसार प्रत्येक बर्ष गरिदै आएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले सबैलाई सुख समृद्धिको शुभकामना दिए ।
- यसैगरि लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष अमरकान्त झा, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरी, तिलाठी गाउँपालिकाका प्रमुख अरुण मंडल, कृष्णासवरन गाउँपालिकाका उपप्रमुख कल्पना चौधरी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादव लगायतकाले शुभकामना मनतव्य व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया