राष्ट्र पर्व छठको तयारी सुरु

राजविराज राजविराज
|
सोमबार, कार्तिक २२, २०७८
|
|
२२ पटक हेरिएको
Shares
राष्ट्र पर्व छठको तयारी सुरु

सारांश

  •     सुरुमा तराइवासीहरूले मात्र मनाउने छठ पर्व अहिले अन्य जातजाति एवं पहाडी क्षेत्रमा समेत मनाउन थालेपछि यस पर्वलाई साझा पर्वको रुपमा मनाउन थालिएको हो ।
  •       गत दुई वर्ष कोरोना महामारीको त्रासका बीच खुल्ला रुपमा मनाउन नपाएका छठ पर्व यस पटक कोरोनाको त्रास केही कम भएपछि जलाशयमै गएर पर्व मनाउने तयारीमा स्थानियहरु जुटेका छन् ।
  •       अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाउँने चार दिवसीय छठ पर्व सोमबार नहाई खाई बिधीबाट बिधिवत सुरु भएको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक । 
    राष्ट्र पर्वको रुपमा विकसित हुँदै गएको साझा पर्व “छठ पर्व” आजदेखी विधिवत् रुपमा सुरु भएको छ । हरेक वर्ष दशैं, दिपावली लगत्तै छठ पर्व मनाइन्छ । 
    सुरुमा तराइवासीहरूले मात्र मनाउने छठ पर्व अहिले अन्य जातजाति एवं पहाडी क्षेत्रमा समेत मनाउन थालेपछि यस पर्वलाई साझा पर्वको रुपमा मनाउन थालिएको हो । 
    गत दुई वर्ष कोरोना महामारीको त्रासका बीच खुल्ला रुपमा मनाउन नपाएका छठ पर्व यस पटक कोरोनाको त्रास केही कम भएपछि जलाशयमै गएर पर्व मनाउने तयारीमा स्थानियहरु जुटेका छन् । 
    अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाउँने चार दिवसीय छठ पर्व सोमबार नहाई खाई बिधीबाट बिधिवत सुरु भएको छ । मंगलबार पर्वको दोश्रो दिन ब्रतालुहरुले खरना गर्दैछन् । 
    विभिन्न ठाउँका जलासयमा छठ पर्वका लागि सरसफाई, घाँट बनाउने र सजाउने काम तिब्र रुपमा अघि बढेको छ । बजारमा छठी मईयाको महिमा समेटिएको गित गुन्जिन थालेको छ भने छठ पर्व मनाउन स्थानियवासी आवश्यक सामाग्रि किन्न हटिया तथा बजारतर्फ भिड लागेका छन् । ग्रामिण क्षेत्रका बजारमा समेत चहलपहल निकै बढेको छ । 
    राजविराजस्थित भगवति मन्दिरको पोखरी, कल्टु दास पोखरी, सकलदेव दास पोखरी, तुरन्ती पोखरी तथा जिल्लाको कंचनपुर, भारदह, हनुमाननगर, रुपनी, कल्याणपुर सहितको दर्जनौ ठाउँमा घाट बनाएर भव्यतापूर्वक पूजापाठ गर्ने तयारी गरिदै छ । यता भारदहस्थित कोशी व्यारेजमा सप्तरी, सुनसरी, सिरहासहित सीमावर्ती भारतीय गाउँबाट समेत आएर श्रद्धालुहरुले छठका लागि स्थान ओगट्दै छन् ।    
    छठघाटको सरसफाईमा विभिन्न जलाशयमा सेना, प्रहरी र जनप्रतिनिधिले सहयोग गरिरहेका छन् । यस पल्ट सोमबार नहाय खाय विधिबाट चार दिवसीय छठ पर्व सुरु हुँदैछ । 
    यता जिल्ला प्रशसन कार्यालय र जिल्ला प्रहरी कार्यालयले कोरोनाको जोखिम कायमै रहेको भन्दै भिडभाड नगरि स्वास्थ्य सुरक्षाका मापदण्ड तथा भौतिक दुरी कायम गरि छठ पर्व मनाउन सर्वसाधारणसँग अपिल गरेको छ । 
    यस्तै हरेक छठघाट पूजा स्थलमा आवश्यक सुरक्षा व्यवस्थाका लागि विभिन्न रणनीति तयार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    छठ पर्वको विशेषता, लोकप्रियता र सबै माझ साँझा हुँदै जाँदा नेपाल सरकारले एक दिने सार्वजनिक विदा दिने निर्णय गरेको छ भने प्रदेश २ सरकारले छठ पर्वको अवसरमा दुई दिने विदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार दिनअघि मात्र मुख्यमन्त्रीले शुभारम्भ गरेका विद्युतको ट्रान्सफर्मर तोडफोड
चार दिनअघि मात्र मुख्यमन्त्रीले शुभारम्भ गरेका विद्युतको ट्रान्सफर्मर तोडफोड
ने.वि. संघ छिन्नमस्ता कलेज कमिटिद्वारा रक्तदान
ने.वि. संघ छिन्नमस्ता कलेज कमिटिद्वारा रक्तदान
सफटेकका निर्देशक यादव दम्पति कोरोनाबाट निको भए
सफटेकका निर्देशक यादव दम्पति कोरोनाबाट निको भए
मेयर कपमा उदयपुरको विजयी सुरुवात
मेयर कपमा उदयपुरको विजयी सुरुवात
भारतीय सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल बरामद 
भारतीय सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल बरामद 
विपद् कोषमा मन्त्री साहद्वारा एक लाख सहयोग
विपद् कोषमा मन्त्री साहद्वारा एक लाख सहयोग
सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
सरकारमा सामेल बारे अन्तिम निर्णय  आगामी बैठकबाट हुने ः मण्डल
सरकारमा सामेल बारे अन्तिम निर्णय  आगामी बैठकबाट हुने ः मण्डल
बैशाख २५ गतेदेखी सातै दिन विमान सेवा पुनः सूचारु हुने 
लागुऔषध बोकेर साइकलमा आउँदै गरेका दुई यूवा पक्राउ
लागुऔषध बोकेर साइकलमा आउँदै गरेका दुई यूवा पक्राउ