दैनिक समाचारदाता
राजविराज, १ असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीले बुधबार हिन्दु राष्ट्र तथा राजसंस्थाको पक्षमा राजविराजमा प्रदर्शन गरेको छ ।
जिल्ला अध्यक्ष उम्देश्वर साहको नेतृत्वमा राजविराज नगर क्षेत्रमा नाराबाजी गर्दै प्रदर्शन गरिएको हो ।
नगर परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्रीलाई विभिन्न १९ बुँदे मागसहित ज्ञापनपत्र समेत बुझाइएको छ ।
बुझाइएको ज्ञापनपत्रमा धर्मनिरपेक्षता खारेज गरि नेपाललाई पूर्णधार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने माग गरिएको छ ।
यस्तै किसानलाई मलबिऊ बिजनको व्यवस्था, पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मुल्य बृद्धि फिर्ता, नागरिकको मौलिक हकको रुपमा रहेको शिक्षा र स्वास्थ्य निशुल्क गरिनु पर्ने ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
यस्तै स्थानिय तहमा लगाइएको विभिन्न अव्यवहारिक कर खारेजी, भूमिहिनलाई जग्गाको व्यवस्था, रोजगार नपाएका युवालाई निश्चित अवधीका लागि बेरोजगार भत्ता, भ्रष्ट्राचार र महँगी नियन्त्रण लगायतका माग पनि ज्ञापन पत्रमा समावेश गरिएको छ ।
अध्यक्ष साहका साथै उपाध्यक्ष उमेशप्रसाद साह, सचिव बलराम शर्मा, सहसचिव सुरेन्द्र साह सुरेश, क्षेत्रिय सभापति बालकदास चौधरी, केन्द्रिय सदस्य जयकुमारी महतो लगायतको अगुवाईमा बुझाइएको ज्ञापन पत्र बुझ्दै प्रजिअ गौतमले तत्कालै उक्त ज्ञापनपत्र तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिबद्धता जनाएका थिए ।
राप्रपाद्वारा हिन्दु राष्ट्र तथा राजसंस्थाको पक्षमा प्रदर्शन
सारांश
- जिल्ला अध्यक्ष उम्देश्वर साहको नेतृत्वमा राजविराज नगर क्षेत्रमा नाराबाजी गर्दै प्रदर्शन गरिएको हो ।
- नगर परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्रीलाई विभिन्न १९ बुँदे मागसहित ज्ञापनपत्र समेत बुझाइएको छ ।
- बुझाइएको ज्ञापनपत्रमा धर्मनिरपेक्षता खारेज गरि नेपाललाई पूर्णधार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने माग गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया