शिक्षा ऐनको मस्यौदामा सुधारका लागि शिक्षक र विद्यालय कर्मचारी आन्दोलित

राजविराज राजविराज
|
सोमबार, श्रावण २९, २०८०
|
|
३० पटक हेरिएको
Shares
शिक्षा ऐनको मस्यौदामा सुधारका लागि शिक्षक र विद्यालय कर्मचारी आन्दोलित

सारांश

  •     आईतवार जिल्लाका १८ वटै पालिका कार्यालय प्राङ्गणमा ४ घण्टा धर्नामा वसेका शिक्षक र विद्यालय कर्मचारीले मंगलबार जिल्लास्थित शिक्षा विकास समन्वय इकाईमा धर्ना दिने कार्यक्रम तय गरेको छ ।
  •       आफुहरुको माग पुरा नगरिएसम्म विभिन्न चरणमा आन्दोलन कार्यक्रम गरिने उनीहरुले जनाएका छन् ।
  •       जिल्लास्थित शिक्षक महासंघको अगुवाईमा अघिल्लो दिन आइतबार विहान ११ बजे देखि ३ बजे सम्म धर्ना कार्यक्रम गरी सम्बन्धित पालिका प्रमुख मार्फत सरकारलाई ध्यानाकर्षण पत्र पठाएका नेपाल शिक्षक महासंघ सप्तरीले जिल्ला शिक्षा विकास इकाई मार्फत पनि उक्त ध्यानाकर्षणपत्र बुझाउने तयारी गरेको महासंघका जिल्ला अध्यक्ष दिनेश प्रसाद यादवले जनाकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २९ साउन । 

    शिक्षा ऐनको मस्यौदा तथा सरकारसंग विगतमा भएको ३० र ५१ बुंदे सहमतीमा सुधार माग्दै सप्तरीका शिक्षक र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । 
    आईतवार जिल्लाका १८ वटै पालिका कार्यालय प्राङ्गणमा ४ घण्टा धर्नामा वसेका शिक्षक र विद्यालय कर्मचारीले मंगलबार जिल्लास्थित शिक्षा विकास समन्वय इकाईमा धर्ना दिने कार्यक्रम तय गरेको छ । 
    आफुहरुको माग पुरा नगरिएसम्म विभिन्न चरणमा आन्दोलन कार्यक्रम गरिने उनीहरुले जनाएका छन् । 
    जिल्लास्थित शिक्षक महासंघको अगुवाईमा अघिल्लो दिन आइतबार विहान ११ बजे देखि ३ बजे सम्म धर्ना कार्यक्रम गरी सम्बन्धित पालिका प्रमुख मार्फत सरकारलाई ध्यानाकर्षण पत्र पठाएका नेपाल शिक्षक महासंघ सप्तरीले जिल्ला शिक्षा विकास इकाई मार्फत पनि उक्त ध्यानाकर्षणपत्र बुझाउने तयारी गरेको महासंघका जिल्ला अध्यक्ष दिनेश प्रसाद यादवले जनाकारी दिएका छन् । 
    सरकारद्वारा हालै सार्वजनिक भएको विद्यालय शिक्षा ऐन २०८०” को मस्यौदामा रहेका केही दफाहरु संविधान प्रदत टे«ड युनियन अधिकार, शिक्षक कर्मचारीको पेशागत सुरक्षा र स्वभिमानको खिलाफ रहेको अध्यक्ष यादवको भनाई छ ।
    मस्यौदामा नेपाल शिक्षक महासंघ र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय बीच भएको ३० र ५१ बुदे सहमतीमा सबै मुदा उचित ढंगले समेटिन नसकिएको उनले बताएका छन् ।
    त्यसैगरी विद्यालय शिक्षा ऐन २०८० को मस्यौदाले स्थायी, अस्थायी, करार, राहत, साविक उमावी, बालकक्षा, विशेष कक्षा, शिक्षक सिकाई, अनुदान, प्राविधीकधार, संस्थागत विद्यालयका शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका धेरै माग मुदाको सम्बोधन गर्न नसकेको उनको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडा अध्यक्षको घर र गोठमा  आगलागि हुँदा ११ चौपाया मरे
वडा अध्यक्षको घर र गोठमा  आगलागि हुँदा ११ चौपाया मरे
बजेटमा सप्तरीको सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र 
बजेटमा सप्तरीको सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र 
विश्व स्वयमसेवक दिवसमा गरिबको घर निर्माणमा सहयोग 
विश्व स्वयमसेवक दिवसमा गरिबको घर निर्माणमा सहयोग 
बालकको घाँटीमा अडकिएको सिक्का निकालेर चिकित्सकले जोगाए ज्यान
नर्घाेमा एक करोड ३३ लाखको लागतमा खानेपानी सरसफाई आयोजनाको शिलान्यास
नर्घाेमा एक करोड ३३ लाखको लागतमा खानेपानी सरसफाई आयोजनाको शिलान्यास
कम बजेटमा पनि मधेश प्रदेश सरकार हरेक क्षेत्रमा विकास गर्दै ः मन्त्री साह 
कम बजेटमा पनि मधेश प्रदेश सरकार हरेक क्षेत्रमा विकास गर्दै ः मन्त्री साह 
दलाललाई विश्वास गर्दा युवाहरू ठगिदै 
दलाललाई विश्वास गर्दा युवाहरू ठगिदै 
मिटरब्याजी साह बिरुद्ध पीडितहरुद्वारा उजुरी
मिटरब्याजी साह बिरुद्ध पीडितहरुद्वारा उजुरी
राजगढको सबै वडामा मतदाता शिक्षा संचालन
राजगढको सबै वडामा मतदाता शिक्षा संचालन
पविमाबि खेल मैदानमा क्रिकेट खेलाडीका लागि पभेलियन भवन निर्माण हुँदै 
पविमाबि खेल मैदानमा क्रिकेट खेलाडीका लागि पभेलियन भवन निर्माण हुँदै