दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ का वडा अध्यक्ष शत्रुधन मण्डलको घर र गाई गोठमा शनिबार राती आगलागि हुँदा एक घर र ११ चौपाया जलेर मरेका छन् ।
प्रहरीका अनुसार राती ९ बजेतिर अचानक भएको आगलागिले मण्डलको एउटा घर पूर्णरुपले खरानी भएको छ भने गोठमा रहेको ११ वटा चौपाया समेत जलेर मरेका छन् ।
आगलागिबाट मण्डलको टिनको छानो भएको एउटा घर, फर्निचर, लत्ताकपडा, खाद्यान्न, टिभि र केही कागजातहरु जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै सोही घरसँगै टाँसिएको उनको गोठमा रहेको सात वटा बाख्रा, दुई वटा खसी, एक÷एक भैसि र पारा पनि जलेर मरेका छन् ।
प्रहरी निरिक्षक सुरेन्द्र नेपालीले कारण खुल्न नसकेको आगलागिबाट ८ लाख ७८ हजार रुँपैया बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।
स्थानीयवासी र प्रहरीको सहयोगमा एक घण्टाको प्रयास पश्चात् आगोमाथी नियन्त्रण कायम गरिएको उनले जानकारी दिएका छन् ।
यता वडाअध्यक्ष मण्डलले आफ्नो घर र गोठमा कसैले आगजनी गरेको हुन सक्ने आशंका व्यक्त गर्दै त्यसको सुक्ष्म अनुसन्धान गर्न माग गरेका छन् ।
वडा अध्यक्षको घर र गोठमा आगलागि हुँदा ११ चौपाया मरे
सारांश
- प्रहरीका अनुसार राती ९ बजेतिर अचानक भएको आगलागिले मण्डलको एउटा घर पूर्णरुपले खरानी भएको छ भने गोठमा रहेको ११ वटा चौपाया समेत जलेर मरेका छन् ।
- आगलागिबाट मण्डलको टिनको छानो भएको एउटा घर, फर्निचर, लत्ताकपडा, खाद्यान्न, टिभि र केही कागजातहरु जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- यस्तै सोही घरसँगै टाँसिएको उनको गोठमा रहेको सात वटा बाख्रा, दुई वटा खसी, एक÷एक भैसि र पारा पनि जलेर मरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया