स्वास्थ्य चौकी र शहरी क्लिनीकलाई औषधी तथा विद्युतीय उपकरणहरु प्रदान 

राजविराज राजविराज
|
सोमबार, आश्विन १०, २०७९
|
|
४९ पटक हेरिएको
Shares
स्वास्थ्य चौकी र शहरी क्लिनीकलाई औषधी तथा विद्युतीय उपकरणहरु प्रदान 

सारांश

  •     नगरक्षेत्र भित्र रहेका एक शहरी स्वास्थ्य क्लिनीक र दूई स्वास्थ्य चौकीलाई लाखौ मुल्य बराबरको औषधी र विद्युतिय उपकरण, ल्यापटप, फनिचर लगायतका समाग्री प्रदान गरिएको हो ।
  •       राजविराज ७ स्थित शहरी स्वास्थ्य क्लिनीक तथा राजविराज ९ र राजविराज ११ स्थित स्वास्थ्य चौकीलाई वितरण गरिएका समानहरुमा स्ट्रिट लाईट, एकवागार्ड पानी फिल्टर, फिटल डोपलर मेसिन, हिटर, ल्यापटप, स्टिल दराज, टेवुल कुर्सी, स्वास्थ्य किट लगायतका छन ।
  •       राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इशरत प्रविण, प्रमुख प्रशासकिय अधिकृत विनय कुमार सोनु लगायतले उक्त सरसमान सम्बन्धित स्वास्थ्य चौकीका प्रमुखहरुलाई हस्तान्तरण गरे ।

दैनिक समाचारदाता
राजविराज, १० असोज । 

    नगर क्षेत्र भित्र रहेका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य क्लिनीकलाई सुविधा सम्पन्न बनाउनका लागि सोमबार लाखौं मुल्य बराबरको औषधी तथा विद्युतीय उपकरणहरु प्रदान गरिएको छ । 
    नगरक्षेत्र भित्र रहेका एक शहरी स्वास्थ्य क्लिनीक र दूई स्वास्थ्य चौकीलाई लाखौ मुल्य बराबरको औषधी र विद्युतिय उपकरण, ल्यापटप, फनिचर लगायतका समाग्री प्रदान गरिएको हो । 
    राजविराज ७ स्थित शहरी स्वास्थ्य क्लिनीक तथा राजविराज ९ र राजविराज ११ स्थित स्वास्थ्य चौकीलाई वितरण गरिएका समानहरुमा स्ट्रिट लाईट, एकवागार्ड पानी फिल्टर, फिटल डोपलर मेसिन, हिटर, ल्यापटप, स्टिल दराज, टेवुल कुर्सी, स्वास्थ्य किट लगायतका छन । 
    राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इशरत प्रविण, प्रमुख प्रशासकिय अधिकृत विनय कुमार सोनु लगायतले उक्त सरसमान सम्बन्धित स्वास्थ्य चौकीका प्रमुखहरुलाई हस्तान्तरण गरे । 
    उक्त सरसमान क्रमिक रुपमा नगरक्षेत्रका ११ वटै शहरी स्वास्थ्य क्लिनीक र स्वास्थ्य चौकीमा वितरण गरिने नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य प्रमुख निरन्जन यादवले जानकारी दिए । 
    नगरक्षेत्रमा रहेका स्वास्थ्य चौकी र शहरी क्लिनीक मार्फत विभिन्न खाले स्वास्थ्य सेवा प्रदान गर्दै आएको नगरपालिकाले सेवालाई अझ प्रभावकारी, विश्वसनीय र गुणस्तरीय बनाउन उक्त सरसमान प्रदान गरेको नगरपालिकाले जनाएको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हाट गर्न आएकी महिलाको सिक्रि लुटियो
हाट गर्न आएकी महिलाको सिक्रि लुटियो
सात महिनादेखी वेपत्ता किशोरीको दिल्लीमा रहस्यमय मृत, एक जना पक्राउ
सात महिनादेखी वेपत्ता किशोरीको दिल्लीमा रहस्यमय मृत, एक जना पक्राउ
अग्रज पत्रकार सुमनको निधन
हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं दिप प्रज्वलन
हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं दिप प्रज्वलन
सप्तरीका १ सय ३६ उद्योग खारेजीमा
सप्तरीका १ सय ३६ उद्योग खारेजीमा
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
संघिय सरकार र न्यायालय दुबैद्वारा विभेदकारी भूमिका, राष्ट्रिय आन्दोलनका लागि संघर्षरत सम्पूर्ण पक्षसँग समन्वय गरिदै ः महतो
संघिय सरकार र न्यायालय दुबैद्वारा विभेदकारी भूमिका, राष्ट्रिय आन्दोलनका लागि संघर्षरत सम्पूर्ण पक्षसँग समन्वय गरिदै ः महतो
हेल्प मधेशीद्वारा बाढी पीडितलाई शैक्षिक सामग्री बितरण
हेल्प मधेशीद्वारा बाढी पीडितलाई शैक्षिक सामग्री बितरण
खडकको ६० स्थानमा मनोसामाजिक सहयोग कार्यक्रम हुदै
खडकको ६० स्थानमा मनोसामाजिक सहयोग कार्यक्रम हुदै
रोकिराखेको ट्याक्टरमा सुमो ठोकिदा एकको मृत्यु, दुई गम्भिर 
रोकिराखेको ट्याक्टरमा सुमो ठोकिदा एकको मृत्यु, दुई गम्भिर