अग्रज पत्रकार सुमनको निधन

राजविराज राजविराज
|
आइतबार, आश्विन ५, २०७६
|
|
३० पटक हेरिएको
Shares

सारांश

  •     नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाद्वारा जारि विज्ञप्तिमा साबिकको बरमझिया गाविस हाल कंचनरुप नगरपालिका वडा नम्बर ३ निवासी अग्रज पत्रकार सुमनको असामयिक निधनले नेपाल पत्रकार महासंघ अत्यन्त मर्माहीत भएको उल्लेख छ ।
  •       पत्रकारीताको माध्यमले निरंकशुत पञ्चायती व्यवस्थाको विरोध गर्दै मुलुकमा बहुदलिय प्रजातन्त्रका लागि अथक योगदान पु¥याएका प्रजातान्त्रीक योद्धाहरु मध्यै एक श्रद्धेय सुमन सप्तरीको पत्रकारीता जगतका लागि पनि ईतिहास पुरुष रहेको विज्ञप्तिमा जनाइएको छ ।
  •       वि.

दैनिक समाचारदाता
राजविराज, ५ असोज । 
    सप्तरीका अग्रज पत्रकार हजारी प्रसाद सुमनको आइतबार ७० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो लामो समयदेखि हृदय रोगबाट ग्रसित थिए । 
    नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाद्वारा जारि विज्ञप्तिमा साबिकको बरमझिया गाविस हाल कंचनरुप नगरपालिका वडा नम्बर ३ निवासी अग्रज पत्रकार सुमनको असामयिक निधनले नेपाल पत्रकार महासंघ अत्यन्त मर्माहीत भएको उल्लेख छ । 
    पत्रकारीताको माध्यमले निरंकशुत पञ्चायती व्यवस्थाको विरोध गर्दै मुलुकमा बहुदलिय प्रजातन्त्रका लागि अथक योगदान पु¥याएका प्रजातान्त्रीक योद्धाहरु मध्यै एक श्रद्धेय सुमन सप्तरीको पत्रकारीता जगतका लागि पनि ईतिहास पुरुष रहेको विज्ञप्तिमा जनाइएको छ । 
    वि.स. २०२४ साल तिरै जेल परेका सुमन आन्दोलनका क्रममा पटक पटक जेल परेका उनी मुलुकमा बहुदलिय प्रजातन्त्रको स्थापना पश्चात् नेपाली काँग्रेससँग आबद्ध भएका थिए । 
    दिगंवत आत्माको चिरशान्तिको कामनासहित सुमनप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै विज्ञप्ति मार्फत शोकाकुल परिवारमा हार्दिक समवेदन प्रकट गरिएको छ । 
    पत्रकारिता जगतमा गरेको योगदानको कदर स्वरुप नेपाल पत्रकार महासंघ सप्तरीलाई २०६९ सालमा भारदह साधारण सभामा सुमनलाई सम्मान समेत गरिएको थियो । 
    यस्तै नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य समेत रहेका तत्कालिन बरमझिया गाविसका पूर्व अध्यक्ष, २०१७ सालदेखी कृयाशील थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह