सडक मर्मतको माग गर्दै चक्काजाम

राजविराज राजविराज
|
शनिबार, भाद्र २५, २०७९
|
|
३७ पटक हेरिएको
Shares
सडक मर्मतको माग गर्दै चक्काजाम

सारांश

  •     बाँस नै तेस्¥याएर आवागमन रोकिएपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो ।
  • प्रदर्शनमा सहभागि युवा खेलानन्द दासले सो सडकखण्डको निर्माणको जिम्मा पाएका कान्छाराम कन्स्ट्रक्सनले काममा ढिलाई गरिरहेको र राजविराज नगरपालिकाका जिम्मेवार अधिकारीहरु पनि मौन बसेकाले दाबाब दिन चक्काजाममा उत्रिनु परेको बताए ।
  •     यूवाहरुले चक्काजाम र प्रदर्शन गरिरहदा पुगेका वडा नं.

   राजविराज÷राजविराजस्थित जनआन्दोलन चौकदेखी पश्चिम राम मन्दिरसम्मको मुख्य बजार क्षेत्रको सडक खण्ड लामो समयदेखी जिर्ण हुँदा पनि सरोकारवाला निकायले मर्मतप्रति ध्यान नदिएको भन्दै आक्रोसित स्थानिय युवाहरुले शनिबार राजविराजमा चक्काजाम गरेका छन् । 
    उक्त सडकखण्डको पाँच सय मिटर सडक लामो समयदेखी जिर्ण रहदा आवागमन जोखिमपूर्ण बन्दै गएको र सम्बन्धीत निकायलाई यस बारे पटक पटक ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरिएको भन्दै युवाहरुले चक्काजाम गरेका हुन् । 
    आक्रोसित यूवाहरुले राजविराज नगरपालिका र सो सडक निर्माणको ठेक्का पाएका निर्माण कम्पनी बिरुद्ध चर्को नाराबाजी गर्दै बिहान ११ बजेदेखी चक्काजाम गरेका थिए । 
    बाँस नै तेस्¥याएर आवागमन रोकिएपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । प्रदर्शनमा सहभागि युवा खेलानन्द दासले सो सडकखण्डको निर्माणको जिम्मा पाएका कान्छाराम कन्स्ट्रक्सनले काममा ढिलाई गरिरहेको र राजविराज नगरपालिकाका जिम्मेवार अधिकारीहरु पनि मौन बसेकाले दाबाब दिन चक्काजाममा उत्रिनु परेको बताए ।
    यूवाहरुले चक्काजाम र प्रदर्शन गरिरहदा पुगेका वडा नं. ६ का अध्यक्ष शशि चौधरी र वडा नं. ७ का अध्यक्ष सुभाषचन्द यादव पनि सामेल भई समर्थन जनाएका थिए । उनीहरुले पनि ठेक्केदारको लापरवाहीका कारण निर्माण कार्यले गति लिन नपाएको आक्रोस पोख्दै ठेक्का लिने निर्माण कम्पनीमाथी कारवाहीको माग गरे । 
    यसैबीच राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनको उपस्थितिमा प्रदर्शनकारी र ठेकेदार कम्पनीका प्रतिनिधिबीच भएको छलफलमा निर्माण कार्य शनिबारदेखी नै सुरु गर्ने प्रतिबद्धता आएपछि दुई घण्टापश्चात् चक्काजाम फिर्ता लिइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहुलित दरमा ऋण उपलब्ध गराउन आग्रह 
सहुलित दरमा ऋण उपलब्ध गराउन आग्रह 
भगवान रामको प्राण प्रतिष्ठाका दिन उत्सव मनाउन सप्तरीको ८ पालिकामा सार्वजनिक बिदा
भगवान रामको प्राण प्रतिष्ठाका दिन उत्सव मनाउन सप्तरीको ८ पालिकामा सार्वजनिक बिदा
मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु
प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु
ग्लोबल सहकारीबाट ११ करोड भन्दा बढी  रकम फिर्ता माग्दै बचतकर्ताहरुद्वारा प्रर्दशन
ग्लोबल सहकारीबाट ११ करोड भन्दा बढी  रकम फिर्ता माग्दै बचतकर्ताहरुद्वारा प्रर्दशन
माओवादी केन्द्र नगर कमिटिद्वारा शुभकामना आदान प्रदान
माओवादी केन्द्र नगर कमिटिद्वारा शुभकामना आदान प्रदान
रुपनीमा शिवशनि मन्दिरको शिलान्यास
रुपनीमा शिवशनि मन्दिरको शिलान्यास
एक सातादेखी वेपत्ता महिला फेला परे
एक सातादेखी वेपत्ता महिला फेला परे
लापरवाही गर्ने ठेकेदारलाई कारवाही तथा निर्माण कार्यलाई गति प्रदान गर्न माग
लापरवाही गर्ने ठेकेदारलाई कारवाही तथा निर्माण कार्यलाई गति प्रदान गर्न माग
जिएनसिंह अस्पतालमा सिटि स्क्यान र आईसियु सेवा तीन महिना भित्रै संचालनमा आउने
जिएनसिंह अस्पतालमा सिटि स्क्यान र आईसियु सेवा तीन महिना भित्रै संचालनमा आउने

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु