२८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १९, २०८२
|
|
६५ पटक हेरिएको
Shares
२८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 

सारांश

  •     कार्यालयको मुल गेटमा जसपाका नेता तथा कार्यकर्ता तीन घण्टासम्म धर्नामा बसेका हुन् ।
  •     सरकार समक्ष प्रस्तुत गरेको २८ बुँदे माग पुरा गराउन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रशासन अगाडि धर्ना बसेको जिल्ला अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिएका छन् ।
  •     विगतदेखि उठाउँदै आएको संविधान संशोधन, जातिय पहिचान आधारमा ११ प्रदेश, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रदेशलाई स्वायत्त अधिकार, स्थानीय तहको गैर–दलिय निर्वाचन, सीमान्तकृत समुदायका सबै अधिकार सुनिश्चिततासहित जेन–जी पुस्ताले उठाएको न्यायोचित मागहरु सम्बोधन गर्नुपर्ने उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, १९ मंसिर । 

    विभिन्न २८ बुँदे माग राख्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा कार्यकर्ताले शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिएका छन् ।
    कार्यालयको मुल गेटमा जसपाका नेता तथा कार्यकर्ता तीन घण्टासम्म धर्नामा बसेका हुन् ।
    सरकार समक्ष प्रस्तुत गरेको २८ बुँदे माग पुरा गराउन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रशासन अगाडि धर्ना बसेको जिल्ला अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिएका छन् ।
    विगतदेखि उठाउँदै आएको संविधान संशोधन, जातिय पहिचान आधारमा ११ प्रदेश, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रदेशलाई स्वायत्त अधिकार, स्थानीय तहको गैर–दलिय निर्वाचन, सीमान्तकृत समुदायका सबै अधिकार सुनिश्चिततासहित जेन–जी पुस्ताले उठाएको न्यायोचित मागहरु सम्बोधन गर्नुपर्ने उनले बताए ।
    आफूहरूले अघि सारेको २८ बुदे माग पुरा गराउन संघर्षका कार्यक्रमहरु जारी राख्ने जसपा सप्तरी अध्यक्ष यादवको भनाई छ ।
    २८ बुदे माग लेखिएको प्लेकार्ड सहित जिल्ला प्रशासन अगाडि मधेश प्रदेश सरकारका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहसहित जसपा नेपालका सयौं नेता–कार्यकर्ताहरु धर्नामा बसेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
तिलाठीको सबै वडामा आगो ताप्न दाउराको व्यवस्था
तिलाठीको सबै वडामा आगो ताप्न दाउराको व्यवस्था
एक सय जनालाई “हिरोज अफ  मधेश” अवार्ड प्रदान गरिने
एक सय जनालाई “हिरोज अफ  मधेश” अवार्ड प्रदान गरिने
वडा अध्यक्षको घर र गोठमा  आगलागि हुँदा ११ चौपाया मरे
वडा अध्यक्षको घर र गोठमा  आगलागि हुँदा ११ चौपाया मरे
राप्रावि राजदेवीमा बर्षाको पानी निकास  नहुदाँ बालबालिकाहरू समस्यामा
राप्रावि राजदेवीमा बर्षाको पानी निकास  नहुदाँ बालबालिकाहरू समस्यामा
सप्तरीमा अझ ४३ प्रतिशत विद्युत चुहावट, चुहावट नियन्त्रणबाट ६० लाख राजस्व असुली
सप्तरीमा अझ ४३ प्रतिशत विद्युत चुहावट, चुहावट नियन्त्रणबाट ६० लाख राजस्व असुली
बोदेबर्साईनका प्रमुख सिंहको बिरुद्धमा आन्दोलनको घोषणा
बोदेबर्साईनका प्रमुख सिंहको बिरुद्धमा आन्दोलनको घोषणा
छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा ६ जना घाइते
छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा ६ जना घाइते
पहिलो दिन सप्तरीमा २२ प्रमुख÷अध्यक्ष तथा १३ उपप्रमुख÷उपाध्यक्ष पदमा मनोनयन दर्ता 
पहिलो दिन सप्तरीमा २२ प्रमुख÷अध्यक्ष तथा १३ उपप्रमुख÷उपाध्यक्ष पदमा मनोनयन दर्ता