पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, कार्तिक १७, २०८३
|
|
१० पटक हेरिएको
Shares
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए

सारांश

  • स्थानीय एक सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्यनरत १७ वर्षिया किशोरी रजनी कुमारी साह विहिवारदेखी वेपत्ता भएकी थिइन ।
  • विद्यालय जान्छु भन्दै घरबाट निस्केकी उनी सोही दिन विहान ८ बजे देखी सम्पर्क विहिन भएको परिवारजनले जानकारी दिएका छन् ।
  • परिवाजनले खोजीका लागी प्रहरीमा उजुरी दिनुका साथै उनका सहपाठी, नातेदार र चिनजानका सबैतिर खोजी गरिरहेका थिए ।
दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक । 
पाँच दिन देखी वेपत्ता रहेकी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ की एक किशोरी सोमबार सामाजिक संजाल टिकटिकमा भेटिएकी छिन् ।
स्थानीय एक सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्यनरत १७ वर्षिया किशोरी रजनी कुमारी साह विहिवारदेखी वेपत्ता भएकी थिइन ।
विद्यालय जान्छु भन्दै घरबाट निस्केकी उनी सोही दिन विहान ८ बजे देखी सम्पर्क विहिन भएको परिवारजनले जानकारी दिएका छन् । परिवाजनले खोजीका लागी प्रहरीमा उजुरी दिनुका साथै उनका सहपाठी, नातेदार र चिनजानका सबैतिर खोजी गरिरहेका थिए ।
यसैबीच सोमवार अचानक सामाजिक संजाल टिकटिकमा सार्वजनिक भएको एउटा भिडियो देखेपछी परिवारजन चकित परेका छन । एउटा अपरिचित केटासँग छोरीको भिडियो फेसबुकमा सार्वजनिक भएपछी आपुृm चकित परेको बुआ विरेन्द्रले सुनाए । भिडियोमा देखिएको केटा भारतको फारविसगंज निवासी भएको पत्ता लागेको उनले सुनाए ।
बुवा बिरेन्द्रले नाबालिक छोरीलाई फेसबुक मार्फत प्रलोभन र प्रेमजालमा फसाएर भगाएको भन्दै ती केटा विरुद्ध प्रहरीमा अर्काे उजुरी दिने बताएका छन ।
१७ वर्षको उमेरमा कुनै किशोरी यसरी फेसबुक मार्फत प्रेम सम्बन्धमा जोडिएको र भागेको यो घटना नौलो होइन । यस अघि पनि यस्ता खालका घटना भइसकेको प्रहरीको भनाई छ । यस सम्बन्धमा अभिभावकको उजुरी आएपछि थप अनुसन्धान तथा कारवाही प्रकृया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई विभिन्न  सामाग्रि प्रदान
महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई विभिन्न  सामाग्रि प्रदान
जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते, प्रहरीद्वारा एक दर्जन सेल अऋग्यास प्रहार 
जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते, प्रहरीद्वारा एक दर्जन सेल अऋग्यास प्रहार 
वर्षाका कारण गजेन्द्र नारायण सिंह अस्पताल डुबानमा, सप्तकोशीमा बाढी
वर्षाका कारण गजेन्द्र नारायण सिंह अस्पताल डुबानमा, सप्तकोशीमा बाढी
माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु 
माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु 
काँग्रेस नेता जोशीप्रति श्रद्धाञ्जली
काँग्रेस नेता जोशीप्रति श्रद्धाञ्जली
शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
डा. यादवको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गरि कारवाहीको माग गर्दै प्रर्दशन 
डा. यादवको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गरि कारवाहीको माग गर्दै प्रर्दशन 
शान्ति सुरक्षादेखी प्रभावकारी सेवा दिन प्रतिबद्ध छु ः प्रजिअ खनाल
शान्ति सुरक्षादेखी प्रभावकारी सेवा दिन प्रतिबद्ध छु ः प्रजिअ खनाल
अस्पतालको निमित्त मेसुमा डा. साहलाई जिम्मेवारी, डा. झाका १९ महिनाको २७ उपलब्धीहरुः
अस्पतालको निमित्त मेसुमा डा. साहलाई जिम्मेवारी, डा. झाका १९ महिनाको २७ उपलब्धीहरुः