दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
सप्तरीका कामु प्रमुख जिल्ला अधिकारी सुनिल खनालले समाजमा शान्ति सुव्यवस्था कायम गर्न सरोकारवालाको राय तथा सल्लाहका आधारमा अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी भएर आएको तेश्रो दिन शुक्रवार जिल्ला प्रशासन कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ खनालले सो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
जिल्लामा आप्mनो स्तरबाट गर्नु पर्ने सुधारका लागी आफु प्रतिबद्ध रहने बताएका उनले तथ्यगत सुचना दिएर यसमा सहयोग गर्न पत्रकारहरुलाई आग्रह गरे ।
पत्रकारहरुले नगरमा बढ्दो चोरी, लागु औषध सेवन र कारोबार, विभिन्न सरकारी कार्यालयहरुमा कर्मचारीको अभाव तथा विचौलियाको विगविगी, स्थानीय तहहरुमा देखिएको भ्रष्टाचार लगायतका विषयमा ध्यानाकर्षण गराउदै नियन्त्रणका लागी ठोस नीति बनाई अघि बढ्नु पर्ने सुझाव समेत दिएका थिए ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, प्रेस काउन्सीलका पुर्व सदस्य अनिल कुमार अनल, पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव लगायतले सुझाव दिएका थिए ।
शान्ति सुरक्षादेखी प्रभावकारी सेवा दिन प्रतिबद्ध छु ः प्रजिअ खनाल
सारांश
- प्रमुख जिल्ला अधिकारी भएर आएको तेश्रो दिन शुक्रवार जिल्ला प्रशासन कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ खनालले सो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
- जिल्लामा आप्mनो स्तरबाट गर्नु पर्ने सुधारका लागी आफु प्रतिबद्ध रहने बताएका उनले तथ्यगत सुचना दिएर यसमा सहयोग गर्न पत्रकारहरुलाई आग्रह गरे ।
- पत्रकारहरुले नगरमा बढ्दो चोरी, लागु औषध सेवन र कारोबार, विभिन्न सरकारी कार्यालयहरुमा कर्मचारीको अभाव तथा विचौलियाको विगविगी, स्थानीय तहहरुमा देखिएको भ्रष्टाचार लगायतका विषयमा ध्यानाकर्षण गराउदै नियन्त्रणका लागी ठोस नीति बनाई अघि बढ्नु पर्ने सुझाव समेत दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया