दैनिक समाचारदाता
राजविराज, ४ माघ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका सडक खण्डमा बुधबार साँझ यात्रुवाहक बसले ठक्कर दिँदा एक साइकल यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत उक्त सडकखण्डमा बुधवार साँझ हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहा नजिकै ना. ५ ख. ६७२ नम्बरको गजराज ट्राभल्सले ठक्कर दिंदा सोही वडा निवासी ६० वर्षिय साइकल यात्रु सत्यनारायण विश्वासको मृत्यु भएको हो ।
विराटनगरबाट सिरहाको माडरतर्फ हिडेको उक्त बस बजार क्षेत्रमा पनि तिब्र गतिमा रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । ठक्कर दिने बस र चालक सिराहाको माडर निवासी ३५ वर्षिय रामप्रकाश पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता दुर्घटनापछि आक्रोशित स्थानीयवासीले करीब डेढ घण्टा सो सडक खण्ड अबरुद्ध पारेका थिए ।
मृतक परिवारलाई आवश्यक क्षति पूर्ति दिलाउने तथा चालकलाई कानून बमोजिम कार्वाही गरिने स्थानीय प्रशासनको आश्वासन पछि आवागमन सूचारु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बसले ठक्कर दिदा साइकल यात्रुको मृत्यु, बिरोधमा स्थानियद्वारा राजमार्ग अवरुद्ध
सारांश
- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत उक्त सडकखण्डमा बुधवार साँझ हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहा नजिकै ना.
- ५ ख.
- ६७२ नम्बरको गजराज ट्राभल्सले ठक्कर दिंदा सोही वडा निवासी ६० वर्षिय साइकल यात्रु सत्यनारायण विश्वासको मृत्यु भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया