दैनिक समाचारदाता
राजविराज, २० चैत ।
जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र शर्मालाई प्रहरीले मिटरब्याजीको आरोपमा सोमबार पक्राउ गरेको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका ७ निवासी हाल राजविराज ७ घर भएका शर्मालाई प्रहरीले राजविराजस्थित घरबाटै पक्राउ गरेको जनाएको छ ।
जिल्लाको बोदेवरसाइन नगरपालिका १० का निर्मलकुमार यादवले शर्मामाथि ईलाका प्रहरी कार्यालय कल्याणपुरमा आपराधिक विश्वासघात र ठगी मुद्दामा जाहेरी दिएको र अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार जाहेरीकर्ता निर्मलका बुबा शंकर यादवले पक्राउ परेका सुरेन्द्रका बुबा सत्यनारायण शर्मासँग २०६६ सालमा घर खर्चका लागि भन्दै २५ लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिँदा शंकर यादवले सत्यनारायण शर्मालाई आफ्नो स्वामित्वको शम्भुनाथ नगरपालिका ७ स्थित ८ बिघा ७ कट्ठा ७ धुर जग्गा लिखत पास गरिदिएका थिए । सत्यनारायणले आफ्नो नाममा लिखत पास भइ आएको जग्गा छोरा सुरेन्द्रप्रसाद शर्माको नाममा पास गरिदिएका थिए । बुबा सत्यनारायणको निधन भइसकेको छ ।
यता ऋणीले पूरै ऋण चुक्ता गर्दा पनि सुरेन्द्रले जग्गा फिर्ता गर्न नमानेपछि प्रहरीमा जाहेरी परेको हो । पक्राउ परेका शर्मालाई म्याद थप गरी थप अनुसन्धान अघि बढाउने तयारी थालेको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।
जनतमका केन्द्रिय सदस्य शर्मा मिटरब्याजीको आरोपमा पक्राउ
सारांश
- सप्तरीको विष्णुपुर गाउँपालिका ७ निवासी हाल राजविराज ७ घर भएका शर्मालाई प्रहरीले राजविराजस्थित घरबाटै पक्राउ गरेको जनाएको छ ।
- जिल्लाको बोदेवरसाइन नगरपालिका १० का निर्मलकुमार यादवले शर्मामाथि ईलाका प्रहरी कार्यालय कल्याणपुरमा आपराधिक विश्वासघात र ठगी मुद्दामा जाहेरी दिएको र अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
- प्रहरीका अनुसार जाहेरीकर्ता निर्मलका बुबा शंकर यादवले पक्राउ परेका सुरेन्द्रका बुबा सत्यनारायण शर्मासँग २०६६ सालमा घर खर्चका लागि भन्दै २५ लाख रुपैयाँ ऋण लिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया