न्यूनतम ज्याला सम्बन्धि सम्वाद सम्पन्न

राजविराज राजविराज
|
बुधबार, मंसिर १५, २०७८
|
|
२३ पटक हेरिएको
Shares
न्यूनतम ज्याला सम्बन्धि सम्वाद सम्पन्न

सारांश

  •     द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा डाक्नेश्वरी नगरपालिकाको नगरसभा हलमा आयोजित कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका जनप्रतिनिधि, रोजगारदाता तथा हरवा चरवा मजदुरहरुको सहभागिता रहेको थियो ।
  •       कार्यक्रममा हरवा चरवाका प्रतिनिधिहरुले अझै आफुहरुले उचित ज्याला पाउन नसकेको गुनासो गरेका छन् भने रोजगारदाताहरुले कृषिमा लगानी अनुरुपको प्रतिफल आउन नसकिरहेकाले मजदुरहरुलाई उचित ज्याला दिन नसकेको स्वीकारेका छन् ।
  •       श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सदस्य चतुरनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिबनारायण साह, उपप्रमुख इन्दुकुमारी यादव, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ड) का उपाध्यक्ष गायत्री पंडित, सचिव गणेश कुमार चौधरी लगायतले श्रम ऐन लागु भएपनि प्रभाबकारी कार्यान्वयन हुन नसकेकाले हरवा चरवा तथा श्रमिकहरुले अझै उचित ज्याला पाउन सक्ने अवस्था नरहेकोे बताए ।

दैनिक समाचारदाता
राजविराज, १५ मंसिर । 
    सप्तरीको डाक्नेश्वरी नगरपालिकामा बुधवार न्युनतम ज्याला बिषयक सम्वाद कार्यक्रम सम्पन्न भएको छ । 
    द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा डाक्नेश्वरी नगरपालिकाको नगरसभा हलमा आयोजित कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका जनप्रतिनिधि, रोजगारदाता तथा हरवा चरवा मजदुरहरुको सहभागिता रहेको थियो । 
    कार्यक्रममा हरवा चरवाका प्रतिनिधिहरुले अझै आफुहरुले उचित ज्याला पाउन नसकेको गुनासो गरेका छन् भने रोजगारदाताहरुले कृषिमा लगानी अनुरुपको प्रतिफल आउन नसकिरहेकाले मजदुरहरुलाई उचित ज्याला दिन नसकेको स्वीकारेका छन् । 
    श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सदस्य चतुरनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिबनारायण साह, उपप्रमुख इन्दुकुमारी यादव, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ड) का उपाध्यक्ष गायत्री पंडित, सचिव गणेश कुमार चौधरी लगायतले श्रम ऐन लागु भएपनि प्रभाबकारी कार्यान्वयन हुन नसकेकाले हरवा चरवा तथा श्रमिकहरुले अझै उचित ज्याला पाउन सक्ने अवस्था नरहेकोे बताए । 
    कार्यक्रममा रोजगारदाताहरु सुर्यनारायण साह, सुरेश यादव, कामेश्वर यादव लगायतले खेती गर्न लगानी धेरै लाग्ने तर उत्पादन थोरै हुने गरेकाले चाहेरपनि कृषि मजदुरहरुलाई सरकारले निर्धारण गरे अनुसारको पारिश्रमिक दिन नसकिरहेको बताए ।
    श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता नरेश सदाद्वारा सञ्चालित कार्यक्रममा कार्यक्रम संयोजक शारदा चौधरीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा नेकपा माओवादी केन्द्रको धमाधम समानान्तर कमिटी गठन हुँदै
सप्तरीमा नेकपा माओवादी केन्द्रको धमाधम समानान्तर कमिटी गठन हुँदै
सप्तरीको सुरुङ्गा नगरपालिका बैज्ञानिक गाउँ कार्यक्रम लागु भएको मुलुककै दोश्रो पालिका 
सप्तरीको सुरुङ्गा नगरपालिका बैज्ञानिक गाउँ कार्यक्रम लागु भएको मुलुककै दोश्रो पालिका 
काँग्रेस नेताहरुद्वारा हत्याहिंसा बढेको भन्दै प्रजिअलाई ध्यानाकर्षण
काँग्रेस नेताहरुद्वारा हत्याहिंसा बढेको भन्दै प्रजिअलाई ध्यानाकर्षण
आजदेखी राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै 
आजदेखी राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै 
प्रदेशसभामा उठ्यो राजविराजको  विटौरी जग्गाको मुद्दा
प्रदेशसभामा उठ्यो राजविराजको  विटौरी जग्गाको मुद्दा
दश वर्षअघि बालिका बलात्कार गरि फरार ५३ वर्षिय बलात्कारी पक्राउ 
दश वर्षअघि बालिका बलात्कार गरि फरार ५३ वर्षिय बलात्कारी पक्राउ 
नेपाली जनता दल सप्तरीको कार्य समिति गठन
नेपाली जनता दल सप्तरीको कार्य समिति गठन
के हो माइग्रेन ?
के हो माइग्रेन ?
नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा
नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा
भारतीय सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल बरामद 
भारतीय सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल बरामद