मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन ३०, २०७९
|
|
४३ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते

सारांश

  •     प्रहरीका अनुसार जिल्लाको बोदेबरसाईन नगरपालिका ५ जाजरस्थित हुलाकी सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्री घाइते भएका छन् ।
  •     पुर्वबाट पश्चिमतर्फ जादै गरेको स.
  • १०प.

दैनिक समाचारदाता
राजविराज, ३० फागुन । 

    सप्तरीमा मंगलबार छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा परि पाँच जना घाइते भएका छन् । 
    प्रहरीका अनुसार जिल्लाको बोदेबरसाईन नगरपालिका ५ जाजरस्थित हुलाकी सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्री घाइते भएका छन् ।
    पुर्वबाट पश्चिमतर्फ जादै गरेको स.१०प.६९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जादै गरेको साईकल यात्री स्थानीय ६० वर्षिय राम कुमार यादवलाई ठक्कर दिएको हो । 
    सो ठक्करबाट साईकल यात्री यादवको टाउको, दुवै खुट्टा र दाहिने हातमा चोट लागेको तथा उपचारका लागि जिवन ज्योति अस्पताल वोदेबरर्साईनमा भर्ना गरिएको प्रहरीले जनाएको छ । 
    प्रहरीले मोटरसाइकलसहित चालक राजविराज १६ निवासी ३५ वर्षिय गंगाराम यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । 
    यस्तै बोदेबरसाइन वडा नं. २ बैरिया चौकस्थित बिषणपुर बोदेबर्साइन सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा मोटरसाइकल चालक र साइकल यात्री घाइते भएका छन् । 
    दक्षिणबाट उत्तरतर्फ जादै गरेको स.४प.२२०८ नम्बरको मोटरसाइकलले  साइकल यात्रीलाई ठक्कर दिदा बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा साइकल यात्रि सुरुङगा १० थलाहा सिस्वा बस्ने ५० वर्षका बिनोद यादवको टाउको र अनुहारमा चोट लागेको तथा मोटरसाइकल चालक बोदेबरसाइन ६ फुलकाही निवासी २४ वर्षिय सुरेन्द्र साहको अनुहार, दाहिने हात र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । दुबै घाइतेको जिवन ज्योति अस्पताल बोदेबरसाइनमा उपचार भइरहेको तथा मोटरसाइकल र साइकल प्रहरीको नियन्त्रणमा रहेको छ । 
    यसैगरि मंगलबारै जिल्लाको कंचनरुप नगरपालिका ७ बलुवा चोक नजिक फत्तेपुर कंचनपुर भित्रि सडक खण्डमा एक मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिदा दुबैका चालक घाइते भएका छन् । 
    कंचनपुरबाट फत्तेपुरतर्फ जादै गरेको प्र.२–०१–००२ प.११०८ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आउदै गरेको प्र.२–०१–००३प.६४३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।    
    ठक्करबाट प्र.२–०१–००२प.११०८ नं. को माटरसाइकल चालक कंचनरुप ६ परेमारा टोल निवासी ३० वर्षिय राजु कुमार सरदारको टाँउमा पछाडी र हातमा चोट लागेको तथा र प्र.२–०१–००३ प.६४३५ नं. को मोटरसाइकल चालक सप्तकोशी ९ बस्ने १८ वर्षिय कृष्ण खंगको दाहिने खुट्टाको पैतालामा चोट लागेकोले घाइते दुबैको स्थानिय मेडिकल धरमपुरमा उपचार भईरहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य शिवीरबाट ३ सय ५० जना भन्दा बढी गरि, असहाय लाभान्वित
स्वास्थ्य शिवीरबाट ३ सय ५० जना भन्दा बढी गरि, असहाय लाभान्वित
महिला सहभागितालाई प्रहरी संगठनमा प्राथमिकता  दिइएको छ ः प्रहरी महानिरीक्षक थापा
महिला सहभागितालाई प्रहरी संगठनमा प्राथमिकता  दिइएको छ ः प्रहरी महानिरीक्षक थापा
बहुचर्चित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको प्रधानमन्त्रीद्वारा शिलान्यास
बहुचर्चित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको प्रधानमन्त्रीद्वारा शिलान्यास
एकल महिलाको सहारा बन्दै जुही
एकल महिलाको सहारा बन्दै जुही
बैठक खर्च विपन्न महिलाको उपचारमा सहयोग
बैठक खर्च विपन्न महिलाको उपचारमा सहयोग
समाज परिवर्तनका आन्दोलनमा  युवाहरूलाई पछि पारिएको गुनासो 
समाज परिवर्तनका आन्दोलनमा  युवाहरूलाई पछि पारिएको गुनासो 
पाँच महिनादेखी तलब नखाएको भन्दै राविनपाका सरसफाई कर्मचारी आन्दोलित 
पाँच महिनादेखी तलब नखाएको भन्दै राविनपाका सरसफाई कर्मचारी आन्दोलित 
कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
बिपद्को समस्यालाई विधिमा नभई बैधानिक रूपमा समाधान गर्नुपर्नेमा जोड ः कानुन राज्यमन्त्री सिंह 
बिपद्को समस्यालाई विधिमा नभई बैधानिक रूपमा समाधान गर्नुपर्नेमा जोड ः कानुन राज्यमन्त्री सिंह 
एसइइ स्थगित, चैत मसान्तसम्म  विद्यालय कलेज पनि बन्द
एसइइ स्थगित, चैत मसान्तसम्म  विद्यालय कलेज पनि बन्द