एकै रात आधा दर्जन घरमा चोरी 

राजविराज राजविराज
|
सोमबार, फाल्गुन १२, २०७६
|
|
६५ पटक हेरिएको
Shares
एकै रात आधा दर्जन घरमा चोरी 

सारांश

  •     गाउँका सबै सुतिसकेको मौका छोपी मध्यरातमा आएका अज्ञात समूहले स्थानीय अमृतलाल यादव, रुपलाल यादव, इन्द्रदेव यादव, मनिकलाल साह, कारी यादव लगायतको घरबाट सो धनमाल चोरी गरेका हुन् ।
  • अज्ञात समूहले घरको ढोका फुटाएर २२ हजार नगदसहित सुन, चाँदीका गरगहना गरि २ लाख २२ हजारको सम्पत्ति चोरी गरेको पीडित मध्येका एक कारी यादवले बताएका छन् ।
  •          राती करिब १० बजेतिर सुतेको र बिहान उठ्दा ढोका र दराज फुटाएर सो परिमाणको चोरी भएको थाहा पाएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, १२ फागुन ।    
    सप्तरीको बलान बिहुल गाउँपालिका ५ रामनगर कोदरकट्टीमा आइतबारराती आधा दर्जन घरमा चोरी भएको छ । 
    गाउँका सबै सुतिसकेको मौका छोपी मध्यरातमा आएका अज्ञात समूहले स्थानीय अमृतलाल यादव, रुपलाल यादव, इन्द्रदेव यादव, मनिकलाल साह, कारी यादव लगायतको घरबाट सो धनमाल चोरी गरेका हुन् ।
अज्ञात समूहले घरको ढोका फुटाएर २२ हजार नगदसहित सुन, चाँदीका गरगहना गरि २ लाख २२ हजारको सम्पत्ति चोरी गरेको पीडित मध्येका एक कारी यादवले बताएका छन् ।     
    राती करिब १० बजेतिर सुतेको र बिहान उठ्दा ढोका र दराज फुटाएर सो परिमाणको चोरी भएको थाहा पाएको उनले बताए । 
    यता सो ममूहले स्थानीयहरुको घरबाट नगद, गरगहना, भाडाकुडा, मोवाइल लगायतको करिब २० लाख मुल्य बराबरको धनमाल चोरेर लगेको स्थानीयबासी अशोक कुमार यादवले जानकारी दिएका छन् । 
    गाउँलेहरु राती सुतिसकेका बेला आएका चोरहरुले नगद, गरगहना लगायतको समान राखिएको बक्सा दराज घरबाट खेतमा पु¥याएर चोरी गरेको उनको भनाई छ ।
    यता घटना बारे थाहा पाएपछि स्थानीयहरुले प्रहरीमा खबर गरेको तर प्रहरी २ घण्टासम्म पनि घटनास्थल नपुगेको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् । 
    पीडितहरुले २० लाख भन्दा बढीको धनमाल चोरी भएको बताइरहँदा इलाका प्रहरी कार्यालय कडोरबोनाका प्रहरी निरिक्षक रामराजा केसरीले भने चोरी भएको सम्पत्ति विवरण बारे विवरण संकलन कार्य भइरहेको उनले यकिन रकम तत्कालै भन्न नसकिने बताए । 
    उनले चोरी घटना बारे जानकारी प्राप्त भएको र चोरको खोजतलासी कार्य सुरु गरेको बताएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीके राउतद्वारा राष्ट्रपतिसहित विभिन्न राजनीतिक  दलका शिर्ष नेतासँग भेटवार्तालाई तिब्रता
सीके राउतद्वारा राष्ट्रपतिसहित विभिन्न राजनीतिक  दलका शिर्ष नेतासँग भेटवार्तालाई तिब्रता
छिन्नमस्ता गापा ७ को वडा भवनको शिलान्यास
छिन्नमस्ता गापा ७ को वडा भवनको शिलान्यास
सुरुङ्गा नगरपालिका वडा नं. ८ बालमैत्री स्थानीय शासन वडा घोषणा
सुरुङ्गा नगरपालिका वडा नं. ८ बालमैत्री स्थानीय शासन वडा घोषणा
बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कर्ण र देवकोटालाई प्रदान
बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कर्ण र देवकोटालाई प्रदान
पोखरीमा डुबेर  बालकको ज्यान गयो
पोखरीमा डुबेर  बालकको ज्यान गयो
जिल्लामा विपद पूर्व तयारी र अभ्यास गरिदै
जिल्लामा विपद पूर्व तयारी र अभ्यास गरिदै
राजविराजमा अनलाइन प्रणालीबाट भत्ता बितरण गरिँदै 
राजविराजमा अनलाइन प्रणालीबाट भत्ता बितरण गरिँदै 
पोखरीमा डुबेर एक बालकसहित दुईको मृत्यु
पोखरीमा डुबेर एक बालकसहित दुईको मृत्यु
तीनै तहको सरकारबीच समन्वयको  अभाव ः प्रदेश २ प्रमुख कायस्थ
तीनै तहको सरकारबीच समन्वयको  अभाव ः प्रदेश २ प्रमुख कायस्थ
कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी