राजविराज÷अन्तराष्ट्रिय आप्रवासन दिवस २०२१ को अवसरमा शनिबार रक्तदान तथा मैनबत्ति प्रज्ववलन गरि मनाइएको छ ।
सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजको आयोजनामा “सीपमूलक र सुरक्षित रोजगार, मर्यादित आप्रबासनको मुलआधर” भन्ने मूल नाराका साथ सप्ताहब्यापी रुपमा सो दिवस मनाइएको हो ।
राजविराजस्थित रक्तसंचार केन्द्रमा १० जनाले रक्तदान गरेको संस्थामा संचालित सामी परियोजनाका कार्यक्रम संयोजक राजेन्द्र यादवले जानकारी दिए ।
सोही दिवसको अवसरमा शनिबारै साँझ राजविराजस्थित गजेन्द्र चौकमा मैनवत्ति प्रज्ववलन गरिएको उनले बताए । सो अवसरमा सुरक्षित बैदेशिक रोजगारका लागि सीप सिकेर जानु पर्नेमा उपस्थित वक्ताहरुले बताए । संस्थाका टिम लिडर भुपेश कुमार भुप, प्रदेश स्तरीय आप्रवासी हकहित संजाल प्रदेश नम्बर २ का अध्यक्ष जितेन्द्र सिन्हा, राजविराज नगरपालिकाका रोजगार संयोजक ज्योतिष यादव र संस्थाका कावा अध्यक्ष मिथिलेश कुमार यादवले मन्तव्य राखेका थिए ।
यसअघि शुक्रबार सोह दिवसको अवसरमा रुपनी गाउँपालिका वडा नम्बर ६ विरेन्द्र बजार, शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका र राजगढ गाउँपालिकामा समेत दीप प्रज्जवलन गरिएको थियो ।
अन्तराष्ट्रिय आप्रवासन दिवसमा रक्तदान तथा मैनबत्ति प्रज्ववलन
सारांश
- सोही दिवसको अवसरमा शनिबारै साँझ राजविराजस्थित गजेन्द्र चौकमा मैनवत्ति प्रज्ववलन गरिएको उनले बताए ।
- सो अवसरमा सुरक्षित बैदेशिक रोजगारका लागि सीप सिकेर जानु पर्नेमा उपस्थित वक्ताहरुले बताए ।
- संस्थाका टिम लिडर भुपेश कुमार भुप, प्रदेश स्तरीय आप्रवासी हकहित संजाल प्रदेश नम्बर २ का अध्यक्ष जितेन्द्र सिन्हा, राजविराज नगरपालिकाका रोजगार संयोजक ज्योतिष यादव र संस्थाका कावा अध्यक्ष मिथिलेश कुमार यादवले मन्तव्य राखेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया